“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- त्रिरासीऔमा हामी पुगेका छौं।
लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
मिति:- २०८१/०२/३१गते
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:८३[त्रिरासीऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
सोमनाथ लुइटेल “रवि पाल्पालि
गुणनिधि घिमिरे
सुशीला पाैडेल
चित्र संकलन
सुशीला पाैडेल

संकलन
सुशीला पौडेल
दुर्गा रिजाल आचार्य
शुद्धीकरण
भवानी घिमिरे
जमुना आचार्य
पशपती राई
पुष्पा नेपाल (सुवेदी )
संरचना
अनुप्रास :- आफू खुसी
स्थायी :- आफू खुसी
अक्षर :- बराबरी
समायोजक
सोमनाथ लुइटेल “रवि पाल्पाली”
तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]~~~~~
चित्रमा पञ्चाङ्ग~~
पञ्चाङ्ग;०१
तिमी छौ र पो म बाँचेकी छु।
तिम्रो माया सधै साचेकी छु।
देशै नरहे रहुला कहाँ,
तिम्रै नाम लिई नाचेकी छु।
दुश्मनकाे हात भाँचेकी छु।
सुशीला पाैडेल
पञ्चाङ्ग:०२
ढुङ्ग्री बुलाकी पनि बेचिखायौ नाक आज बुच्चे भयो
भाषण मात्रै गर्छौ मिठा मिठा व्यवहार भने छुच्चे भयो
पुर्खा भक्तिथापा जिउँदो हुँदा त कति उचाइ थियो हाम्रो
गणतन्त्रसम्म आइपुग्दा त यो नेपाली कति फुच्चे भयो
भूमि हडपेको छ अर्काले हेर त नक्शा मात्रै चुच्चे भयो ।
-पशपती राई खोटाङ ।
पञ्चाङ्ग:०३
नेपाल सुन्दर शान्त देशमा गनिन्छ सधैँ
प्रकृतिले भरिएको देशहो भनिन्छ सधैँ।
कैयौंँ खोला नाला छहराको साथमा नेपाल
प्रकृति प्रिय सुन्दर हरियो बनिन्छ सधैँ
विभिन्न धातुहरुलाई खोज्दै खनिन्छ सधैँ।
दुर्गा आचार्य
मोरङ
पञ्चाङ्ग:०४
बत्ती बल्दैछ अब मेरो देशमा केही हुन्छ की !
तेल जल्दैछ अब मेरो देशमा केही हुन्छ की !
आशा गरौँ आशामाथि आशा पालेर मनमनै ,
आशा फल्दैछ अब मेरो देशमा केही हुन्छ की !
कुरा चल्दैछ अब मेरो देशमा केही हुन्छ की !
भवानी घिमिरे
सर्लाही ।
पञ्चाङ्ग:०५
श्रमशील पाखुरा विदेशको त्यो खाडीमा छन्
वृद्ध सबै हेर महङ्गा स्वदेशी गाडीमा छन्
सम्भावना आज यहाँ टुलुटुलु हेरेकोछ
गहकिला भाषण हेर नेताका वाणीमा छन्
विकासका चाबी हेर वरिष्ठका नाडीमा छन् ।
भूमिका गैरे , तिमिल्सिना
गैंडाकोट , नवलपुर
पञ्चाङ्ग:०६
देशको राष्ट्रिय गान छ।
मठ् मन्दिर देव थान छ
संसारमा स्वच्छ छवि
एकताको सधैं मान छ।
नेपालको आफ्नै शान छ।
ह्यारिस