मोसुको पूर्वी क्षेत्रमा क्षेत्रीय संगठन विस्तार।

  • २९ बैशाख २०८१, शनिबार १८:५५ मा प्रकाशित
  • मोरङ सुनसरी सेवा समाज साउदी अरबद्वारा साउदी अरबको पूर्वी क्षेत्रमा क्षेत्रीय संगठन विस्तार गरिएको छ।

    साउदी अरबको पूर्वी क्षेत्रमा हिजो १०मईका दिनमा गरिएको उक्त कार्यक्रममा मोरङ सुनसरी सेवा समाजको क्षेत्रीय संगठन विस्तार गरिएको हो।


    उक्त विशेष कार्यक्रममा मोसुका केन्द्रीय प्रतिनिधि कुमार कार्की मोसु साउदी अरबका अध्यक्ष दीपक थापा लगायत गैर आवासीय नेपाली संघकी अध्यक्ष रविना अर्याल नेपाली राजदूतावास पूर्वी क्षेत्रीय सम्पर्क अधिकारी नारायण पासवान, राप्रपा साउदी अरबका अध्यक्ष कुबेर हुमागाईं ले आफ्नो मन्तव्य राख्नुभएको थियो।
    त्यस्तै उक्त कार्यक्रममा जनप्रगतिसिल साउदी अरबका अध्यक्ष रामचन्द्र वाग्ले, जनसम्पर्क समिति साउदी अरबका महामन्त्री सुरेशराज त्रिपाठी तथा झापाली समाज साउदी अरबका अध्यक्ष रविन गिरी लगायतले पनि आफ्नो मन्तव्य राख्नुभएको थियो।

    कार्यक्रम संयोजक रोशनकुमार श्रेष्ठ द्वारा उपलब्ध गराइएको जानकारी अनुसार पूर्वी क्षेत्रीय संगठनको अध्यक्षमा राजन ओझा, उपाध्यक्षमा तेजु श्रेष्ठ, सचिवमा राकेशकुमार राजवंशी। सहसचिवमा धर्मप्रसाद भट्टराई, कोषाध्यक्षमा जीवनगिरी तथा सदस्यहरूमा पुष्पा राई, रामप्रसाद पुरी, शुक्र लिम्बू, तथा सुरेश जिमी ले जिम्मेवारी पाएका छन्।

    सो कार्यक्रम सभ्य तथा भव्य रुपमा सफल पार्न कार्यक्रम संयोजक रोशन श्रेष्ठ, कर्ण बहादुर बस्नेत तथा जिवन गिरीको मुख्य भूमिका रहेको थियो।

    One thought on “मोसुको पूर्वी क्षेत्रमा क्षेत्रीय संगठन विस्तार।

    Leave a Reply