
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १५७ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ८० जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको तस्बिर:

साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १५७ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू-
[१]
प्रेम
अटुट बन्धन
त्याग अनि समर्पण !
- वसन्त अनुभव
[२]
सुन्दर
प्रेमिल जाेडी
घुम्छन् साथ नछाेडी ! - ताराप्रसाद चापागाईँ, धुनिबसी
[३]
प्रेमिल
सुन्दर जोडी
हिँड्छन् बाटो नमोडी ! - बेदु न्यौपाने
[४]
जोडी
प्रेम गोडी
हिँड्छन् साथ नछोडी ! - अच्युत घिमिरे, सर्पाङ, भुटान
[५]
प्रेमिल
सपना साकार
सुन्दर जोडिको आकार ! - अम्बिका अधिकारी
झापा, बिर्तामोड
[६]
आकार
प्रेमको अंश
हुन्छ थोरै साकार ! - शिव कुमार रेग्मी
पोखराथोक, पाल्पा
[७]
प्रेमालाप
घृणाको खिलाफ
दुई आत्माको मिलाप ! - गोपेन्द्र रिजाल, पाँचथर
[८]
सृष्टि
नगर्नु वक्रदृष्टि
मायाले सिर्जिएको संसार ! - गुणनिधि घिमिरे, अमेरिका
[९]
मिलन
प्रेमिल पात्र
केवल स्वर्गानुभूति मात्र ! - पृथक प्रकृति
[१०]
मिठो
मिलनको महानता
जीवनको साँचो गहनथा ! - नन्दलाल आचार्य अक्षान्त
एनेलकुटी, सिरहा
[११]
प्रेम
सबैको भित्र
रमाउँने स्रोत मित्र ! - सुरेशकुमार पाण्डे
दाङ, घोराही-१८
[१२]
सम्बन्ध
जीवनको आघार
पवित्र आत्मको मिलन ! - इन्दिरा देवकोटा, कपिलवस्तु
[१३]
प्रेम
रहोस् यस्तो
नहोस् कसैलाई सस्तो ! - सरिता सेढाई, धादिङ
[१४]
प्रेम
सधैं साथ
हुँदैन कहिल्यै विश्वासघात ! - धनमाया चौधरी, कैलाली
[१५]
मिलन
मायाको बन्धन
छुट्दैन मिलेपछि तनमन ! - अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा -६, संखुवासभा
[१६]
माया
पवित्रतामा पोषक
स्वार्थी भए शोषक ! - ऋजु दिल्पाली
ईटहरी-१, सुनसरी
[१७]
डाँफे
राष्ट्रिय चरा
आफैमा सुन्दर धरा ! - आर्त अकुलीन
[१९]
माया
अटुट बन्धन
डाँफेकाे पनि सम्बन्ध ! - श्रीकृष्ण धामी, बझाङ
[२०]
प्रेम
अदृष्य शक्ति
संसार जित्न सक्ने ! - बालकृष्ण खनाल, टीकापुर
[२१]
प्रेम
शब्द पवित्र
संसार भुलाउने विचित्र ! - संगीता खरेल, काठमाडौं
[२२]
सपना
हुन्छ साकार
जोडी सुन्दर भएपछि ! - अनिता भण्डारी, ताप्लेजुङ
[२३]
आँखा
जुधेमा माया
जिन्दगी घाम छाया ! - कार्की डिबी माकुम
[२४]
प्रेम
जीवनको पूर्वाधार
सुखको मजबुत आधार !
