मातृभाषी लघुकथाकार राईलाई ‘वर्ष मातृभाषी लघुकथा सर्जक सम्मान’ प्रदान

  • ११ असार २०८१, सोमबार १९:२३ मा प्रकाशित
  • नमस्ते आधुनिक लघुकथा मञ्चले वर्ष मातृभाषी लघुकथा सर्जक सम्मान २०८१ बाट मातृभाषी लघुकथाकार म्यामराज राईलाई प्रदान गरेको छ । मञ्चले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसर पारेर राईलाई सम्मानित गरेको हो ।

    स्रष्टा राईले पछिल्लो समय बान्तवा (राई) भाषामा लघुकथा सिर्जना गर्ने, नेपाली भाषामा लेखिएका लघुकथाहरूलाई बान्तवा ( राई ) भाषामा अनुवाद गर्दै संस्थाको फेसबुक समूहमा निरन्तर रूपमा प्रेषण गरिरहनुभएको छ ।

    आफ्नो स्थापनाकालदेखिनै संस्थाले राष्ट्रभाषाका साथै मातृभाषाको संरक्षण र प्रवर्द्धन गर्दै आएको छ र मातृभाषी लेखकहरूलाई प्रोत्साहन र सम्मान पनि गर्दै आएको छ । सोही कार्यलाई निरन्तरता दिँदै यस वर्षको ‘वर्ष मातृभाषी लघुकथा सम्मान’बाट राईलाई सम्मानित गरिएको मञ्चले जनाएको छ ।

    Leave a Reply