
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यहीसिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: छयानब्बेऔं भागमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ:
अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-९६ ——————————-
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
मिति:- २०८१/०२/०७
बुधबार बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन अनुरोध छ।
……………………………………….
प्रशिक्षक:-
……………
सोमनाथ लुइटेल
गुणनिधि घिमिरे
सुशीला पौडेल
………………………
भाषा शुद्धीकरण:-
———–
पुष्पा सुवेदी नेपाल
भवानी घिमिरे
जमुना आचार्य
पशपती राई
सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य
प्रवर्तक तथा संयोजक:-
=============
सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================
अक्षर सङ्ख्या:- [बराबरी]
अनुप्रास :- आफुखुसी
स्थायी :- अनिवार्य
👉️पञ्चाङ्ग ०१
अब सबै जना मिलेर देश जोगाउनु पर्छ
आफ्नो आफ्नो पहिचान र भेष जोगाउनु पर्छ
हराइ सक्यो लोक संस्कृति हराए चाड पर्व
हराएर बाँकी रहेको शेष जोगाउनु पर्छ
कपर्दी डण्डिवियो र चेस जोगाउनु पर्छ।
✍️दुर्गा आचार्य, मोरङ ।
👉️पञ्चाङ्ग ०२
इमानदारी होइन भ्रष्टाचारीकाे जीत हुन्छ
पुलिस प्रशासन होइन नेताकाे हित हुन्छ
हक अधिकारकाे निम्ति बोल्न गारो भयो
सत्य वचनको कदर होइन मात्र गीत हुन्छ
दुईचार शब्द लेखि पोष्ट गर्दागर्दै रीत हुन्छ।
✍️ गोबिन्द धामी
दार्चुला जिल्ला नौगाड गाउँपालिका वडा नं ६।
👉️पञ्चाङ्ग ०३
०१)
तिम्रो मुहारमा मुस्कान छाओस् सदैव
सधैँ सुखका पलहरू पाओस् सदैव
चाहाना राख्नु मनको भावना हेरेर
तिम्रा पाइलाहरू चुम्न धाओस् सदैव
सुखदका पल हमेशा आओस् सदैव।
०२)
रुखमा बस्नु पर्दैन यो दिल खाली छ
भिज्नु पर्दैन तिमीलाई आउ पाली छ
जोखिम नउठाउनु खराब जमाना
राम्रो काम गरेदेखि सबैको ताली छ
कसैको बिश्वास छैन जमाना जाली छ ।
✍️सन्ध्या गौतम, काठमाडौं ।
👉️पञ्चाङ्ग ०४
मेरो जीवन काँडो जस्तो बन्दैछ
चढ्न नसक्ने डाँडो जस्तो बन्दैछ
फूल भएर बाँच्ने इच्छा भएनी
कस्तो फुटेको भाँडो जस्तै बन्दैछ
रोटी नबन्दा फाँडो जस्तै बन्दैछ ।
✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” बर्दिया ।
👉️पञ्चाङ्ग ०५
जति मेटाउन खाेजेपनि मेटिदैन चाेखाे माया
चारैतिर खाेज्दैमा कतै नि भेटिदैन चाेखाे माया