- तोया नाथ चापागाईं
दमक, झापा
[२५]
प्रेम
अपूर्व बन्धन
जन्म जन्मान्तरको साथ ! - समुन्द्रा शर्मा, सुनसरी
[२६]
प्रेम
अदृश्य बन्धन
संसारी सृष्टिको विधान ! - विवश पारदर्शी, झापा
[२७]
संसार
प्रेमको बन्धन
सबै प्राणीमा समान ! - तोयानाथ सुबेदी
[२८]
वार्तालाप
प्रेमिल पक्षी
गर्दैनन् कहिल्यै अल्छी ! - पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’
पनौती न.पा.-३, काभ्रे
[२९]
डाँफे
सुन्दर दम्पती
हामी सबैको सम्पत्ति ! - रमा पन्त, पाल्पा
[३०]
प्रेमालाप
राष्ट्रिय चरी
प्रसिद्ध दिनानुदिन संसारभरि ! - वासुदेव ज्ञवाली
पाल्पा, तानसेन-१, ध्रुवघाट
[३१]
सम्बन्ध
जीवनको आधार
नछुटोस् प्रेमिल चमत्कार ! - एवाइ प्रभात
सहिदभूमि, धनकुटा
[३२]
प्रेम
नदेखिने स्वर्ग
प्राप्ति हुन्छ मृत्युमा ! - ध्रुव श्रेष्ठ
खोटाङ, हाल: काठमाडौँ
[३३]
जिन्दगी
आरोह अवरोह
घुम्ती मोडमा जोखिम ! - घनश्याम पन्त
हरिवन, सर्लाही
[३४]
डाँफे
नौ रङ्ग
पहिचान छ ऊसँग ! - भवानी घिमिरे, सर्लाही
[३५]
डाँफे
हिमाली माया
आहा नौरङ्गी छाया ! - चक्र शाही
लम्की, कैलाली
[३६]
जोडी
मायाको बन्धन
परस्पर संयमित आधार ! - प्रेम थापा ‘मन’, बागलुङ
[३७]
प्रकृति
प्रेमको आकृति
हेर्छ मानिसको दृष्टि ! - सविता के.सी.
[३८]
प्रेम
मनबाट भए
जीवन सफल हुने ! - साबित्री प्याकुरेल, धादिङ्ग
[३९]
डाँफे
संरक्षणको खोजीमा
राष्ट्रिय निकुञ्ज झोलीमा ! - अगस्टीन राई
कागे मरिया, भारत
[४०]
प्रभातम्
सम्पूर्ण स्रष्टाहरू
लेख्ने प्रेमिल उदक ! - प्रद्युम्न चालुसे
[४१]
सौन्दर्य
अनुपम प्रेम
जीवन जिउने आधार ! - नागेन्द्रप्रसाद यादव
[४२]
खोजी
आत्मीय बन्धन
उसको अटुट माया ! - हिमाल अम्मै
घोडाघोडी, कैलाली
[४३]
प्रेम
जीवन समर्पण
एकले अर्कोलाई समर्थन ! - विके माकजू, भक्तपुर
[४४]
डाँफे
राष्ट्रिय चिनारी
स्वच्छन्द प्रेमील जोडी ! - कमला देवकोटा, पाल्पा
[४५]
चरी
हेरेर मनभरि
हुन्छन् मायामा सन्तुष्ट ! - नारायण प्रसाद अम्मै
घोडाघोडी -१, सुखड, कैलाली
[४६]
माया
प्रेमिल सम्बन्ध
शितल शितल छायामा ! - डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा. पा.-६, दोलखा
[४७]
कुरा
प्रेमपूर्ण होस्
माया नहुन् अधुरा ! - दीपा समभाव, खोटाङ्ग
[४८]
आत्मिक
प्रेमको सर्वोच्चता
आदर्श जीवनको विशेषता ! - केन्द्रप्रकाश बराल, इलाम
[४९]
मायामा
जीवन छायामा
नपरोस् कहिल्यै कायामा ! - रामप्रसाद पुरी, बादेल, खाेटाङ
[५०]
जोडी
बसुन् यसरी
कहिल्यै साथ नछोडी ! - घनश्याम पौडेल, पोखरा
[५१]
प्रेम
मनबाटको माया
सधैँ एकअर्काको छाया ! - सुरेश न्यौपाने
[५२]
ममता
दुवैको आपसमा
सुन्दर संसार निर्माण ! - डुकछिरिङ लेपचा
मिरिक, भारत
[५३]
डाँफे
राष्ट्रिय पक्षी
फैलाउँछ मायाको सन्देश ! - पशपती राई, खोटाङ
[५४]
गहन
चिन्तनकाे खेल
आत्मिक प्रेमिल मेल ! - राेशन पराजुली, धरान
[५५]
प्रेम
जीवन सार्थक
हुँदैन कहिल्यै बाधक । - सरस्वती वली
