
झिल्का लेखन अभियानको १२औँ शृङ्खला (परिवार विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।
झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलामाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ८१ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ ।
सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
—————<•>—————

[१]
१//
हुँदैन कदापि हार
एकजुट हुन्छन् जहाँ
समस्या पर्दा परिवार !
२//
सुन्दर सामाजिक चित्र
स्वर्गकै आनन्द अनुभूति
मिल्छ सफल परिवारभित्र !
३//
खुसी समृद्धिको राज
असल परिवार मिली
बन्छ आदर्श समाज !
✍️
वसन्त अनुभव
—————<•>—————
[२]
१//
हाम्रो पनि बाटो
कहिलेकाहीँ हो मिल्ने
परिवार छैन लाटो !
२//
दुःखमा साथ दिने
एकदिन त आयो
नबन है लिने !
✍️
नीमा छिरिङ भोटिया
जलढका कालेबुङ
—————<•>—————
[३]
१//
जसले सिकाउछ संस्कार
मजबुत हुन्छ साच्चै
उसैको सुन्दर परिवार !
२//
स्वर्गजस्तो सुन्दर चित्र
खोज्नुपर्दैन अन्त कतै
बनाए परिवारलाई मित्र !
३.
पर्दैन धनले भर्न
असल बाटो बनाऊँ
सन्तानको विकास गर्न !
✍️
शंकर कार्की,मकवानपुर।
—————<•>—————
[४]
१//
सधैँ नै जुट्नुपर्छ
घर परिवार सिँगार्नलाई
फुटले हानी गर्छ ।
✍️
ताराप्रसाद चापागाईँ
धुनिबेसी
—————<•>—————
[५]
१//
थामिरहेछु पीडा भारको
दुःखले कहिल्यै छोडेन
खोज्दा खुसी परिवारको !
२//
घुम्दैछु म सेरोफेरो
थकित हुन्छ शरीर
हर्षित परिवार मेरो !
३//
बाध्यता परदेश जान
पसिना रोपेर बालुवामा
पाल्नुछ सारा जहान !
✍️
भुपेन्द्र राना मगर
धादिङ
—————<•>—————
[६]
१//
असल पारिवारिक घर
बन्छ सुन्दर फूलबारी
हुँदैन कसैलाई डर !
२//
एकतामा हुन्छ तागत
मजबुत हुन्छ मान्छे
यस्तो परिवारलाई स्वागत !
३//
सबैको मुहार चमकदार
आपसी हर्ष सद्भावको
सबै हुनुपर्छ लचकदार !
४//
स्वर्ग भनेको सम्बन्ध
जहाँ हुन्छ मिलेमतो
बन्छ जीवनको प्रबन्ध !
✍️
घनश्याम पन्त
हरिवन सर्लाही
—————<•>—————
[७]
१//
परिवार हाँसे घमाइलो
हाँसुन् परिवार सबै
जिन्दगीभर हुन्छ रमाइलो !
२//
परिवारमा तिमीले जानीजानी
स्वार्थ लुट्न खोज्यौ
परिवारको पेटमा हानी !
३//
परिवारलाई आँसुको तालमा
खाना खाँदै तिमीले
थुक्दियौ त्यहीँ थालमा !
✍️
चुडामणी देबकोटा
चनपा१३काठमाण्डौ
—————<•>—————
[८]
१//
खुसी आनन्दको खानी
परिवार हुनाले साथमा
नितान्त सौम्य जिन्दगानी !
२//
जीवनको मेरुदण्ड परिवार
उतारचढाव हुँदा पनि
हुँदैन कहिल्यै निस्सार !
३//
जिजीविषा हुन्छ सगरमाथा
सुखशान्तिको मिठो आभास
कालजयी परिवारको गाथा !
✍️
पृथक प्रकृति ,झापा
—————<•>—————
[९]
१//
थलो मानव सृष्टिको
समाजको पहिलो रूप
परिवार सद्भाव वृष्टिको !
२//
परिवार पहिलो पाठशाला
सत्मार्ग देखाउने थलो
प्रेमको अटुट माला !
३//
भलो कुभलो भेद
यहीँ जानेर गए
पर्दैन दुर्जनको छेद !
✍️
मनोहरी पौडेल
गैडाकोट १
—————<•>—————
[१०]
१//
सनातनी सभ्यता संस्कार
वैरभाव हामी जान्दैनौँ
विश्व हाम्रो परिवार !