सुन सबैले जति नै टाढा बनाउन खाेजेपनि
जाे कसैले घाेलेकाे बिषमा फेटिदैन चाेखाे माया
खुकुरीकाे धारले कहिले रेटिदैन चाेखाे माया।
✍️सुशीला पौडेल ।
👉️पञ्चाङ्ग ०६
मेराे शहरमा म रमाएकाे छु
सेवामूलक काम समाएकाे छु
खुसी छु सधैँ रम्छु म आफैँभित्र
आफूले खाने जति कमाएको छु
संस्कारिक अस्तित्व जमाएकाे छु ।
✍️भवानी घिमिरे, सर्लाही ।
👉️पञ्चाङ्ग ०७
०१
तिम्रो अँगालोमा रहनु छ मलाई
तिम्रो माया मै हो बहनु छ मलाई
दुई देह एकै बनाई समाजमा
सगैँ सुखदुःख सहनु छ मलाई
सधैँ तिम्रो मुटु कहनुछ मलाई ।
०२
दिलमा मेरो नाम भर सधैं
चोखो माया मलाई गर सधैँ
बन्नेछु नङ्ग मासु तिम्रो हेर
तिम्ले मान्नु मलाई वर सधैँ
दरिलो बन्छ हाम्रो घर सधैँ ।
✍️सीमा कार्की समर्पण ,काठमाडौं ।
👉️पञ्चाङ्ग ०८
अनायासै पहिराएँ माला स्वयंवरमा
डराएर रातो भयो गाला स्वयंवरमा
मनभित्र हजार थिए भन्ने कुराहरू
ठिक भएन तिम्रो त्यो चाला स्वयंवरमा
पिठ्युँमै रोपिदियौ नि भाला स्वयंवरमा।
✍️मल्ल लक्ष्मी श्रेष्ट,
मेची किनार बिर्तामोड झापा।
👉️पञ्चाङ्ग ०९
०१)
धर्मको नाममा कति नकाम गर्छ मान्छेले
यति सुन्दर धर्तीमा कति भ्रम छर्छ मान्छेले
यसैमा अझ राजनीति पनि पो घुसाएर
घ्याम्पो जत्रो भुडी त आफ्नो मात्रै भर्छ मान्छेले
बस्तुलाई ख्वाउने घाँस आफैं चर्छ मान्छेले ।
०२)
यसो हेर्दामा संसार निकै सुन्दर लागे पनि
आफ्नैले पो लखेट्छ यहाँ जतिसुकै भागे पनि
साना त ठुलाको आहारा मात्र रहेछ जहिल्यै
आहारा छाड्दैन कसैले जति वर मागे पनि
उसको मनमा बाँच्ने इच्छा जति नै जागे पनि।
✍️पशपती राई, खोटाङ ।
👉️पञ्चाङ्ग १०
अघि बढेको सुन्दा कसैको भित्र मुटु जल्छ हेर
आफ्नै अगाडि देख्यो भने ती आँखा झन बल्छ हेर
गरि खान दिने भएन कसैगरी मानवलाई
मेहनत गर्नाले परिश्रमको फल फल्छ हेर
अर्काले गर्दा डाहा गरे आफ्नै शरीर गल्छ हेर ।
✍️ बेदु न्यौपाने 🌹🌹 काठमाडौं ।
👉️पञ्चाङ्ग ११
संकट विनाश टार्न तीर बन्नुपर्छ
आपत पर्दा सहाय धिर बन्नुपर्छ
अभियान गर्नुपर्छ कामप्रति साथी
सल्लाह सुझाव दिने मिर बन्नुपर्छ
सबैको सम्मान हुने शिर बन्नुपर्छ ।
✍️सागर नगरकोटी, भक्तपुर ।
👉️पञ्चाङ्ग १२
कहिलेकाहीँ शरीर यसै गल्छ किन?
अतालिदै मन मुटु पोल्दै जल्छ किन?
स्थिर हुन खोज्यो उति अस्थिर भईने
केही गर्न खोज्यो आगो सरी जल्छ किन?
जोश र जाँगर अनायास ढल्छ किन?
