कुवेतमा भवनमा आगलागी हुँदा ४० जनाको मृत्यु, मर्नेमध्ये अधिकांश भारतीय नागरिक

  • ३१ जेष्ठ २०८१, बिहीबार ०२:३४ मा प्रकाशित
  • अहिलेसम्म ४० जनाको मृत्यु भएको पुष्टि भएको र यीमध्ये अधिकांश भारतीय नागरिक रहेको भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बीबीसीलाई भनेका छन् ।

    कुवेतका लागि भारतीय राजदूतले अस्पताल पुगेर घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । यस घटनामा अरू करिब ५० जना घाइते भएका छन् । 

    कुवेतको मङ्गाफ क्षेत्रमा रहेको ६ तले भवनको भान्छाबाट आगलागी भएको अधिकारीहरूले बताएका छन् । त्यतिबेला भवनमा १६० जना कामदार थिए । सबै कर्मचारी एउटै कम्पनीमा काम गर्थे । कुवेतका आन्तरिक मन्त्री फहद युसेफ अल सबाहले घटनास्थलको भ्रमण गरेका थिए । 

    Leave a Reply