२//
परिवार पवित्र बन्धन
अभिभावक शिरको टोपी
ललाटमाथि सेतो चन्दन !
✍️
बिके मुखिया
दार्जीलिङ,भारत।
—————<•>—————
[११]
१//
जिन्दगी काट्न परिवार
एकजुट बन्नुपर्छ सधैँभरि
बढ्दै जानेछ अधिकार !
२//
एकताले काम गरेर
सम्पत्ति जोड्न सकिने
अन्नको भकारी भरेर !
३//
परिवारमा बल हुन्छ
खेतबारीमा मिलेर गर्दा
उन्नतिले शिखर छुन्छ !
✍️
भगवती दवाडी , दमक,झापा
—————<•>—————
[१२]
१//
सानो परिवार वेश
सुखशान्ति भरिभराउ आहा !
जिन्दगीमा लाग्दैन ठेस !
२//
घरका मूल खाँबा
हुरी बतास थाम्ने
ईश्वर हुन् बाबा !
✍️
राजनारायण राई
राजदल बस्ती सोनादह
—————<•>—————
[१३]
१//
हुँदैन हार मानेर
हुन्छन् आपतमा सहभागी
परिवार आफैँ जानेर !
२//
परिवारको खुसीका लागि
पुकार गरेको हुँ
ढुङ्गा ढोगेर मागी !
३//
परिवारको खुसी लिन
तयार हुनुहोस् सधैँ
परे ज्यान दिन !
✍️
ललिता गिरी, सिन्धुली
—————<•>—————
[१४]
१//
ममताको अनेक हतियार
मेलमिलापको एक उत्प्रेरणाले
बलियो बनाउँछ परिवार !
✍️
प्रेम थापा “मन”बागलुङ
—————<•>—————
[१५]
१//
हाम्रो साहित्यिक सफर
हरेक परिवार पनि
हुन्छ आत्मियताको रहर !
२//
देशलाई मातृत्व सम्झिएँ
नागरिक परिवार एउटै
सधैँ पसिना पिएँ !
३//
जता बसुन् सन्तान
देशलाई जोगाउँ मिली
दिेएर सबैले योगदान !
✍️
सुरेशकुमार पाण्डे
दाङ घोराही १८
—————<•>—————
[१६]
१//
सधैँ परदेशी भएर
कहिले साथ रहुँला
परिवारसँग भेट भएर !
२//
जीवनमा परेमा भार
सधैँ खुसी राख्नेछु
अब मेरो परिवार !
३//
कहिले होला पाइने
हामी परदेशीलाई आस
परिवारको माया चाहिने !
✍️
लक्ष्मण देउवा
डोटी
—————<•>—————
[१७]
१//
एकआपसमा मेलमिलाप हाम्रो
सद्भाव प्रेममा रहेर
परिवार मिलेको राम्रो !
२//
दुःखसुख एकअर्कोमा बाँडेर
जानुपर्छ मिलेर अगाडि
परिवार भावना साटेर !
✍️
शोभा आचार्य गौतम
काठमाडौँ
—————<•>—————
[१८]
१//
सम्पुर्णमा धेरै माया
साथ सहयोग दिएर
हुनु सधैँ दायाँबायाँ !
२//
लालीगुराँस छ फुलेको
पहाडको भिरालो पाखामा
मेरो मन भुलेको !
३//
रहर हैन बाध्यता
प्रमाणपत्र बिक्ने ठाउँ
भन्नुस् छ कता ?
✍️
अनिता कार्की
कुम्मायक गाउँपालिका ५ पाँचथर
—————<•>—————
[१९]
१//
समाजमा रित बस्यो
परिवारकै निम्ति आखिर
युवा परदेश पस्यो !
✍️
बि.कुलुङ
दार्जिलिङ
—————<•>—————
[२०]
१//
परिवारको त्यो छत्रछाया
शितल छहारी बनाेस्
माैलाओस् एकाअर्काको माया !
२//
बनाेस् सपरिवार असल
बाेध हाेस् जिम्मेवारी
सप्रियाेस् माैसमी फसल !
३//
कर्तव्यकाे हेक्का राखाैंँ
तिताेपिराे कतै नपारी
पारिवारिक स्वाद चाखाैँ !
