“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: अन्ठानब्बेऔं अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ:
अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-९८ ——————————-
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
मिति:- २०८१/०२/२१
बुधबार बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ।
……………………………………….
प्रशिक्षक:-
……………
सोमनाथ लुइटेल
गुणनिधि घिमिरे
सुशीला पौडेल
………………………
भाषा शुद्धीकरण:-
———–
पुष्पा सुवेदी नेपाल
भवानी घिमिरे
जमुना आचार्य
पशपती राई
सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य
संयोजक:-
सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================
अक्षर सङ्ख्या:- [बराबरी]
अनुप्रास :- आफुखुसी
स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१
सिमेन्टको खम्बामा छानाे खर बनेकाे छ।
सपनाहरू बालुवाकाे घर बनेकाे छ।
हेर्दामा सङ्लाे छ पानी सबै सफा देखिने।
नदेखिने तेलकाे बाक्लाे तर बनेकाे छ,
मान्छेकाे शत्रु मन भित्र डर बनेकाे छ।
सुशीला पाैडेल
पञ्चाङ्ग:०२
कहिलेकाहीँ रहर नि लाग्छ बेकार,
चञ्चल यो मन किन खै जाग्छ बेकार,
जिन्दगी अगाडि बढिरहन्छ आखिर,
अनेक ईच्छामा शान्त मन भाग्छ बेकार,
अनावश्यक अभौतिक माग्छ बेकार ।
शोभा आचार्य गौतम
काठमाडौँ
पञ्चाङ:०३
देश बिकास हेर्न कति रहर लागेको छ।
विकासको काम गर्न औधि मन जागेको छ।
सत्ता लुछाचुँडी खाने काममात्र भयो यहाँ,
देश बेथिति छ जनता विदेश भागेको छ।
नेपालमा बच्चा जन्मदै रिनले नागेको छ।
✍️
बेदु न्यौपाने 🌹🌹
पञ्चाङ्ग:०४
अरुलाई बदल्न सकिने भए आज धेरै बुद्ध हुन्थे होला
निल आर्मस्ट्रङ मात्रै होइन सबैले चन्द्रमा छुन्थे होला
तर विडम्बना मान्छे जहिल्यै समाज बदल्नतिरै लाग्यो
आफुलाई बदलेको भए दुख जति आफैंले धुन्थे होला
समस्या सबै निर्मूल हुन्थ्यो अनि त मान्छे किन रुन्थे होला ।
-पशपती राई खोटाङ ।
👉 पञ्चाङ्ग:०५
जीवनमा केही मिहेनतले जोड्छु भन्दाभन्दै
सपनाको महल बनाएरै छोड्छु भन्दाभन्दै
आफैंलाई पुर्ने खाल्डो समेत खन्न बाध्य भएँ
बन्धुबान्धवको नातालाई तोड्छु भन्दाभन्दै
आफ्नै इच्छा अन्सार जिन्दगी मोड्छु भन्दाभन्दै ।
✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹
पञ्चाङ्ग:०६
धेरै भए सपना लुट्ने पापी शहरमा,
नयन भरि ताल फुट्ने पापी शहरमा।
शब्द बन्दै आउनु सधैँ पर्खिदै बस्नेछु,
गएर पनि मन छुट्ने पापी शहरमा,
दुखियाकै खिलाप जुट्ने पापी शहरमा।
दुर्गा आचार्य
मोरङ
पञ्चाङ्ग:०७
जिन्दगी खुकुरीको धारमा छ बाटो नबन्दा
कतै भुँइमा कतै तारमा छ बाटो नबन्दा
शहरमा धुलो धुवाँ खाए पनि खुशी नै छन
गाउँ त उस्तै ठुलो भारमा छ बाटो नबन्दा
जीवन बाच्नु पनि सारमा छ बाटो नबन्दा।
प्रभा
पञ्चाङ्ग:०८
बन्द कलकारखाना खोल्ने बात दिनुपर्छ
युवा लक्षित काम ल्याउने हात दिनुपर्छ
सबै मिली देश विकासमा लाग्न सकेदेखि
नकाबधारी शोषकलाई लात दिनुपर्छ
रगत चुस्ने मच्छडलाई मात दिनुपर्छ ।
भुमिका गैरे तिमिल्सिना, गैंडाकोट नवलपुर ।
पञ्चाङ्ग:०९
काँडाको बीचमा फूल्न मन छ।
सबैसँग सधैं खुल्न मन छ।
मरी लैजानु के नै छ हजुर,
मायाको जालमा झुल्न मन छ।
प्रेमील मार्गमा डुल्न मन छ।
ह्यारिस
पञ्चाङ्ग:१०
लोकतन्त्र ह्वात्तै आयो , सुकी गयो
लौ जान्छु पनि भनेन , लुकी गयो
कुकुर भुक्थे, तर किन भुकेनन्
धेरै पर स्याल जस्तो, भुकी गयो
बत्ती गयो,मोम गयो, टुकी गयो ।
•देवी पन्थी ///