[५६]
डाँफे
सुन्दर पन्छी
आत्मिक बन्धनमा विलिन ! - राजाराम रत्गैंया, अमौरा, कैलाली
[५७]
जोडी
प्रेममा मग्न
छैन कतै बन्धन ! - धर्मी शाक्य
बुटवल, रुपन्देही
[५८]
आधुनिकता
प्रेमको व्यापार
फल्ने फुल्ने गजबले ! - राम न्यौपाने
[५९]
प्रेम
आत्मीय सम्बन्ध
बनाउनु सधैँ प्रगाढ ! - राज कुमार राजभण्डारी खाेटाङ्ग
मध्यपुर ठिमी-५, राधे राधे, भक्तपुर
[६०]
प्रेम
बाचा कसम
भर नपरेकै राम्रो ! - जुमन किरण
महालक्ष्मी-९, ललितपुर
[६१]
प्रेम
दुई मुटुको
नलागोस् नजर कसैको ! - कल्पना पहाडी, सिन्धुली
[६२]
प्रेम
पूजा जीवनको
साँचो फल मानवको ! - लक्ष्मी रिजाल
कञ्चनरूप-१२, रूपनगर, सप्तरी
[६३]
प्रेमिको
सफलता शीतल
गरेर सधैँ घुलमिल ! - भगवती दवाडी
[६४]
प्रेम
सजीव जतिमा
जीवन जीउने आधार ! - सुस्मिता अधिकारी, काठमाडौँ
[६५]
डाँफे
देशको गहना हिम्ताम्य राष्ट्रको सुन्दरता ! – – चेतराज जैशी, कैलाली
[६६]
डाँफे
राष्ट्रिय पक्षी
नमार हानेर बल्छी ! - मङ्गला उपाध्याय
[६७]
माया
फलामको जञ्जिर
चुँडालेर हिड्न नसकिने ! - घनश्याम पन्त
हरिवन, सर्लाही
[६८]
सम्बन्ध
अत्मिय मिलन
नहोस् दुःख क्रन्दन ! - शारदा गौतम आचार्य, ललितपुर
[६९]
अनुराग
युगल जाेडीकाे
शाश्वत पवित्र सम्बन्ध ! - सुधा बाँस्कोटा ढकाल
[७०]
प्रेम
अदृश्य शक्ति
प्राप्तिमा मुहारमा कान्ति ! - रुना कर्माचार्य दाहाल
चितवन
[७१]
प्रेम
प्रकृतिको दान
गराैँ राम्रो पहिचान ! - केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
[७२]
प्रेम
अनुपम सम्बन्ध
एकापसकाे निश्वार्थ अनुराग ! - ईश्वर लामिछाने
धरान, सुनसरी
[७३]
प्रेम
झल्को मेटियो
त्यहीँ पर भेटियो ! - कला ढकाल, झापा
[७४]
प्रेम
आत्मिक भाव
दुई मुटुको मिलन ! - कविता आचार्य, कैलाली
[७५]
जीवन
समर्पण आपसमा
विश्वास संयम समानता ! - घनश्याम पौडेल
गौरीगंगा -९, कैलाली
[७६]
सम्बन्ध
नछाओस् गन्ध
सँधैभरि रहोस् आनन्द ! - लक्ष्मी स्मृति
[७७]
प्रेम
आपसी सद्भाव
सफल जिन्दगीको कथा ! - सरस्वती श्रेष्ठ, इटहरी
[७८]
जोडी
पन्छी जस्तै
मायाप्रेम पनि उस्तै ! - सोमनाथ लुइटेल ‘रवि पाल्पाली’
[७९]
प्रेम
प्रगाढ सम्बन्ध
जीवन जिउने आधार ! - उर्मिला के.शी., धनकुटा
[८०]
प्रेम
जीवन निरन्तरता
पुरुष प्रकृतिकाे मेल ! - टीकाराम जैसी, टीकापुर
~~~~


I have been surfing online more than 3 hours today yet I never found any interesting article like yours It is pretty worth enough for me In my opinion if all web owners and bloggers made good content as you did the web will be much more useful than ever before
Wonderful beat I wish to apprentice while you amend your web site how could i subscribe for a blog web site The account aided me a acceptable deal I had been a little bit acquainted of this your broadcast provided bright clear idea