✍️
त्रिलाेचन भण्डारी
मेचीनगर,झापा
—————<•>—————
[२१]
१//
घर पहिलो पाठशाला
परिवारको लागि स्वर्ग
नहोस् है बधशाला !
२//
आपसी हाम्रो जुटमा
समस्या सहजै टर्छ
नपरे कहिल्यै फुटमा !
✍️
सरस्वती श्रेष्ठ
इटहरी
—————<•>—————
[२२]
१//
हुँदैछ परिवार खण्डित
विदेश पलायन भई
हुँदैन कोही दण्डित !
✍️
नागेन्द्रप्रसाद यादव
—————<•>—————
[२३]
१//
मिलेर बसे परिवार
आउँदैन समस्या कहिल्यै
मिलेको हुन्छ घरबार !
२//
पर्दा साथ दिनु
परिवार सबैकाे कर्तव्य
पक्ष राम्रो लिनु !
३//
शान्ति छाउँछ त्यहाँ
झगडारहित परिवार हेर
बसेकाे हुन्छ जहाँ !
✍️
रबि पाैडेल
दक्षिण भारत पाण्डेचरि
—————<•>—————
[२४]
१//
स्वर्गझैँ हुन्छ घर
हुन्छ जुन परिवारमा
एकअर्काको पूर्ण भर !
✍️
अरुण कुमार भुजेल
गोरू बथान,कालिम्पोङ,भारत।
—————<•>—————
[२५]
१//
दु:खसुखको यही सार
गर्नु काम बाँडीचुँडी
अगाडि बढ्छ परिवार !
२//
परिवार सजिलै चल्छ
सीप अनुसारको कामले
भाग्यमा अमृत फल्छ !
✍️
होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
—————<•>—————
[२६]
१//
जुटेर भिडियो मेलको
भित्रिन्छ शान्ति भएर
सहयोग हुँदैछ खेलको !
२//
परिवार देवको भवन
मन्दिर बन्छ आपसमा
सुखको चौतारो सज्जन
३//
आपसी मेलको खेलाडी
परिवार जन भएर
नगर कहिल्यै खेलाँची !
✍️
अम्बिका अधिकारी
झापा बिर्तामोड
—————<•>—————
[२७]
१//
घर अनि परिवार
राख्नसक्नुपर्छ हेर मिलाई
बनी हामी इमानदार !
✍️
बाबुराम पाण्डे
अर्घाखाँची
—————<•>—————
[२८]
१//
हुँदा सुखी परिवार
झुपडीमा रहे तापनि
सदा मिल्छ बहार !
२//
सुख, शान्ति, समृद्धि
परिवार मिलेर बस्दा
हुन्छ झन् अभिवृद्धि !
✍️
कृष्णकुमार वैद्य
बनेपा ९, काभ्रे
—————<•>—————
[२९]
१//
आत्मीय सुरक्षा धार
सुन्दर बन्छ जीवन
भएमा खुसी परिवार !
२//
भेटिन्छ समस्याको हल
एकअर्काको दुःखमा मिले
मिल्छ परिवारबाट बल !
३//
असल परिवारको खाँचो
सुन्दर समाज बन्न
संस्कार जगत साँचो !
✍️
सुस्मिता अधिकारी
काठमाडौँ
—————<•>—————
[३०]
१//
सफल जीवनको सार
शान्ति प्राप्तिको लागि
मिलेको घर परिवार !
२//
एक सुन्दर हार
जस्तै त हो
एक विवेकशील परिवार !
३//
परिवार हो पहिचान
देशले दिन्छ व्यक्तिलाई
इज्जत मान सम्मान !
✍️
दीपा समभाव
दुबेकोल खोटाङ्ग
—————<•>—————
[३१]
१//
जीवन सुखी बनाउन
आफ्नै घर परिवारलाई
सक्नुपर्छ सहजै मनाउन !
२//
परिवार नै सर्वशक्ति
जीवनोत्सर्गमा पुर्याउन हेर
अरूको नगर्नू भक्ति !
३//
चाहिँदैन अरूको सार
परिवार मिलेर बसे
हुँदैन कहिल्यै हार !
✍️
राज कुमार राजभण्डारी खाेटाङ्गे
मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
—————<•>—————
[३२]
१//
एकाघरमा भएका परिवार
सबै मिलेर बस्दा
सुन्दर बन्छ घरबार !
२//
हुन्छ त्यहाँ हार
एकार्कामा झैँझगडा गरी
मिलेर नबसे परिवार !
