साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १६० सम्पन्न

  • ४ असार २०८१, सोमबार १४:२८ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १६० औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ४८ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको तस्बिर:

    साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १६० मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-

    [१]
    सपना
    समृद्ध नेपाल
    यथार्थमा देशको हाल !
    -वसन्त अनुभव
    घोराही, दाङ
    [२]
    सेतु
    नबनाउने नेता
    फेरि नबन्ने विजेता !
    -भगवती दवाडी ,झापा
    [३]
    गणतन्त्र
    विकासकाे गति
    उँधाे कि उँभाे ?
    -राेशन पराजुली,धरान
    [४]
    अप्रसिद्ध
    पशुको ज्यान
    नेताको अर्कैतिर ध्यान !
    -अच्युत घिमिरे
    सर्पाङ, भुटान
    [५]
    गणतन्त्र
    पुल विकास
    कर्णालीमा खच्चरको निकास !
    -बेदु न्यौपाने
    [६]
    निरीह
    बोझसॅगै अड्केर
    गएन प्राण सर्केर !
    [७]
    लाचार
    मौनता कहिलेसम्म
    पीडाले आँखा टम्म !
    -संगीता खरेल
    चन्द्रागिरी ८ काठमाडौँ
    [८]
    चाल
    मेरो देशको
    येस्तो छ हाल !
    -अनिता भण्डारी ताप्लेजुङ
    [९]
    जीवन
    उकाली ओराली
    पिर कहालीलाग्दो भिर !
    -आर्त अकुलीन
    [१०]
    तर्ने
    बनायो पुल
    खच्चरकाे जिन्दगीमा भूल !
    -श्रीकृष्ण धामी – बझाङ
    [११]
    अवस्था
    सपनाको नेपाल
    यथार्थमा विकासको चाल !
    -बुद्धिप्रसाद लामिछाने कैलाली
    [१२]
    दोभान
    लाचार सरकार
    जोगाउनै कठिन जीवन !
    -सरस्वती वली
    [१३]
    सोच
    मेरो हाम्रो
    समाज आसाको त्यान्द्रो !
    -मधुसूदन शर्मा रोल्पा
    [१४]
    पशुलाई
    गधा बनाई
    देशलाई भ्रष्टचारमा डुबाई !
    -डुकछिरिङ लेपचा
    थाना लाईन,भारत
    [१५]
    माथि
    ठाडो भिर
    तल जङ्घार मजधार !
    -कमला देवकोटा, पाल्पा
    [१६]
    बिचरा
    निरीह पशु
    चेतनशील मानवको दादागिरी !
    [१७]
    विडम्बना
    जोखिममा ज्यान
    सरकारले दिदैन ध्यान !
    -पृथक प्रकृति ,झापा
    [१८]
    जीवन
    उकाली ओराली
    समृद्ध नेपालको परिवहन !
    -धनमाया चौधरी कैलाली
    [१९]
    दुर्गम
    विकासको गति
    सुध्रिएन नेताको मति !
    -कला ढकाल झापा
    [२०]
    चुडियो
    पुलको रसी
    खच्चर बिचमै फसी !
    -चक्र शाही ,लम्की, कैलाली ।
    [२१]
    विकास
    बहानाकाे इतिहास
    खाेजाैँ बर्बादिकाे निकास !
    -रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
    [२२]
    उस्तै
    जनतालाई सास्ती
    राज्य सञ्चालकलाई मस्ती !
    -प्रेम थापा “मन”बागलुङ
    [२३]
    जुर्मुराएको
    गरेर देखाउँछु
    विकासे बजेट चुर्मुर्‍याएको !
    -घनश्याम पन्त
    हरिवन सर्लाही
    [२४]
    नेपाल
    समृद्धिको सपना
    जताततै देखियो बेहाल !
    -डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा. पा.-६, दोलखा ।
    [२५]
    अकल
    लाखौलाख हातमा
    पुल भाँचिएको रातमा !
    -अम्बिका अधिकारी
    झापा बिर्तामोड
    [२६]
    खच्चर
    गधाको सामाज्य
    छैन केही अवसर !
    -नागेन्द्रप्रसाद यादव
    [२७]
    खच्चड
    नतरी पुल
    काल आयो मूल !
    -एवाइ प्रभात
    सहिदभुमि धनकुटा
    [२८]
    लोकतन्त्र
    जोडिएन देश
    पिताजीको फुलिसक्यो केश !
    -पशपती राई खोटाङ ।
    [२९]
    वास्तविक
    एकातिर हुन्छ
    देखिने अर्कातिर रहन्छ !