✍️शोभा आचार्य गौतम, काठमाडौँ ।
🇳🇵पञ्चाङ्ग १३
अर्कालाई दाेष देख्नु भन्दा आफैँ चस्मा लाएर हेर
साेझाे हेर्दा नदेखिएमा देख्नेछाै पर्खाल नाघेर हेर
चारैतिर घेरामा पार्दैछाै शासक बस्नु न नबस्नु भाे
कागले कान लगेकाे हाे कि हैन यथार्थ बुझेर हेर
कागकाे पछि दाैडन भन्दा पहिले कान छामेर हेर।
✍️सुरेश चन्द्र घिमिरे, कपन ।
👉️पञ्चाङ्ग १४
आयौ खाएर गयौ
गीत गाएर गयौ
सौम्य उही मनमा
प्रीति लाएर गयौ
खुसी पाएर गयौ ।
✍️आर्त अकुलीन, कैलाली लम्की ।
👉️पञ्चाङ्ग १५
गोजीभरि दाम हुन मान्छे पाइँदैन
कलि जाग्यो राम हुने मान्छे पाइँदैन
भाग ठूलो खोज्दाखोज्दै दिन ढलेपछि
सधैँभरि काम हुने मान्छे पाइँदैन
शान्त बसी जाम हुने मान्छे पाइँदैन ।
✍️प्रभा पोखरेल , अमेरिका ।
👉️पञ्चाङ्ग १६
वन जल्दा पशु पंक्षी पनि जल्छन् हेर
उपयोगी जडिबुटीसँगै बल्छन् हेर
मानव बस्तीतिर पनि आगो सल्किदा
कयौंका सपना अनायासै ढल्छन् हेर
रोक्दा रोक्दै डढेलो शरीर गल्छन् हेर।
✍️सुस्मिता अधिकारी ,काठमाडौँ।
👉️पञ्चाङ्ग १७
ठुलोले सानोलाई सधैँ शक्ति देखाउँछ किन?
जित्नेको पक्षमा जहिले भक्ति देखाँउछ किन?
जिउन पाउनु सबैको नैसर्गिक अधिकार
थिचोमिचो गर्दै सानाको रक्ती देखाँउछ किन?
प्रतिशोधको प्रदर्शन व्यक्ति देखाउँछ किन?
✍️संगिता खरेल, चन्द्रागिरी ८ काठमाडौं ।
👉️पञ्चाङ्ग १८
०१)
कहिल्यै नबुझ्ने तिम्रो माया पर्यो
अर्कैसँग प्रीति, मलाई छाया पर्यो
बितेका कुराको सम्झनामा डुबाई
लक्ष्यको बाटोमा दाँयाबाँया पर्यो
हृदय अन्यत्र छेउमा काया पर्यो ।
०२)
ध्यानमा डुबेर ज्ञान भेटाए बुद्धले
उचित दृष्टिले सत्य देखाए बुद्धले
अशान्ति, द्वेष, घृणाको नाम मेटाएर
शान्ति नै शान्ति चौतर्फ लेपाए बुद्धले
कुकर्मको बाटो लाग्न छेकाए बुद्धले ।
✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹।
👉️पञ्चाङ्ग १९
आध्यात्मिक पौराणिक ज्ञान लिए हुन्छ
शास्त्रहरूको साहित्यरस पिए हुन्छ
अहङ्कार घमण्ड गरेर के पाउनु
प्राप्त ज्ञान अरूलाई पनि दिए हुन्छ
सबैसँग मिल्दै आरामले जिए हुन्छ।
✍️गुणनिधि घिमिरे, अमेरिका ।
👉️पञ्चाङ्ग २०
नेता देशको राम्रा भएन
राजनीतिमा हाम्रा भएन
देश विकासमा छैन चासो
सिद्धान्तमा ऊ चाम्रा भएन
खुशीमा झनै दाम्रा भएन।
✍️राजेश भण्डारी?, गुल्मी हाल महोत्तरी ।
👉️पञ्चाङ्ग २१
०१)
अरुलाई दोष्नु अघि आफै ऎना हेर
उसले तिमिलाई दिएको बैना हेर
किन देख्छौं या अरुको मात्र दोष तिमी
थुनिएर बसेको निर्दोष मैना हेर
यी दु:खमा रहेका भाइ र बैना हेर ।
०२)
लेखेर आएको यी दु:ख टर्दैन
परेको दु:ख नै कसैले हर्दैन
मुखले मात्र त ठिक पार्छ मान्छे
आफ्नो कष्ट नि अरुलाई सर्दैन
नहुदा भाँडामा सामल भर्दैन ।
✍️दुर्गा भट्टराई,मोरङ ।