रेडियो सारथि १०७.४ मेगाहर्ज ‘वर्ष उत्कृष्ट रेडियो’ र अनिष पाठक ‘वर्ष उत्कृष्ट प्राविधिक सारथि’

  • ११ असार २०८१, सोमबार १७:०८ मा प्रकाशित
  • बडिगाड गा. पा.-२, खर्बाङ, बागलुङमा अवस्थित रेडियो सारथि १०७.४ मेगाहर्ज ‘वर्ष उत्कृष्ट रेडियो’ र सोही रेडियोमा कार्यरत समाचारवाचक एवम् प्राविधिक सारथि अनिष पाठक ‘वर्ष उत्कृष्ट प्राविधिक सारथि’ सम्मानबाट सम्मानित हुनुभएको छ । नमस्ते आधुनिक लघुकथा मञ्चले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा उहाँहरूलाई सम्मान गरेको हो ।

    रेडियो सारथिलाई निरन्तर लघुकथा वाचन र रेडियो तरङ्गबाट लघुकथा विशेष कार्यक्रम ‘लघुकथा आँगन’ प्रसारण गर्नकालागि स्थान उपलब्ध गराएवापत र उक्त रेडियोमा कार्यरत प्राविधिक अनिष पाठकलाई उक्त कार्यक्रममा निरन्तर प्राविधिक संयोजन गरेर योगदान दिनुभएवापत उक्त सम्मानद्वारा सम्मानित गरिएको मञ्चले जनाएको छ ।

    लघुकथा विशेष रेडियो कार्यक्रम ‘लघुकथा आँगन’को सञ्चालन सञ्चारकर्मी एवम् मञ्चका आधिकारिक लघुकथा वाचक कमल पौडेलले गर्दै आउनुभएको छ ।

    One thought on “रेडियो सारथि १०७.४ मेगाहर्ज ‘वर्ष उत्कृष्ट रेडियो’ र अनिष पाठक ‘वर्ष उत्कृष्ट प्राविधिक सारथि’

    Leave a Reply