ह्वात्तै बढ्यो सुनको मूल्य

  • १७ जेष्ठ २०८१, बिहीबार १०:५८ मा प्रकाशित
  • काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्यमा ह्वात्तै बढेको छ। अघिल्लो दिन प्रतितोला ६ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो ।  

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य २३ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँ कायम भएको छ ।  

    अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँ कायम थियो ।  

    त्यस्तै आज तेजावी सुनको मूल्य पनि २३ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ३८ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिन तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य ३० रुपैयाँले घट्दै प्रतितोला १ हजार ९०० रुपैयाँ कायम भएको छ ।

    Leave a Reply