“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- चौरासीऔमा हामी पुगेका छौं।
लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
मिति:- २०८१/०३/०६गते
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:८४[चौरासीऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
————
सोमनाथ लुइटेल “रवि पाल्पालि
गुणनिधि घिमिरे
सुशीला पाैडेल
चित्र संकलन
—————–
सुशीला पाैडेल

संकलन
सुशीला पौडेल
दुर्गा रिजाल आचार्य
शुद्धीकरण
————–
भवानी घिमिरे
जमुना आचार्य
पशपती राई
पुष्पा नेपाल (सुवेदी )
संरचना
———
अनुप्रास :- आफू खुसी
स्थायी :- आफू खुसी
अक्षर :- बराबरी
समायोजक
————-
सोमनाथ लुइटेल “रवि पाल्पाली”
तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल
————————
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
~~~~~~~~~~~~~~~~~~~~~
चित्रमा पञ्चाङ्ग
~~~~~~~~~~
पञ्चाङ्ग:०१
हात्ती हाे कि फूल हाे मलाई थाहा भएन।
किन हाे किन त्याे कतै बाट आहा भएन।
प्राकृतिक जस्ताे छदै छैन है हेर्दामा,
हेर्नलाई कुनै मन देखि चाहा भएन।
कसैले लिएर गए पनि डाहा भएन।
सुशीला पाैडेल
पञ्चाङ्ग:०२
हेर्दा देखिन्छ बडेमान हात्तीको भान छ।
दायाँबायाँ तर्फ हेर्दा सेता ठुला कान छ।
देखिन्छ टाउको बीच भागमा लामो सुँढ,
दुबै पट्टी पहेँलो रातो फूलको सान छ।
शरीर हरियो जरा लहरा को टान छ।
✍️
बेदु न्यौपाने 🌹🌹
पञ्चाङ्ग:०३
ठूलो छ हात्ती जिउ र ज्यान कसरी पाल्दो हो
घाँस र पात खानमा ध्यान कसरी हाल्दो हो
साग र सब्जी मिलाइ बन्यो भर्खर भर्खरै
होला र कस्तो चङ्ख की प्यान कसरी भाल्दो हो
नयाँ छ हात्ती नौलो त्यो छ्यान कसरी चाल्दो हो।
✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹
पञ्चाङ्ग:०४
नाङ्ला जस्तो ठूला कान गणेशजी
हरियो लराको तान गणेशजी
हेर्ने दृष्टि राम्रो भए राम्रै हुन्छ ,
भगवान सर्वमान गणेशजी
शिव पार्वतीको सान गणेशजी ।।
धनमाया चौधरी कैलाली
पञ्चाङ्ग:०५
हात्तीलाई गणेश भगवान मानिएको रुप हो,
पहिलो पुजा गर्दा खेरि सधैँ बानिएको रुप हो।
नित्य पुजा गर्दा जहिले पनि आराधना गरिन्छ,
युगौँ युग देखि चलि हामीले जानिएको रूप हो,
संस्कारको हरेक क्षण क्षण धानिएको रुप हो।
दुर्गा आचार्य
मोरङ
पञ्चाङ्ग:०६
हेर्दा बिरुवामा हात्तीको भान हुन्छ
गणेशको प्रतीकको त्यो सान हुन्छ
कस्तो विचित्र देखियो गणेश चित्र
जहाँ छन् नि ईश्वर त्यहाँ मान हुन्छ,
ईश्वरको नाममा दिऊ, दान हुन्छ।
शोभा आचार्य गौतम
काठमाडौँ
पञ्चाङ्ग:०७
आहा ! णेशकाे मुर्ति देख्छु ।
फूलहरुकाे त पूर्ति देख्छु ।
छ सजिएको राम्रोसँग है,
कलाकारकाे त्यो फूर्ती देख्छु
धाक दिने उही सुर्ती देख्छु ।
भवानी घिमिरे
सर्लाही ।
पञ्चाङ्ग-०८
हात्ती होस् कि भुसुना संसारमा पेट कसैको खाली हुदैन
यो सुन्दर बगैंचा मानवकै हो यहाँ अरु माली हुदैन
कति सुन्दर रुप देखाई मुस्कुराउँदैछ प्रकृति हेर
रिसाउँदा नि सुवास दिन्छ उसको मुखमा गाली हुदैन
प्रकृतिले सबैलाई बचाउँछ मान्छे जस्तो जाली हुदैन
-पशपती राई खोटाङ ।
पञ्चाङ्ग:०९
गणेश नाम रहेछ उसको।
ठगाहा काम रहेछ उसको।
ज्यान भने मत्ता हात्तीको जस्तो,
दिमाग जाम रहेछ उसको।
कथामा चाम रहेछ उसको ।
प्रभा पोखरेल
अमेरिका
पञ्चाङ्ग:१०
देख्दा खेरि हात्तीको भान हुन्छ।
लाग्दैछ गणेशकाे थान हुन्छ
प्राकृतिक भन्दा कृत्रिम तिर,
फुलबुटा भर्नेको मान हुन्छ।
मनुष्यको दैनिक शान हुन्छ।
ह्यारिस
पञ्चाङ्ग: ११
देख्दा पनि अनौठो लाग्छ आजकल
चित्र हेर्दा खुल्दुली जाग्छ आजकल
के के बाट बन्छ्न् हो चित्र बन्न पनि
हेर्दैमा चिन्ता दूर भाग्छ आजकल
समयले के के हो माग्छ आजकल ।
वसन्त अनुभव
घोराही, दाङ