३//
गर्नुपर्छ एकार्कामा सल्लाह
छरछिमेकले भनुन् त्यसलाई
कस्तो चलेको वाह !
४//
घरका कुरा नगरौँ
अगुल्टो नठोसी बल्दैन
भन्ने दिमागमा भरौँ !
५//
परिवार बनाऔँ सुन्दर
सिकुन् अरूले पनि
राम्रो बनोस् घर !
✍️
अर्जुन प्रसाद चौलागाई
रामेछापः-सुनापति-१
हालः-अमेरिका,बोस्टन।
—————<•>—————
[३३]
१//
परिवारसँगै भई साथमा
बसौँ सबै मिलेर
सुख फुल्छ हातमा !
२//
धेरै कुरा बुझौँला
एकै घरमा बसेर
बाबा, आमा पुजौँला !
३//
कसैको पिर हुँदैन
भात एकै भाँडाको
खाए कोही रुँदैन !
✍️
सञ्जना शर्मा
—————<•>—————
[३४]
१//
मानौँ सबैलाई परिवार
जोडेर प्रीतिको नाता
हुनेछ सुनौलो संसार !
✍️
कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी
—————<•>—————
[३५]
१//
बेरोजगारीको झोला बोकेर
परदेश हिडेको थिएँ
आँखाको आँसु रोकेर !
२//
बालापन फर्किँदैन रोएर
सम्झेर मात्र नहुने
आँसुले सिरानी धोएर !
३//
स्वार्थले भरिएको संसारमा
असाध्यै सोझोपन हुनाले
भएछु आज अन्धकारमा !
४//
अर्काको मायाको आशा
अत्यधिक गर्नुको परिणाम
हुँदैछ आजकल निराशा !
✍️
पुरुषोत्तम फुयाल
साकेला गाउँ पालिका-२ रतन्छा खोटाङ
—————<•>—————
[३६]
१//
सुन्दर परिवारको भित्र
शिखर चुम्छ सफलताले
कोरिन्छ एकताको चित्र !
२//
हातमा हात समाई
परिवारमा रहौँ सधैँ
एकअर्का खुसीमा रमाई !
३//
एकताको पुञ्ज तारा
मिलेर बसेको देखी
नमूना लिनु सारा !
✍️
मोती सुब्बा
दार्जिलिङ निमकी डाँडा
—————<•>—————
[३७]
१//
देशकाे माया गराैँ
शाश्वत रूपले अब
मानापाथी नै भराैँ !
२//
मनकाे दियाे बालेर
उच्च हिमाली शिरमा
सफल पाइला चालेर !
३//
राखेर शिरमा बुकी
हाँसेर दन्त लहरले
सधैँ बनाैँ सुखी !
✍️
श्रीबहादुर केसी शैलुङ्गे
भक्तपुर
—————<•>—————
[३८]
१//
सुखदुःखको मूल सार
सबै एकजुट हुनुपर्छ
सधैँ आफ्नो घरपरिवार !
२//
मिलेर काम गर्नुछ
परिवार जुटौँ एकतामा
एकदिन अवश्य मर्नुछ !
३//
ईश्वर जप्नु मनमा
बोलीमा नहोस् असत्य
लोभ नगर धनमा !
✍️
बेदु न्यौपाने
—————<•>—————
[३९]
१//
मन मिलेको घरमा
आनन्दले बस्छन् जहान
एकअर्काको स्निग्ध भरमा !
२//
बल्दैन खुसीको दियो
अन्योलमा पर्छ परिवार
धरमरिए घरको मियो !
३//
सम्हालौँ थुतुने हतियार
चिरस्थायी राख्ने भए
शान्त सौम्य परिवार !
✍️
बाबुराम गौतम, गुल्मी
—————<•>—————
[४०]
१//
एउटै संस्कृति संस्कार
बसाइँ एउटै घरमा
त्यसलाई भन्छन् परिवार !
२//
झिल्का लेखौँ बारम्बार
समूहका हामी सबै
एउटै घरका परिवार !
३//
छरछिमेकमा गर्नुपर्छ हारगुहार
बाआमा छोराछोरी नातिनातीनी
हुन्छन् घरमा परिवार !
४//
हवल्दार सिपाही चौकिदार
ढुक्कले मिलेर बसौँला
रमाइलो हुन्छ परिवार !
