
मातातीर्थ औँसी पर्व २०८१ को अवसरमा घोराही उपमहानगरपालिका वडा नं. १८ का ८० वर्ष नाघेका ११ जना वृद्ध आमाहरूलाई सम्मान गरिएको छ ।
नमस्ते स्वास्थ्य अभियानको आयोजनामा घोराही उपमहानगरपालिका-१८ फुर्सेखालीमा आयोजित कार्यक्रममा पार्वता स्मृति साहित्य प्रतिष्ठानका संस्थापकद्वय श्री सुरेशकुमार पाण्डे र श्रीमती देवा पाण्डेले संयुक्त रूपमा वृद्ध आमाहरूलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियोे ।
केशर बहादुर रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा मुख्य अतिथि सुरेशकुमार पाण्डेले आमाहरूको सम्मान उनीहरू जीवित छँदै गर्नुपर्ने, मरेर गरिने दानपुन्यभन्दा जीवित छँदै औषधी उपचार गर्ने र सबै छोरा बुहारीहरूले मिठो बोल्ने र सम्मान दिनुपर्ने कुरा बताउनुभयो ।
उक्त अवसरमा नमस्ते अभियानका अध्यक्ष मातृकाप्रसाद पाण्डेले अभियानका तर्फबाट आमाहरूलाई मिठाई तथा फलफूल वितरण गर्नुभएको थियोे ।
कार्यक्रममा श्रीमती डेमा पाण्डेद्वारा गीत र श्रीमती अम्बिका भट्टराईद्वारा आमा सम्बन्धी मुक्तक वाचन गरिएको थियोे ।
नमस्ते स्वास्थ्य अभियानका अध्यक्ष मातृकाप्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन वसन्तराज शर्माले गर्नुभएको थियोे ।
My brother recommended I might like this web site He was totally right This post actually made my day You cannt imagine just how much time I had spent for this information Thanks