साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १५९ सम्पन्न

  • २९ जेष्ठ २०८१, मंगलवार १५:४९ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १५९ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५१ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको तस्बिर:

    साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १५९ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू-


    [१]
    सान
    बन्द गरौँ
    आँखा मुख कान !

    • वसन्त अनुभव
      [२]
      अचम्म
      दुःखदायी व्यवस्था
      बोल्नै नहुने अवस्था !
    • नारायण कोइराला
      तानसेन, पाल्पा हाल: कुवेत
      [३]
      मस्तिष्क
      अवचेतन आकाश
      एक दुई तीन !
    • राेशन पराजुली, धरान
      [४]
      कान
      बन्द गरेको
      उही हराएको सान !
    • बेदु न्यौपाने
      [५]
      रोजाइ
      रहेन मनको
      अवस्था दु:खद जनको !
    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा-६, संखुवासभा
      [६]
      अन्याय
      लाचार भन्दै
      तिनै अङ्ग बन्दै !
    • संगीता खरेल, काठमाडौँ
      [७]
      बन्द
      गरेर कान
      बनाउनु आफ्नो सान !
    • अनिता भण्डारी, ताप्लेजुङ
      [८]
      अवस्था
      नेपालको व्यवस्था
      समाप्त सबै आस्था !
    • सविता के.सी.
      [९]
      सान
      आफूलाई ठान्ने
      कोही छैनन् जान्ने !
    • कला ढकाल, झापा
      [१०]
      सम्भाव
      गरेमा राम्रो
      अल्छी भएमा चाम्रो !
    • एवाइ प्रभात
      सहिदभुमि, धनकुटा
      [११]
      चुपचाप
      खुकुरीको दाप
      जनताले नगर्नु विलाप !
    • भगवती दवाडी
      [१२]
      बेछन्द
      बनेर अन्ध
      नगर्नु इन्द्रीय बन्द !
    • रामप्रसाद पुरी
      बादेल, खाेटाङ
      [१३]
      सत्य
      वर्तमान अवस्थामा
      कसैलाई पनि पच्दैन !
    • रमा पन्त, पाल्पा
      [१४]
      समय
      चलेको हुरी
      विनाशक आँधी बेहरी !
    • आर्त अकुलीन
      [१५]
      सान
      तस्बिर हेर्दा
      नाक मुखको पहिचान !
    • श्रीकृष्ण धामी, बझाङ
      [१६]
      भोगाइ
      अन्यायमा परेर
      शत्रुसँग लड्न डरेर !
    • सुरेश न्यौपाने
      [१७]
      बन्द
      आँखा कान
      देखाउनु किन सान !
    • राज कुमार राजभण्डारी खाेटाङ्गे
      मध्यपुर ठिमी-५, राधे राधे, भक्तपुर
      [१९]
      नदेखेझैँ
      नबोलेझैँ नसुनेझैँ
      शान्तिको बाटो रोजौँ !
    • कमला देवकोटा, पाल्पा
      [२०]
      बन्द
      आखा कान
      मुख विचित्र सन्देश !
    • डुकछिरिङ लेपचा
      डुपटिन, भारत
      [२१]
      परिस्थिति
      चुनौतीपूर्ण अवस्था
      सायद कहालिलाग्दो कथा !
    • पृथक प्रकृति, झापा
      [२२]
      आनन्द
      भित्री आँखा
      आफ्नै शरीर मन्दिर !
    • हिमाल अम्मै, घोडाघोडी, कैलाली
      [२३]
      ज्ञानेन्द्रिय
      उपयोगमा खाँचो
      साङ्केतिक आधार के ?
    • प्रेम थापा ‘मन’, बागलुङ
      [२४]
      लाचार
      आचार बिचार
      नभुल्नू बडाको शिष्टाचार !
    • विवश पारदर्शी, झापा
      [२५]
      नजर
      छैन कदर
      चुपचाप चलाउँदै संसार !
    • सरस्वती वली
      [२६]
      सान
      देखावटी घुर्कीपन