५//
चासो गर्दैन सरकार
विकसित पारौँ गाउँलाई
मिलेर सबै परिवार !
६//
ज्ञानको सन्देश छरौँला
झिल्का समूह परिवार
मिलेर प्रगति गरौँला !
७//
लगिदेऊ सन्देश समाचार
सम्पूर्ण नागरिक विश्वका
एउटा ठूलो परिवार !
८//
सुखदुःखको बेलामा जो
सहयोग गर्छ आपत्तिमा
बुझ्नु संस्कार परिवारको !
९//
अधिकृत मुखिया खरिदार
शासक शासित जनता
देशका एउटै परिवार !
✍️
गुणनिधि घिमिरे अमेरिका
झिल्का कविता परिवार
—————<•>—————
[४१]
१//
संयुक्त छ परिवार
छैन विश्वास आपसमा
झगडा परिरहन्छ तारन्तार !
२//
बुझ्दैनन् कसैले कुरा
सबै हुन्छन् जान्ने
चलाउछन् हरदम छुरा !
३//
खुसी परिवारको आधार
सबै जुटुन् कर्ममा
नहोउन् कोही बेरोजगार !
✍️
सतीश पण्डित
चुँदी तनहूँ
हाल चनपा ६ मातातीर्थ
—————<•>—————
[४२]
१//
मन मिले घरमा
खुसी हाँसो बढ्छ
परस्परको साथ भरमा
२//
मिलेर बसे परिवार
छाउँछ माहोल खुसीको
बन्दछ मिलेको घरवार !
✍️
बिकास छेत्री अञ्जान
कैजले, बिजनबारी, दार्जिलिङ।
—————<•>—————
[४३]
१//
एक्लोलाई छैन आधार
आफन्त पराइ भएपछि
लाग्दैछ महत्वपूर्ण परिवार !
२//
उजाडिएपछि आफ्नो संसार
खिन्नतासँगै मनको बगरमा
खुशीको खोज्दैछुु परिवार !
३//
समालेको सुखी परिवार
बाँचुन्जेल रहेछ दुनियाँमा
जिवनभरको जिउने आधार !
✍️
दिल ठकुरी
टिस्टाभेल्ली दार्जिलिङ
—————<•>—————
[४४]
१//
सुखी परिवार बनाउन
दुई छोराछोरी जन्माएँ
दुबै उडे कमाउन !
✍️
नन्दलाल आचार्य, उदयपुर ।
—————<•>—————
[४५]
१//
सुन्दर हुन्छ परिवार
मिलेको छ जहाँ
एकतामा राम्रो व्यवहार !
२//
त्यसै आफैँ टर्दैन
परिवारले भनेको मान्नु
कहिल्यै झुक्नु पर्दैन ।
३/
जीवनमा मिल्छ सार
असल काम गरे
परिवारमा हुँदैन भार !
✍️
अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा – ६ संखुवासभा ।
—————<•>—————
[४६]
१//
मानव सृष्टिको थलो
परिवार बचाउनुछ यहाँ
सबैको हुन्छ भलो !
२//
आमाको माया देखेर
परिवार कति मिलाएको
उसको कहानी लेखेर !
✍️
एवाइ प्रभात
सहिदभुमि धनकुटा
—————<•>—————
[४७]
१//
परिवार धान्न गाह्रो
बेरोजगारीले सहर ढाक्यो
भयो जीवन साह्रो !
२//
छहारी दिने रुख
बाँच्न सकिन्छ बाँच्न शान्तिले
परिवारमा भए सुख !
३//
दश औँला जोडेर
परिवारसँगै बसौँ मिली
नजाऊ विदेश छोडेर !
✍️
शशीश्री आचार्य
बौद्ध कुमारीगाल काठमाडौ
—————<•>—————
[४८]
१//
हिमाल पाैडिन्छ तालमा
यस्ताे सुन्दर दृश्य
देख्न पाइन्छ नेपालमा !
२//
प्राकृतिक सुन्दरता कमाल
यसलाई संरक्षण गर्दै
आफ्नाे व्यवसाय सम्हाल !
✍️
देव कृष्ण काफ्ले
पाेखरा १.कास्की
—————<•>—————
[४९]
१//
जीवनकाे मुल आधार
सृजना गराैँ सबैले
बसाउँदै सम्मुन्नत परिवार !
२//
सभ्य समाजकाे आधार
आरम्भ गर्नुपर्छ परिवारबाटै
फिजाई भवमा सुसंस्कार !