    • नन्दलाल आचार्य
      सिद्धार्थटोल, उदयपुर ।
      हाल- एनेलकुटी, सिरहा ।
      [३०]
      आश्वासन
      भरिएको विकास
      यत्रतत्र भयानक विनाश !
      -प्रद्युम्न चालिसे
      भक्तपुर कटुञ्जे ।
      [३१]
      बिजोग
      हेर हरिबिजोग
      साच्चै कन्त बिजोग !
      -दुर्गा अधिकारी भमरकोटे,
      हाल कपन ।
      [३२]
      व्यापार
      हत्ते प्राणीकाे
      जूवा आँप झटाराे !
      -चन्द्रावती अधिकारी
      [३३]
      स्थिति
      नाजुक देखियो
      हाम्रो देशको बेथिति !
      -शोभा आचार्य गौतम
      काठमाडौँ
      [३४]
      विपत्ति
      जुनसुकै बेला
      पशुलाई गरेनन् हेला !
      -दीपा समभाव
      खोटाङ्ग
      [३५]
      यथार्थता
      अमानवका कारण
      मानवको भयो दुर्गति !
      [३६]
      कस्ताे
      हाे राज्यसत्ता
      खाने मात्र भत्ता !
      -डिल्लीराज (राजेन्द्र) भुसाल
      सन्धिखर्क-२, कुर, अर्घाखाँची
      [३७]
      अवस्था
      विकास गर्न
      योग्य नेतृत्वको खाँचो !
      -सुस्मिता अधिकारी ,काठमाडौँ
      [३८]
      आपत्ति
      जनतालाई सास्ति
      धन्य विकासको गति !
      -सरिता काफ्ले कोहलपुर ८ पिपरी बाँके
      [३९]
      खच्चर
      नगरौँ हेला
      यस्तो सङ्कटको बेला !
      -पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
      पनौती न.पा-३,काभ्रे
      [४०]
      विकट
      विकासमा ओझेल
      भ्रष्टले गरे झालझेल !
      [४१]
      कठै
      विकासको हाल
      सुध्रिएन नेताको चाल !
      -शान्ता पौडेल भट्टराई
      टङ्कीसिनवारी, मोरङ
      [४२]
      देश
      चौपट सारा
      मात्र झुट्टा नारा !
      -विवश पारदर्शी
      झापा,
      [४३]
      भारी
      बोकेर लैजानु
      कसरी पुल तारी !
      -घनश्याम पौडेल,पोखरा
      [४४]
      यस्तो
      नहोस् भनेर
      विरोध गरौँ कनेर !
      -लक्ष्मी रिजाल, रुपनगर, सप्तरी
      [४५]
      विकास
      झाेलुङ्गे पुल
      मारिए पशुका हुल !
      -ताराप्रसाद चापागाईँ
      धुनिबेसी, धादिङ
      [४६]
      नाजुक
      कर्णाली पुल
      बन्यो हियाेमा शूल !
      -केशवप्रसाद ढकाल ‘प्रीतबीज’
      सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।
      [४७]
      सङ्कट
      निर्दोष दोसाध
      देखिन्न जहाज चढेर !
      -प्रभादेवी पौडेल
      चितवन
      [४८
      चित्र
      हेरी खोज
      वास्तविकता मूलको भित्र !
      -अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा – ६ संखुवासभा ।

    Leave a Reply