“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एक सय एक अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ:
अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१०१ ——————————-
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
मिति:- २०८१/०३/१०
बुधबार बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन अनुरोध छ।
……………………………………….
प्रशिक्षक:-
……………
सोमनाथ लुइटेल
गुणनिधि घिमिरे
सुशीला पौडेल
………………………
भाषा शुद्धीकरण:-
———–
पुष्पा सुवेदी नेपाल
भवानी घिमिरे
जमुना आचार्य
पशपती राई
सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य
संयोजक:-
सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================
अक्षर सङ्ख्या:- [बराबरी]
अनुप्रास :- आफुखुसी
स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१
के भयाे भन्नेहरूकाे लर्काे लाग्याे।
सधैं सधैं टाेकसाेले झर्काे लाग्याे।
कुनै पल खुशी कुनै पल दुख,
सिउँदाेमा सिन्दुरको धर्काे लाग्याे।
अब याे जिन्दगी पनि अर्काे लाग्याे।
सुशीला पाैडेल
पञ्चाङ्ग:०२
अन्धकारमा जीउन सजिलो कहाँ जताततै ठोकिदै जान्छ।
आधार खोजेर हिड्दा समेटिन गाह्रो जिब्रो टोकिदै जान्छ।
सम्हाल आफुलाई लापरबाहीले काम बिग्रन सक्छ हेर,
जीवनको परिभाषा नबुझी कचकच गर्दा रोकिदै जान्छ।
अलमल नगरी अगाडि बढे कहानी आफैं बोकिदै जान्छ।
अम्बिका अधिकार
झापम बिर्तामोड
पञ्चाङ्ग:०३
फूललाई पातले बनायो ।
दिनलाई रातले बनायो ।
मानिस हुदैँन उसै ठुलो ,
राम्रो साेच बातले बनायो ।
कर्मवीर हातले बनायो ।
भवानी घिमिरे
सर्लाही।
पञ्चाङ्ग:०४
तातो हावा चलेर शरीर गलेको छ।
आगो जस्तै बाहिर श्री सूर्य बलेको छ।
कामै गर्न सकिंदैन के गरेर खानु,
छोराछोरी भोकै रुन्छन् मन जलेको छ।
हेर्दा हेर्दै बेहोस भै कैयौं ढलेको छ।
सरिता सेढाईं धादिङ
पञ्चाङ्ग:०५
आमा आफ्नै नाउँले चिनिएकी छु।
जन्म गाउँ ठाउँले चिनिएकी छु।
नमानु है पिर आमा कत्ति हजुरले,
आफ्नै कर्म पाँउले चिनिएकी छ।
हजुरकै छाँउले चिनिएकी छु।
सुमित्रा पोखरेल काठमाडौं
पञ्चाङ्ग:०७
असारमा घाम चर्किएर आउँछ।
वर्षायाम पानी दर्किएर आउँछ।
बराबर घामपानी भए पो राम्रो,
कोही मान्छे यहाँ झर्किएर आउँछ।
हली खाजा खाँदा सर्किएर आउँछ।
✍️
बेदु न्यौपाने 🌹🌹
पञ्चाङ्ग:०८
बर्षासँगै खेतमा झरेका खेताला,
बिहानीमा हरियै भरेका खेतला,
बर्षाले रौनक ल्याउछ जगतमा,
एकअर्काको दुःख हरेका खेताला,
धान रोपाइँ गर्न सरेका खेताला।
शोभा आचार्य गौतम
काठमाडौँ
पञ्चाङ्ग:०९
अशक्तलाई दिइ दान हिँड्नु छ।
सबैलाई दिएर मान हिँड्नु छ।
भन्नेले जे भनुन् फरक पर्दैन,
नेपालीको गाएर गान हिँड्नु छ।
देखाएर नेपाली शान हिँड्नु छ।
ह्यारिस
पञ्चाङ्ग:१०
समय परिवर्तन हुँदै आएको बेलामा
कसले साथ दिन्छ अप्ठ्यारो छाएको बेलामा
जस्तोसुकै परिस्थिति आफैँले भोग्नु पर्नेछ
औडाहा लाग्छ एकान्तै गीत गाएको बेलामा
अन्यथाले मन कता कता लाएको बेलामा ।
✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹
पञ्चाङ्ग:११
रहस्यमय हत्याकाण्डका खाेल्नेछन् राज ती।
निर्धक्क भएका अपराधी बाेल्नेछन् राज ती।
आशा भराेसा ठूलो न्याय पाउन् ती पीडितले,
प्रहरी प्रशासन चुस्त भै छाेल्नेछन् राज ती।
जनता सुशासनमा रही पाेल्नेछन् राज ती
राजेश भण्डारी
गुल्मी
पञ्चाङ्ग:१२
प्रचण्ड गर्मीले जीउ गलेकोछ
धरामा बिजन बिउ गलेकोछ
यो पर्यावरणीय बिषमताले
पुस महिनामै घिउ गलेकोछ
माघमा नलाग्दै हिउँ गलेकोछ!
कमला देवकोटा, पाल्पा
पञ्चाङ्ग:१३
सेवा बिना मातापिताको लाग्ला सराप यहाँ।
जीवनमा हाम्रो पर्नेछ जहिले ताप यहाँ
माता पिता जस्तै कोही छैनन् दयालु जगमा
चित्त दुखे बेकार गर्नु छ करकाप यहाँ
पितृको श्राप परेमा छैन फलिफाप यहाँ ।
कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी