“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: उनान्सयाैं हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ:
अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-९९ ——————————-
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
मिति:- २०८१/०२/२८
बुधबार बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ।
……………………………………….
प्रशिक्षक:-
……………
सोमनाथ लुइटेल
गुणनिधि घिमिरे
सुशीला पौडेल
………………………
भाषा शुद्धीकरण:-
———–
पुष्पा सुवेदी नेपाल
भवानी घिमिरे
जमुना आचार्य
पशपती राई
सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य
संयोजक:-
सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================
अक्षर सङ्ख्या:- [बराबरी]
अनुप्रास :- आफुखुशी
स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१
मुटु दुखेको औषधी किन्न पाए किन्ने धेरै थिए होला।
दुश्मन जति सबै नै विन्न पाए विन्ने धेरै थिए होला।
काे कस्ताे काे कस्ताे निधारमा लेखिएको हुदैन रहेछ
आँखाले हेरेर मात्र चिन्न पाए चिन्ने धेरै थिए हाेला
सधैं भरि लत्याएर हिन्न पाए हिन्ने धेरै थिए हाेला ।
सुशीला पाैडेल
पञ्चाङ्ग:०२
सङ्घर्षै सङ्घर्ष भनेर जान्नु छ जीवनमा।
सारा खुसी हराएपनि धान्नु छ जीवनमा।
सहज र असहज यो सब भावीको लेखाइ,
कति कुरा मिहेनतले छान्नु छ जीवनमा।
जे पर्दछ आफ्नो भागमा मान्नु छ जीवनमा।
✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹
पञ्चाङ्ग:०३
पञ्चाङ्ग:०३
दिनहुँ झगडा गर्ने परिवार किन चाहियो।
आफ्नै पेट मात्रै भर्ने परिवार किन चाहियो।
अब कुनै नाटक चैं नदेखाउनु महाेदय,
घमण्डको बिज छर्ने परिवार किन चाहियो।
हाम्रो खुसी सबै हर्ने परिवार किन चाहियो।
ह्यारिस
पञ्चाङ्ग:०४
बन्द कलकारखाना खोल्ने बात दिनुपर्छ
युवा लक्षित काम ल्याउने हात दिनुपर्छ
सबै मिली देश विकासमा लाग्न सकेदेखि
नकावधारी शोषकलाई लात दिनुपर्छ
रगत चुस्ने मच्छडलाई मात दिनुपर्छ ।
पञ्चाङ्ग:०५
समतामूलक समाज बने पो राम्रो हुन्थ्यो
बालकदेखि बृद्धका आवाज यी हाम्रो हुन्थ्यो
समानताले एकता ल्याउन नसकेपछि
परिवर्तनका नारा सब किन चाम्रो हुन्थ्यो ?
परिमार्जन गरिनु पर्ने बानी दाम्रो हुन्थ्यो ।
भुमिका गैरे, तिमिल्सिना
गैंडाकोट , नवलपुर
पञ्चाङ्ग:०६
सेठजी हुँदासम्म गाउँमा कसैले दुख पाएनन् हजुर
सारा दुखी उनैको घरधाए अन्त कतै धाएनन् हजुर
बलेकै आगो त ताप्ने हो सबैले कसले ताप्छ र निभेको
बिल्ली मर्दा सबैआए त सेठ मर्दा कोहि आएनन् हजुर
बाचुन्जेल त गुणगान गाए मरेपछि गाएनन् हजुर।
-पशपती राई खोटाङ्ग।