
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १५६ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ७० जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको तस्बिर:

साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १५६ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू-
[१]
नेपाल
कृषिप्रधान देश
उन्नत कृषि प्रविधि !
- वसन्त अनुभव
[२]
कृषि
अनेक प्रविधि
बुझ्नै सकिन्न सितिमिति ! - ताराप्रसाद चापागाईँ, धुनिबेसी
[३]
खनजोत
साधनबिना नै
साँच्चै कि प्रलोभन ! - अच्युत घिमिरे, सर्पाङ, भुटान
[४]
जोताइ
परिवर्तन जरूरी
कृषि औजारको विकास ! - नारायण कोइराला
तानसेन, पाल्पा, हाल: कुवेत
[५]
देश
हाम्रो कृषिप्रधान
मान्छे भए महान ! - रमा पन्त, पाल्पा
[६]
कृषि
धेरै प्रविधि
महिला औजारको नीति ! - बेदु न्यौपाने
[७]
मान्छेले
मान्छे मान्छे
नारेर जोत्यो किन ? - गुणनिधि घिमिरे, अमेरिका
[८]
कृषक
लगाए जुक्ति
कृषिमा भएपछि इच्छाशक्ति ! - पृथक प्रकृति, झापा
[९]
कृषि
कर्म जगाउँदै
बालीमा दाँते लगाउँदै ! - सरिता सेढाई, धादिङ
[१०]
किसान
अति गरेका
नारीकै भर परेका ! - कला ढकाल, झापा
[११]
पछ्यौटेपन
बकवास प्रयोग
लिनु क्या सहयोग ! - नन्दलाल आचार्य
सिद्धार्थटोल, उदयपुर
[१२]
पौरख
गरेको राम्रो
मलिलो वा चाम्रो ! - सुरेश कुमार पाण्डे
[१३]
अत्याचार
महिलालाई नारेर
किन बाध्यतामा पारेर ? - संगीता खरेल,काठमाडौं
[१४]
परिस्थिति
दयनीय अवस्था
जीवनको भोगाइ पराकाष्ठा ! - अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा-६, संखुवासभा
[१५]
पृथक
साेच अनेक
मानाे राेपी मुरी ! - राेशन पराजुली, धरान
[१६]
कृषि
नयाँ प्रविधि
कृषकलाई सहज परिस्थिति ! - राज कुमार राजभण्डारी खाेटाङ्गे
मध्यपुर ठिमी-५, राधे राधे, भक्तपुर
[१७]
बर्बर
यातना महिलामाथि
पुरुषको हैकम कायमै ! - अमृत सुवेदी
रूपासात, कास्की
[१९]
कृषिमा
गरेर काम
चिनाउँ देशको नाम ! - अनिता भण्डारी, ताप्लेजुङ
[२०]
पानी
अशुद्ध भएमा
बिग्रन्छ हाम्रो जिन्दगानी ! - बाबुराम पाण्डे, अर्घाखाँची
[२१]
पोइ
जोताउँछन् जोई
नारी अधिकार खोइ ? - सविता के.सी.
[२२]
जोताइ
यस्तो पाराले
हुन्छ कहिले रोपाइँ ! - पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती-३, काभ्रे
[२३]
प्रविधिमा
संसार कहाँ
हामी जहाँको तहाँ ! - घनश्याम पौडेल, पोखरा
[२४]
कृषिमा
देशको अवस्था
हेर नाजुक प्रविधि ! - बुद्धिप्रसाद लामिछाने
घोनपा-८, कैलाली
[२५]
भलो
विडम्बना नेपालमा
महिलालाई जोताए हलो ! - डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा. पा.-६, दोलखा
[२६]
खेतबारी
भए घाँसेमैदान
छोराछोरी मुग्लान पारी ! - तेजप्रसाद खनाल, लमही, दाङ
[२७]
अनुदान
कृषककाे नाम
बजेट बिचमा झ्वाम ! - प्रद्युम्न चालिसे
भक्तपुर, कटुञ्जे
[२८]
दरिद्रता
साँघुरो मानसिकता
आवश्यक सोचमा व्यापकता ! - आर्त अकुलीन
[२९]
खेल
हेर केटाकेटीको
यसरी खेत जोतियो ! - बालकृष्ण खनाल, टीकापुर
[३०]
देश
गर्नुपर्छ सङ्घर्ष
बनाई अनेक भेष ! - सरस्वती वली
[३१]
कृषि
देशको खाँचो
उब्जाउ भूमि बाँझो ! - सुस्मिता अधिकारी, काठमाडौँ
[३३]
नेपाल
कृषिप्रधान देश
युवा पलायन विदेश ! - मङ्गला उपाध्याय
[३४]
नेपाल
कृषि क्रान्ति
नारामा मात्रै सिमित ! - देवकी केसी