      छैन कत्ति सम्मान !
    • धनमाया चौधरी, कैलाली
      [२७]
      आपतकालीन
      कानेखुसीले बतायो
      गुप्तचरले प्रलय सतायो !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      [२८]
      इन्द्रिय
      मनको नारद
      नमान्नु यसको सबैथोक !
    • दीपा गुरुङ्ग समभाव, खोटाङ्ग
      [२९]
      ज्ञान
      गरेर ध्यान
      इन्द्रियलाई राखौं वशमा !
    • पशपती राई, खोटाङ
      [३०]
      चुप
      नभन्नु केही
      सबै हुन्छ गुपचुप !
    • नागेन्द्रप्रसाद यादव, दाङ
      [३१]
      बन्द
      पञ्चेन्द्रिय सबै
      लाज पचाउने मेलो !
    • गोपेन्द्र रिजाल, पाँचथर
      [३२]
      सत्य
      भन्न नसकेर
      बनेका जिउँदा लाश !
    • सुस्मिता अधिकारी, काठमाडौँ
      [३३]
      दुर्वाच्य
      नबोल नसुनियोस्
      अधर्म नदेखोस् आँख़ाले !
    • मधुसुदन शर्मा
      [३४]
      अन्याय
      सहन बाध्य
      जनताको कठिन जीवनचर्या !
    • दुर्गा भट्टराई, माेरङ्ग
      [३५]
      मानव
      इन्द्रिय बन्द
      छैन जीवनमा सुगन्ध !
    • सरिता काफ्ले
      कोहलपुर-८ पिपरी, बाँके
      [३६]
      विवश
      अन्याय सेरोफेरो
      इन्द्रिय बन्द मेरो !
    • रुना कर्माचार्य दाहाल, चितवन
      [३७]
      अचम्म
      विकृत पारा
      किन मान्नुपर्ने ईसारा ?
    • सरिता सेढाई, धादिङ
      [३८]
      मान्छे
      बन्नु छ
      संसारको दैलो थुन !
    • नन्दलाल आचार्य
      सिद्धार्थटोल, उदयपुर
      [३९]
      अहितकारी
      खराब बानी
      वशमा राख इन्द्रिय !
    • टीकाराम जाेशी, टीकापुर
      [४०]
      शान्ति
      समस्याको समाधान
      हाम्रा इन्द्रियको नियन्त्रण !
    • श्रद्धा आचार्य, पोखरा
      [४१]
      सान
      ब्यक्तिगत गान
      खोज्छन् आफ्नै सम्मान !
    • तोया नाथ चापागाईं
      दमक, झापा
      [४२]
      कलियुग
      असत्यको राज
      हुँदैन कसैलाई लाज !
    • कार्की डिबी माकुम
      [४३]
      मध्यरात
      चारैतिर अध्याराे
      भयचित बनायाे समयले !
    • प्रद्युम्न चालिसेे
      भक्तपुर, कटुञ्जे
      [४४]
      नहुने
      विरोध समर्थन
      समय हुने भयावह !
    • समुन्द्रा शर्मा, सुनसरी
      [४५]
      आवाज
      बन्द गरौँ
      टाउको मात्रै हल्लाउँ !
    • पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’
      पनौती न.पा.-३, काभ्रे
      [४६]
      सत्य
      नसकेर ओकल्न
      अभ्यस्त अर्कोलाई धकेल्न !
    • शान्ता पौडेल भट्टराई
      टङ्कीसिनवारी, मोरङ
      [४७]
      पहिचान
      आफ्नै बिर्सन्छन्
      आँखा मुख कान !
    • केशवप्रसाद ढकाल ‘प्रीतबीज’
      सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
      [४८]
      त्रास
      मनको भय
      डरमा सधैँ आकाश !
    • कविता आचार्य, कैलाली
      [४९]
      मानवता
      मनमा भए
      गरौँ गरीबको सेवा !
    • दुर्गा आचार्य, मोरङ
      [५०]
      ढुकुटी
      दलालको कब्जामा
      चलेकै रहेछ सुकुटी !
    • घनश्याम पन्त
      हरिवन, सर्लाही
      [५१]
      सान
      भाग्यमानी ठाने
      आफैँ भए जान्ने !
    • सहयात्री शाेभा अर्याल
      रुपन्देही
      ~~~~

    Leave a Reply