✍️
हरिगाेपाल न्हुच्छेँप्रधान
काभ्रे, बनेपा १४ साँगा बजार ।
—————<•>—————
[५०]
१//
जसले सबैको सुन्छ
आत्तिनुपर्दैन ऊ दुखमा
परिवार साथमा हुन्छ ।
✍️
अन्मोल मुस्कान
तकदाह छाउनी, दार्जिलिङ।
—————<•>—————
[५१]
१//
निरन्तर एकअर्काको सारमा
सहकार्य गर्दै गए
शान्ति हुन्छ परिवारमा !
२//
नअल्झिऔँ कुरामा मसिना
सधैँ अप्ठ्यारो जिन्दगी
हुन्छ परिवारको साथबिना !
✍️
साबित्री प्याकुरेल,धादिङ्ग।
—————<•>—————
[५२]
१//
सधैँ खुसियाली छाउँछ
मिलन भए परिवारमा
सुखशान्ति समृद्धि आउँछ !
✍️
अनिता भण्डारी ताप्लेजुङ
—————<•>—————
[५३]
१//
हुन्छ पारिवारिक सुख
सुसंस्कारले दीक्षित भए
हट्छ सबै दुख !
२//
चाहिन्न सम्पत्ति अति
पारिवार मजबुत पार्न
मियो बन्नुपर्छ दम्पती !
३//
देखासिकी हुन्छ कारण
हुन्न हाैँसिनु हतासिनु
गर्नुपर्छ सधैँ धैर्यधारण !
✍️
(इलाम हाल सूर्यविनायक २ बालकोट ,
भक्तपुर ।
—————<•>—————
[५४]
१//
हाम्रो शक्ति परिवार
सबै मिलीजुली बस्दा
कहिल्यै हुँदैन हार !
२//
एकतामा हुन्छ बल
साह्रो, गाह्रो पर्दा
समस्याको भेटिन्छ हल !
३//
परिवारमा हुनुपर्छ एकजुट
सहज हर परिस्थिति
बन्छ नपरेसम्म फुट !
✍️
रुना कर्माचार्य दाहाल
चितवन
—————<•>—————
[५५]
१//
परिवार जिवनको सार
बन्छ हामी मिलेमा
सधैँ सुखी परिवार !
२//
परिवारमा सबै जुटने
राम्रो कामकाे लागि
गर्नुपर्छ चाडै उठने !
✍️
श्रीकृष्ण धामी – बझाङ
—————<•>—————
[५६]
१//
एक भए परिवार
हेप्न सक्दैन कसैले
दर्बिलाे हुन्छ घरबार !
✍️
उर्मिला के.शी
धनकुटा
—————<•>—————
[५७]
१//
व्यक्ति पूर्ण बन्न
परिवार पहिलो खम्बा
लायक मान्छे भन्न !
२//
घर एकतामा फुल्छ
शान्ति समृद्धि छाएर
टोल समाजै खुल्छ ।
३//
मायाममता नै छाएको
स्वर्गझैँ अदभूत लाग्ने
आहा ! वरदान पाएको ।
✍️
पुष्पा राई, बादेल, खाेटाङ ।
—————<•>—————
[५८]
१//
आउँछन् अनेकौँ अड्चन
परिवार एकजुट भएमा
तोड्न सक्दैन बन्धन !
२//
दुःखमा परिवार सहारा
सजिलै समस्या टर्छ
निभाउन सकिन्छ अभिभारा !
३//
परिवारको कुरा मानी
हामीले कदम चाले
भन्छन् हुँदैन हानी !
✍️
सीमा कार्की समर्पण
मेलचोक पर्सा
काठमाडौँ
—————<•>—————
[५९]
१//
स्वर्गझैँ आहा राम्रो
सुखी र खुसी
हुन्छ परिवार हाम्रो !
✍️
दुर्गा आचार्य
मोरङ
—————<•>—————
[६०]
१//
एकतामा बाँधिएको घर
मन्दिर जस्तै बनाउने
सबैको मनमा रहर !
२//
सद्भावको हुनुपर्छ मेल
परिवार एक हुनलाई
विश्वासमा नगरेर झेल !
३//
दाजुभाइ यदि फुटेर
फाइदा उठाउँछन् बाहिरीहरू
जरो खन्न जुटेर !
