पञ्चाङ्ग लेखन शृङ्खला भाग- ९७

  • १८ जेष्ठ २०८१, शुक्रबार ०४:३२ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: सन्तानब्बेऔंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ:

     अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-९७ ——————————-

    विधा :- पञ्चाङ्ग

     अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला

     मिति:- २०८१/०२/१४

    बुधबार बेलुका ०९ बजेसम्म  पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन अनुरोध छ। 

    ……………………………………….

    प्रशिक्षक:-

    ……………

    सोमनाथ लुइटेल 

    गुणनिधि घिमिरे

    सुशीला पौडेल 

    ………………………

    भाषा शुद्धीकरण:-

    ———–

    पुष्पा सुवेदी नेपाल

    भवानी घिमिरे

    जमुना आचार्य

    पशपती राई 

    सङ्कलक :-

    ———-

    दुर्गा रिजाल आचार्य

     प्रवर्तक तथा संयोजक:-

    ==============

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:-  [बराबरी] 

    अनुप्रास :-  आफुखुसी

    स्थायी :- अनिवार्य

    💢पञ्चाङ्ग   ०१

    शुद्ध   बुद्ध  जन्मेकाे  माटाेमा 

    मेची   काली तराईकाे पाटाेमा 

    लाऔं  टीका  चाहमा शान्तिकाे 

    हिडाैँ   सबै   उनैकाे    बाटाेमा 

    मह्लम लगाऊँ दिलकाे फाटाेमा।

    ✍️चन्द्रावती अधिकारी, 

    दुराडाँडा २ लमजुङ हाल कोहलपुर बाँके ।

    💢पन्चाङ्ग   ०२

    मनको मैलो फालेर आउनुहोस् 

    पाइला सधैँ  चालेर आउनुहोस् 

    दु:खका   दिन  कसरी आउँछ र ?

    विपत्ति चाहिँ ढालेर आउनुहोस् 

    दरिद्रता त्यो फालेर आउनुहोस् ।

    ✍️सगर नगरकोटी, भक्तपुर ।

    💢पञ्चाङ्ग   ०३

    प्राणी  बचाउन  नै  तिमी  शुद्ध  भएर आउ

    मानवको  हितको  लागि   बुद्ध भएर आउ 

    धर्तीमा पापको  क्रिडा गर्ने थलो भएको छ 

    चोर डाँकाहरूको  तिमी रुद्ध    भएर आउ 

    मानवलाई     बचाउन  क्रुद्ध   भएर   आउ ।

    ✍️सन्ध्या गौतम, काठमाडौं ।

    💢पञ्चाङ्ग   ०४

    मेरो जीवन काँडो   जस्तो बन्दैछ 

    चढ्न नसक्ने डाँडो जस्तो बन्दैछ 

    फूल  भएर  बाँच्ने   इच्छा भएनी 

    फुटेको टिलो  भाँडो जस्तै बन्दैछ 

    रोटि नबन्दा   फाँडो जस्तै बन्दैछ ।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” 

