साप्ताहिक पञ्चाङ्ग चित्रपट- ८२

  • २८ जेष्ठ २०८१, सोमबार २०:५४ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- बयासीऔमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८१/०२/२४गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:८२[बयासीऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पालि
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पाैडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    चित्रमा पञ्चाङ्ग

    पञ्चाङ्ग:०१
    तिमी मलाई छोडेर नजानु प्रिय।
    कहिल्यै बाटो मोडेर नजानु प्रिय।
    जिन्दगी जति सुकै कठिन भए नि,
    जोडेको मुटु तोडेर नजानु प्रिय।
    रोपेको बिज गोडेर नजानु प्रिय।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२
    तिमी बिना प्रिय अब बाँच्न सक्दिन।
    तितो मिठो यादहरु साँच्न सक्दिन।
    नजाऊ परदेश स्वदेशमै बसौं,
    आईपर्ने दुःख सुख भाँच्न सक्दिन।
    कसैगरि रमाएर नाँच्न सक्दिन।
    शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग:०३
    तिम्रै लागि भनि प्रिय मैले मायाँ साँचेकी छु
    चाेखाे मायाँ तिमीले दिँदा खुशीले नाचेकी छु
    दु:ख, पिडामा एकअर्काकाे साथ बन्दै गर्दा !!
    विश्वासकाे दियो जलाइ पर्खेर बाँचेकी छु
    तिमी राखी हृदयमा तिम्रै निम्ति हाँसेकी छु

    उर्मिला के.शी .
    धनकुटा

    पञ्चाङ्ग:०४

    तिमीलाई मनमा बानेकी छु प्रिय।
    सयौँ दिन देखि नै जानेकी छु प्रिय।
    यो मनले मात्रा हो कि रोजेको लाग्छ,
    सम्झनाले धड्कन हानेकी छु प्रिय।
    लाखौँमा तिमीलाई छानेकी छु प्रिय।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०५

    तिमी बिना एकछिन पनि बाँच्न सक्दिनँ म।
    तिम्रो मेरो प्रेम छैन भनी ढाट्न सक्दिनँ म।
    यो सम्बन्धलाई कति दिन लुकाएर राख्नु ,
    मनभरि पीर बोकेर नि हाँस्न सक्दिनँ म।
    अविश्वास बढ्यो भने माया साँच्न सक्दिनँ म ।

    दुर्गा भट्टराई
    मोरङ

    पञ्चाङ्ग:०६
    तिमीलाई मैले त आफ्नै ठानेको छु।
    सदा सर्वदा तिमी प्रिय मानेको छु।
    मन देखि नै मलाई मन पर्दछौ,
    सधैँ को तिम्रो बानी मैले जानेको छु।
    आज देखि नै मेरो साथ तानेको छु।
    ✍️
    बेदु न्यौपाने 🌹🌹

    पञ्चाङ्ग:०७
    पुरुष बिना नारी पनि पुरा हुन सक्दैन
    नारी बिना झन् सृष्टिको कुरा हुन सक्दैन
    भनाइ नै छ एक रथको दुई पाङ्ग्रा अरे
    मिल्दै अघि बढे यात्रा अधुरा हुन सक्दैन
    रातमा पनि प्रकाश मधुरा हुन सक्दैन।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०८
    खुसीमा एकसाथ हाँसौला हामी।
    भएका शत्रु बैरी मासौला हामी।
    जिन्दगी हाँसेर बिताउनु पर्छ,
    प्रेममा जल्नेलाई नासौला हामी।
    मिलेर प्रेम माला गासाैला हामी।
    ह्यारिस

    Leave a Reply