✍️
संगीता खरेल
चन्द्रागिरी ८ काठमाडौँ
—————<•>—————
[६१]
१//
एक भएपछि परिवार
स्वर्ग खोज्नुपर्दैन कतै
झुपडी सुखको सार !
२//
मिल्दा आपसमा विचार
हुँदैन झगडा कहिले
पूर्ण बन्छ परिवार !
✍️
पद्मा काश्यप पाण्डे, मोरङ
—————<•>—————
[६२]
१//
परिवार हाम्रो पाठशाला
संस्कार पहिलो पढाइ
सिकौँ असल चाला !
२//
मातापिता हुनुपर्छ असल
छोराछोरीले शिखर चुम्छन्
जताततै सफलताको फसल !
३//
सबैलाई माया चाहिन्छ
बाँडेर सकिँदैन माया
जतिको तति पाइन्छ ।
✍️
पशपती राई खोटाङ।
—————<•>—————
[६३]
१//
परिवार भए सानो
साह्रै सुन्दर हुन्छ
पुर्याउन सकिन्छ मानो !
२//
शान्त सुखी परिवार
सफल उज्ज्वल भविष्यको
सुन्दर सुन्दर भावोद्गार !
३//
परिवार बस्नुपर्छ मिलेर
बनाइदिन्छ बर्बाद नमिले
बारुलो अरिङ्गालले चिलेर !
✍️
डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा. -६ , दोलखा ।
—————<•>—————
[६४]
१//
माया प्रेमको घर
सुरक्षाको हो पुण्यस्थल
जीवनको गतिलो भर !
२//
स्नेहको शितल थलो
साथ सहयोगको स्वर्ग
सबैको हुन्छ भलो !
✍️
तोया नाथ चापागाईं
दमक,झापा
—————<•>—————
[६५]
१//
सुखदुःख अनि माया
साटासाट गर्ने थलो
जीवन तापको छाया !
२//
खनजोत सम्बन्ध नाता
साउनु दाउनु हाम्रो
आमाबुबा ईश्वर जन्मदाता !
✍️ ममता पौडेल
बुढीगंगा – २ मोरङ
—————<•>—————
[६६]
१//
परिवार खुसी राख
आपसमा सद्भाव रहेको
जिन्दगीको मजा चाख !
२//
स्नेह अनि मायाममताले
ढिका पारेर परिवार
राखौँ आफ्नै क्षमताले !
✍️
सरिता सेढाई धादिङ
—————<•>—————
[६७]
१//
निभाउनु पर्छ कर्तव्य
चिनेर आफ्नो ठाँउ
सजिलै पुगिन्छ गन्तव्य !
२//
पर्खन गाह्रो रहेछ
अँध्यारो यो रातपछि
बिहानी हुने रहेछ ।
३//
गजबको हुन्छ शक्ति
तरबारभन्दा त कलमको
नगरौँ कसैको भक्ति !
✍️
समुन्द्रा शर्मा
सुनसरी
—————<•>—————
[६८]
१//
जीवनको आधार परिवार
अमृत साधारण भएपनि
भाेजनमा विभिन्न परिकार !
२//
आउँछन् गरिकन परिसार
हुन्छन् परिवार आफ्नो
पाउँछन् सेवामा परिचार !
३//
मिलेर बन्छन् परिष्कार
परिवार स्वर्ग बनेका
भूलमा माग्छन् परिहार !
✍️
रामप्रसाद पुरी
बादेल, खाेटाङ ।
—————<•>—————
[६९]
१//
परिवार नै साहारा
बालक बुढाे तङ्ग्रन्छ
पाई मीठाे आहारा !
२//
संयुक्त परिवार टुक्रिदा
लाग्छ अधाेगति अर्थ
व्यक्तिकाे मन विग्रिदा !
३//
परिवारमा कलह बढ्दा
हेप्छन सबै छिमेकी
परिवारकाे आशङ्का चढ्दा !
✍️
हिरालाल न्याैपाने
बानपा ८,काेटमाैला,सल्यान
—————<•>—————
[७०]
१//
जान्छन् युवा परदेशमा
परिवार आफ्नो पाल्नलाई
छैन रोजगार स्वदेशमा !
२//
सुखशान्ति पक्कै छाउँछ
परिवार मिलेर बसे
हर्षका दिन आउँछ ।
✍️
बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
कनकाई ४ झापा
—————<•>—————
[७१]
१//
बनाउनु पर्छ घरबार
सबै जुट्यौँ भने
सफल हुन्छ परिवार !