    💢पञ्चाङ्ग   ०५

    शान्तिले    मात्रै   सबैको   मनलाई जोड्न सक्छ

    मानव   बीच   विभेदको   पर्खाल   तोड्न सक्छ

    बुद्धले    देखाएको    ज्ञानको    मार्ग    हिंडे मात्रै 

    मान्छेले   महलको   सुखसयल   छोड्न    सक्छ

    शान्तिले पनि सुस्तरी आफ्नो  बाटो मोड्न सक्छ।

    ✍️पशपती राई, खोटाङ ।

    पञ्चाङ्ग   ०६

    मनको सङ्कल्पमा  हुन्छ    बल आफै

    मौसम अनुसार नै    फल्छ फल आफै 

    कहिले दाउपेचको   खेलमा हुन्छ हार 

    बाधा फाल्दै नदीको बग्दछ जल आफै 

    मनले कसैसँग नगरौँ जानी छल आफै।

     ✍️कार्की डिबी माकुम, सुनवल -४, नवलपरासी ।

    💢पञ्चाङ्ग   ०७

    ओहो नि सोझालाई यहाँ छलेको हेर

    सहन नसकी पिडाले बलेको हेर

    बाङ्गे रुख भन्दा सोझो नै काटिन्छ भन्छन्

    भित्र भित्रै आफ्नै सोचले जलेको हेर

    अर्कोलाई छिर्के मार्दा लौ ढलेको हेर।

    ✍️शोभा आचार्य गौतम, काठमाडौँ ।

    💢पञ्चाङ्ग   ०८

    ०१

    धेरै बाँचर राम्रो काम गर भन्छ मनले 

    सत्यतामा तिमी अगाडि  सर भन्छ मनले 

    साेचलाई तन्काऊ आकाश भन्दा ठुलो पारी

    सारा ब्रम्हाण्ड  मेरो हाे घर भन्छ मनले 

    आफैँले आफैँमा  विश्वास गर भन्छ मनले ।

    ०२

    गणतन्त्रको नाममा मख्ख भयौँ हामी 

    पुस माघकाे घाममा मख्ख भयौँ हामी 

    श्रृङ्गार भरिन्छ बर्षमा एक पटक 

    त्यो खाली खाली  खाममा मख्ख भयौँ हामी

    छलछाम र जाममा मख्ख भयौँ हामी ।

    ✍️भवानी घिमिरे, सर्लाही ।

    💢पञ्चाङ्ग   ०९

    खडेरी लम्बिदा बाली सुक्न थाले

    किसानीको कर्म त्यसै चुक्न थाले

    जता ततै पानीको हाकार बढ्यो

    खाने पानीको नि मूल लुक्न थाले

    गतिशील  पाउ अब रुक्न थाले |

    ✍️सरिता सेढाई, धादिङ ।

    💢पंचाङ्ग   १०

    शान्ति तिमी फेरि फर्किएर आऊ

    लोभलाई फाल्न  झर्किएर आऊ 

    लडाकुलाई       मायालु बनाउन 

    युद्ध    स्थलमा     थर्किएर आऊ 

    आत्मामा      दया छर्किएर आऊ। 

    ✍️सुस्मिता अधिकारी ,काठमाडौँ ।

    💢पञ्चाङ्ग   ११

    स्वयंवरमा त  तिमी     थियौ  माला एकातिर

    अँगालो मारेर  चुम्न खोज्छौ  गाला एकातिर

    अनौठो खाले  बिवाहको  चालढाल  देखियो

    दुलहा त   राम्रो नै हो   तर   चाला  एकातिर

    कोखाको  छेउमा  रोपिदियौ  भाला एकातिर।

    ✍️मल्ल लक्ष्मी श्रेष्ट

    मेची किनार बिर्तामोड झापा।

    💢 पञ्चाङ्ग   १२

    ध्यानमा डुबेर ज्ञान भेटाए बुद्धले 

    उचित दृष्टिले सत्य देखाए बुद्धले 

    अशान्ति, द्वेष, घृणाको नाम मेटाएर 

    शान्ति नै शान्ति चौतर्फ लेपाए बुद्धले 

    कुकर्मको बाटो लाग्न छेकाए बुद्धले । 

    ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹।

    💢पञ्चाङ्ग   १३

    प्यास लाग्दा प्रिय चिसो पानी पिलाउन सकिन

    फाटेकाे तिम्रो त्यो   मनलाई  सिलाउन सकिन 

    मनले जे  साेचें  सबै  कुरा आज  अधुरो  हुँदा

    जीवन भर  खासै  विश्वास    दिलाउन  सकिन 

    त्यसैले  तिमीलाई    दिलमा  मिलाउन  सकिन ।

    ✍️राज कुमार राजभण्डारी खाेटाङ्गे

    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।

    💢पन्चाङ्ग   १४

    लोकतन्त्र ह्वात्तै आयो , सुकी  गयो

    लौ जान्छु पनि  भनेन ,  लुकी गयो

    कुकुर    भुक्थे,   तर किन भुकेनन् 

    धेरै पर स्याल  जस्तो,  भुकी   गयो 

    बत्ती  गयो, मोम    गयो, टुकी गयो ।

    ✍️डा. देवी पन्थी , बिराटनगर ।

    💢पञ्चाङ्ग   १५

    गणतन्त्र आएको   देशमा   छैन   है ज्ञान  भेउ तर 

    प्रजातन्त्र   रहेको   ठाउँमा   त आई  ज्ञान देउ तर 

    गणतन्त्र प्रजातन्त्र लोकतन्त्र त लागे छन् त पाखा 

    राज्यकोषबाट जनताको  त्यो हक हिस्सा लेउ तर 

    जनताले  पाउने अधिकार  लान   हुन्न  छेउ     तर ।

