पौडेल र घलेलाई हेमलता स्मृति लघुकथा सम्मान प्रदान

  • १० असार २०८१, आईतवार ००:१० मा प्रकाशित
  • युवा लघुकथाकारद्वय प्रभादेवी पौडेल र राजन ग्याल्दाङ् ‘बुद्धिसिङ’ घले ‘हेमलता स्मृति लघुकथा सम्मान-२०८१’ बाट सम्मानित हुनुभएको छ । आफ्नो छैटौँ वार्षिकोत्सवको अवसर पारेर नमस्ते आधुनिक लघुकथा मञ्चले यो सम्मान उहाँहरूलाई प्रदान गरेको हो ।

    कीर्तिशेष लघुकथाकार हेमलता उप्रेतीको स्मृतिमा स्थापित ‘हेमलता स्मृति लघुकथा सम्मान’ लघुकथामा कुनै पनि कृति ननिकालेका तर निरन्तर स्तरीय लघुकथा लेखनमा लागिपरेका जुझारु युवा लघुकथाकारहरूलाई प्रोत्साहन गर्न प्रदान गर्ने गरेको मञ्चले जनाएको छ ।

    ५५ वर्ष मुनिका एकजना महिला र एकजना पुरुष युवा लघुकथाकार छनोट गरेर मञ्चले हरेक वर्ष यो सम्मान प्रदान गर्दै आएको छ । यो सम्मानबाट विगतका दुई वर्षमा दुई पुरुष तथा दुई महिला गरी ४ सक्रिय युवा लघुकथा सर्जकहरूलाई मञ्चले सम्मानित गरिसकेको छ ।

    Leave a Reply