विश्वकप छनोट खेलका लागि नेपाली फुटबल टोली साउदीको दम्माममा

  • २१ जेष्ठ २०८१, सोमबार १२:०५ मा प्रकाशित
  • दम्माम।
    फिफा विश्वकप २०२६ र एसियन कप छनोट अन्तर्गत दोश्रो चरणमा युएईविरुद्धको ‘होम´ र यमनविरुद्धको `अवे´ खेल खेल्न साउदी नेपाली टोली साउदी अरब आइपुगेको छ।

    नेपाली राष्ट्रिय टोलीलाई दमाम्म अन्तर्राष्ट्रिय विमानस्थलमा साउदी फुटबल संबंधित अधिकारी , नेपाली राजदूतावासको प्रतिनिधि , साउदीमा सक्रिय नेपाली संघसंगठनका प्रतिनिधिले स्वागत गरेका छन्।

    युएई र यमनसँगकाे खेलका लागि मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले आइतबार नै २३ सदस्यीय नेपाली टोली घोषणा गरेका थिए ।

    नेपाल र युएईबीचको खेल ६ जुन अर्थात् यहि जेठ २४ गते साउदीको दमामको प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा हुँदैछ । यो खेल नेपाली समयानुसार राति ९:४५ बाट शुरु हुनेछ ।

    यो खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने तय थियो । एसियाली फुटबल महासघं (एएफसी) को प्रतिधि टोलीले विश्वकप छनोट खेल खेलाउने सन्दर्भमा दशरथ रङ्गशालाको स्थलगत निरिक्षण गरेको थियो ।

    निरिक्षणपछि एएफसीले मैदानको अवस्था, फ्लडलाइट र समग्र सुरक्षालगायतको विषमा प्रश्न उठाउँदै दशरथ रङ्गशाला अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको लागि अयोग्य रहेको घोषणा गरेको थियो ।

    नेपालले पुनः एकपटक घरेलु मैदानमा खेल्ने मौका गुमाएको छ । नेपालले केही महिनाअघि मात्र दशरथ रङ्गशालाको खराब मैदानका कारण फिफा विश्वकप छनोट अन्तर्गत बहराइनसँग घरेलु मैदान हुने तय भएको खेल खेल्न पाएको थिएन। त्यसपछि नेपालले होम र अवे खेल बहराइनकै मैदानमा खेलेको थियो ।

    तत्कालिन समयमा बहराइनले दशरथ रङ्गशाला अन्तर्राष्ट्रिय खेलको आयोजना गर्न योग्य नभएको भन्दै नेपालमा आएर नखेल्ने निर्णय गरेको थियो । नेपालले विश्वकप छनोटको अन्तिम खेलको रुपमा यमनविरुद्ध ११ जुन अर्थात् जेठ २९ गते ‘अवे म्याच’ पनि साउदीमै खेल्ने छ ।

    नेपालको टोलीः
    गोलकिपर : किरणकुमार चेम्जोङ, अभिषेक बराल र विशाल सुनार

    डिफेन्डर : अभिषेक लिम्बु, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ र सौभाग्य राई

    मिडफिल्डर : भरत खवास, लाकेन लिम्बु, मणिकुमार लामा, मनीष डाँगी, वसन्त जिम्बा, सुमित श्रेष्ठ र आषिश राई

    फरवार्ड : आयुष घलान, आशिक बाबु चौधरी, गिलेस्पीजंग कार्की, हिसुब थपलिया र सञ्जीव विष्ट रहेका छन् ।

    One thought on “विश्वकप छनोट खेलका लागि नेपाली फुटबल टोली साउदीको दम्माममा

    Leave a Reply