✍️
गंगाराम यादव
औरावनी,२ सुनसरी
—————<•>—————
[७२]
१//
समाज हाम्रो मिलेर
बढ्नुपर्छ अघि सदा
समस्या सबै चिनेर !
२//
मित्रताभन्दा त ठुलाे
केही हुँदैन अरू
घनिष्ठ प्रेमको कुलो !
३//
विकास हुन्छ तब
मिलिजुली बढे हामी
जुटेर हिडौँ अब !
✍️
ईश्वर साउद
रामाराेसन गाउपालिका ६ सुदुरपश्चिम अछाम
—————<•>—————
[७३]
१//
मान्छेमा मानवता हरायो
सबैका खुसी लुटेर
ठुल्ठुलाे स्वरमा करायाे ।
२//
सद्भावमा हाँसो खुल्दछ
सन्सार मायाकाे फूलबारी
समाजमा शान्ति झुल्दछ ।
३//
अशान्ति अज्ञानकाे मूल
संस्कार संस्कृति प्याराे
ज्ञान शान्तिकाे पुल !
✍️
प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे।
—————<•>—————
[७४]
१//
परिवार बन्दछ सुखी
आपसमा सुमधुर सम्बन्धले
टाढिएमा पार्दिन्छ दुखी !
२//
एकबाट दुई हुँदै
बन्छ बृहत् परिवार
सहृदयलाई स्नेहले छुँदै !
३//
नमुना बन्छ परिवार
विनम्रता र मर्यादाले
बन्दछ ममताको दरबार !
✍️
पारसमणि खतिवडा
इलाम सूर्योदय ३ हाल सूर्यविनायक भक्तपुर ।
—————<•>—————
[७५]
१//
रित्तो गाग्री अशुभ
भन्दै हिँड्छन् खुरुखुरु
कहिले भेटाउने कौस्तुभ !
२//
शान्तिप्रति बाधाको शमन
भनेर हुन्छ कहिले
मनले गरिरहन्छ दमन !
३//
मुहारमा मुस्कान देखेर
यो मोहनीय जीवनमा
आउँदैछु जोबन लेखेर !
✍️
अच्युत घिमिरे
सर्पाङ, भुटान 🇧🇹
—————<•>—————
[७६]
१//
नमानी कहिल्यै हार
कसेर सम्बन्धको गाँठो
बनाऔँ सुखी परिवार !
✍️
बाल कृष्ण श्रेष्ठ,सोलुखुम्बु
—————<•>—————
[७७]
१//
छाडौँ शङ्काकाे दृष्टि
रचौँ सुन्दर परिवार
हुन्छ सर्वत्र पुष्षवृष्टि !
✍️
काेपिला अधिकारी
सिरानचाेक- ७ ,गाेरखा
—————<•>—————
[७८]
१//
नगराैँ निर्णय हतारमा
मानव हामी सबैलाई
मिल्छ खुसी परिवारमा !
२//
गर्नेछन् अरूले प्रहार
यथार्थ बुझाैँ साथी
नबस्दा मिलेर परिवार !
३//
हामीले राखाैँ ज्ञान
साँच्चै यी मानवजातिको
गहना हुन्छ परिवार !
✍️
केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।
—————<•>—————
[७९]
स्वर्ग हाे घर
याे जुनीमा प्रिया
गाँसेर आत्मियतामा भर !
✍️
प्रद्युम्न चालिसे
—————<•>—————
[८०]
१//
नाममात्रको परिवार भए
आजभोलिका रगतको सम्बन्ध
सबैजना टाढिँदै गए ।
२//
हराउँदै गए जोडी
जाँदा, आउँदा मान्छे
हिँड्छन् नजर मोडी !
३//
तमासा हेर्ने परिवार
गुण बिर्सने खोज्ने
छुट्याउन खोज्दै अंसियार ।
✍️
राजेश्वरी राजोपाध्याय
ललितपुर
—————<•>—————
[८१]
१//
समयको यो तालमा
सोचेर नगरे काम
भइन्छ सधैँ बेहालमा !
✍️ दुर्गा भट्टराई
—-<••:जय झिल्का! जय साहित्य!:••>—-
Fantastic site Lots of helpful information here I am sending it to some friends ans additionally sharing in delicious And of course thanks for your effort