    ✍️बेदु न्यौपाने 🌹🌹काठमाडौं ।

    💢पञ्चाङ्ग   १६

    जताततै उच्च पदमा नेताको सालो   आउँछ

    गरिबलाई  बाँध्न  सरकारको  जालो आउँछ

    जति गल्ती गरेपनि पैसा पेल्दा छुट्ने रहेछन् 

    किन  देश चल्दैन  र गोरो गए कालो आउँछ

    पक्कै एकदिन गरिबीको पनि  पालो आउँछ।

    ✍️दुर्गा आचार्य, मोरङ ।

    💢पञ्चाङ्ग   १७

    देशमा पटकपटक      विकासका कुरा आउँछन्

    विकासका लहरमा गर्ने काम अधुरा    आउँछन्

    प्रजातन्त्र ,लाेकतन्त्र  र  गणतन्त्र   भए झैँ  छैन 

    देशका लागि गर्ने भन्दा भ्रष्टाचारी छुरा आउँछन् 

    देश बनाउँछ भन्ने सबै बिना पहुँच लुरा आउँछन् ।

    ✍️दुर्गा भट्टराई, मोरङ ।

    💢पञ्चाङ्ग   १८

    मनको कुनामा आएर   जानु ल 

    प्यारसँग खाना   खाएर जानु ल 

    मान्छेको जीवन अनौठो अनौठो

    कञ्चन    पिरती लाएर जानु ल 

    जीवनको गीत गाएर    जानु ल ।

    ✍️आर्त अकुलीन, देवाश्रम कैलाली ।

    💢पञ्चाङ्ग   १९

    तिम्रो जीतको सामु सधैँ  म पो हार्ने बनायौ 

    खुसीलाई लत्याएर लौ  आँसु  झार्ने बनायौ

    नत सँगै  बस्न   सक्छु  नत  छुट्टिएर  खुसी

    तिम्रा  नजिक  जाने  बाटोहरू बार्ने बनायौ

    नचाहेर  बाध्यतामा   बसाइ   सार्ने  बनायौ।

    ✍️संगीता खरेल, चन्द्रागिरी ८ काठमाडौं ।

    💢पञ्चाङ्ग   २०

    सबै  रमाउदै  पो  गणतन्त्र आयो भन्छन्

    कोही  जनताहरुले  खै  के  पायाे भन्छन्

    त्यसै  त  देशले   निकास  नपाएको बेला        

    सबैतिर   झन  अँध्यारो  नै  छायो भन्छन्

    पक्कै ति सहिदहरुको श्राप लायो भन्छन्।

    ✍️नानीबाबा अधिकारी, काठमाडौं ।

    💢पञ्चाङ्ग   २१

    हेर्दा  चकित  पर्छु  हेर  संसार    यस्तै भयो 

    दु:खी  सदैव  दु:खी  हेर  असार यस्तै भयो

    असमानताको जालो  हमेसा मौलायो किन ?

    बलिया र  निर्धा  बीचको  पसार यस्तै भयो 

    सोझाको सोँच नआउँदा तक्सार यस्तै भयो।

    ✍️भुमिका गैरे तिमिल्सिना, नवलपुर गैंडाकोट ।

    💢पञ्चाङ्ग   २२

    फूल  फुलेको  बगैंचामा भ्रमर  पुतली  डुलेका छन् 

    बगैंचाको  भ्रमर  पुतली  हेर्दै  मानव  भुलेका  छन् 

    बगैँचा  फुलमा  सुहाउने  यि  भ्रमर  पुतली  त हुन् ,

    यिनै प्रेम जोडीहरू बगैँचा भित्र राम्रो  खुलेका छन्

    सुन्दर बागमा यी दुवैको  प्रेमिल हाँसो  घुलेका छन्।

    ✍️राजेश भण्डारी, गुल्मी हाल महोत्तरी।

    💢पञ्चाङ्ग   २३

    गाउँघर अनि सहर तिर मस्ति थालेकै छन्

    वियरबार एक नछोडी पाइला हालेकै छन्

    मैहु राजा मैहू पर्जा फुर्ती लाउँछन जडीया 

    विद्यार्थीभनी बाआमाको मुख टालेकै छन्

    झुटो बोलि मान्छेठगी यहाँ पेट पालेकै छन्।

    ✍️ गोबिन्द धामी 

    दार्चुला जिल्ला नौगाड गाउँपालिका वडा नं ६ ( सल्याड)

    💢पञ्चाङ्ग   २४

    दुःख दिन सक्नेले सुख   दिएनन् के गर्नु

    आफ्नाथिए कोही पराइ थिएनन् के गर्नु

    सम्बन्धको, सम्बन्ध    सम्झिरहनेहरूले

    मीठो मात्र पिए नमीठो   पिएनन् के गर्नु

    ठूलो भ्रष्टले थोरै      घुस लिएनन् के गर्नु ?

    ✍️होम प्रसाद नेउपाने, धरानसुनसरी।

    💢पञ्चाङ्ग   २५

    कस्ताे हाे याे कहर गर्मीमा

    पसीनाकाे   नहर   गर्मीमा

    प्रदुषणले     प्रभावित   भै

    जताततै    जहर    गर्मीमा

    बिरामीकाे    लहर  गर्मीमा।

    ✍️सुशीला पौडेल

    One thought on “पञ्चाङ्ग लेखन शृङ्खला भाग- ९७

    1. I loved as much as youll receive carried out right here The sketch is tasteful your authored material stylish nonetheless you command get bought an nervousness over that you wish be delivering the following unwell unquestionably come more formerly again since exactly the same nearly a lot often inside case you shield this hike

    Leave a Reply