[३४]
उपयुक्त
कृषि रणनीति
नभएसम्म्म हुँदैन समृद्धि ! - केन्द्रप्रकाश बराल, इलाम
[३५]
प्रविधि
कतै उच्च
कतै असाध्यै निच ! - विके माकजू , भक्तपुर
[३७]
किसान
महिलाको मान
भयो गोरु समान ! - ज्ञानबहादुर क्षत्री
सन्धिखर्क -२, अर्घाखाँची
[३८]
महिला
चुल्हो चौकोमा
जाँतो ढिकी कृषि ! - कमला देवकोटा, पाल्पा
[३९]
कृषिमा
महिला जाेतेर
घरको भित्र पाेतेर ! - कृष्ण धामी, बझाङ
[४०]
कृषि
उन्नत प्रविधि
कृषिप्रधान देशको दुर्गति ! - विवश पारदर्शी, झापा
[४१]
कृषि
समय छोप्दै
तत्काल गर्नुपर्ने बाध्यता ! - घनश्याम पौडेल
गौरीगंगा नपा -९, कैलाली
[४२]
कृषिप्रधान
पाउँदैनन् अनुदान
भाषणमा उदारवादी उद्घोष ! - घनश्याम पन्त, हरिवन, सर्लाही
[४३]
कृषि
नेपाली पेशा
सरकारी लगानी अव्यवहारिक ! - तोया नाथ चापागाईं
दमक, झापा
[४४]
भनाइ
कृषिप्रधान देश
मान्छेले मान्छेलाई जोत्ने ! - पशपती राई, खोटाङ ।
[४५]
कृषि
सीपमूलक गतिविधि
सहायक हुन्छ प्रविधि ! - केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
[४६]
नेपाल
विदेशिएको देश
बुढाबूढी जोती बस ! - धनमाया चौधरी, कैलाली
[४७]
गाँउमा
छैनन् लाठे
यो बाँझो फोर्नलाई ! - ध्रुव श्रेष्ठ
खोटाङ हाल: काठमाडौ
[४८]
प्रविधि
परिमार्जन गर्दैछन्
कृषक दिनरात मर्दैछन् ! - होमप्रसाद नेउपाने
धरान, सुनसरी
[४९]
आत्मनिर्भर
प्राचिन प्रविधि
मानव आफैँ तत्पर ! - प्रभादेवी पौडेल, चितवन
[५०]
प्रविधि
सरल साधन
हराए हल गोरु ! - नागेन्द्रप्रसाद यादव, दाङ
[५१]
नारी
शक्तिशाली कति
हुन्छ सबैको भक्ति ! - शोभा आचार्य गौतम
काठमाडौँ
[५२]
फोटो
कर्म खोटो
कृषि क्रान्तिको भोटो ! - गोपेन्द्र रिजाल, पाँचथर
[५३]
किसान
दुःख गरेका
जोतेर अन्न छरेका ! - अम्बिका अधिकारी
[५४]
कृषिकर्म
हेर औजारविहिन
दर्दमा नारी हुन्छिन् ! - भगवती दवाडी
[५५]
किसान
बाध्यता गर्नैपर्ने
वास्तवमा प्रविधिको अभाव ! - सुरेश न्यौपाने
[५६]
भाेगाए
मान्छेलाई जाेताए
नेपालमा राजनीतिज्ञ भाेकाए ! - रामप्रसाद पुरी, बादेल, खाेटाङ
[५७]
युवा
विदेशी सहर
जोत्नु बुढ्यौलीको कर ! - चक्र शाही, लम्की, कैलाली
[५८]
कृषिप्रधान
देशको नारा
खेतीमा नारीको सहारा ! - दुर्गा आचार्य, मोरङ
[५९]
नेपाल
पितृसतात्मक सोच
अधिकार नारामा सिमित ! - दीपा समभाव, खोटाङ्ग
[६०]
किसान
बाध्यता अनेक
अत्यन्तै सास्ती उदेक ! - प्रेम थापा ‘मन’, बागलुङ
[६१]
किसान
अप्रविधि सिकाइ
बाध्यता कर्मथलोमा होमिदै ! – चेतराज जैशी, कैलाली
[६२]
देश
परिवर्तन कृषि
कोदो रोप्दा वेश ! - एवाइ प्रभात
[६३]
नारी
सहँदै भोग्दै
आखिर नीति कहिलेसम्म ? - समुन्द्रा शर्मा, सुनसरी
[६४]
कृषि
प्रविधि छैन
किसानको हराएको चैन ! - रुना कर्माचार्य दाहाल, चितवन
[६५]
कृषि
अपरिहार्य पेसा
जुनसुकै प्रविधिमा बाध्यता ! - सरस्वती श्रेष्ठ, रुपन्देही, बुटवल
[६६]
किसान
खेत जोत्ने
परिश्रम माटोमा पोख्ने ! - सरिता काफ्ले
कोहलपुर-८, पिपरी, बाँके
[६७]
लोकतन्त्र
देखिँदै झुटतन्त्र
भोगिँदै निरन्तर लुटतन्त्र ! - ऋजु दिल्पाली
ईटहरी-१, सुनसरी
[६८]
नेपाल
कृषिप्रधान देश
कृषिमै आधारित भेष ! - दुर्गा भट्टराई, मोरङ
[६९]
कृषि
सुन्दर कर्म
माटोको पूजा धर्म ! - कविता आचार्य, कैलाली
[७०]
परिश्रम
गरिब किसानको
खाेजी दुई गाँसकाे ! - टीकाराम जाेशी, टीकापुर
~~~~