पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- ९५

  • ३ जेष्ठ २०८१, बिहीबार ०६:०६ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: पञ्चानब्बेऔंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ:

     अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-९५ ——————————-

    विधा :- पञ्चाङ्ग

     अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला

     मिति:- २०८१/०१/३१

    बुधबार बेलुका ०९ बजेसम्म  पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ। 

    ……………………………………….

    प्रशिक्षक:-

    ……………

    सोमनाथ लुइटेल 

    गुणनिधि घिमिरे

    सुशीला पौडेल 

    ………………………

    भाषा शुद्धीकरण:-

    ———–

    पुष्पा सुवेदी नेपाल

    भवानी घिमिरे

    जमुना आचार्य

    पशपती राई 

    सङ्कलक :-

    ———-

    दुर्गा रिजाल आचार्य

    प्रवर्तक तथा संयोजक 

    =============

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:-  [बराबरी] 

    अनुप्रास :-  आफुखुसी

    स्थायी :- अनिवार्य

    👉️पञ्चाङ्ग:०१

    बिज  राेप्ने  पाखा  खन्दा  खन्दै तिमी गयाै

    बाटाेहरू   राम्रो   बन्दा   बन्दै   तिमी गयाै

    जिन्दगीको गाडिमा सँ-सँगै  हिड्दा हिड्दा

    भाडा  तिर्न   पैसा   गन्दा  गन्दै तिमी गयाै

    एकछिन   पर्ख   भन्दा   भन्दै   तिमी गयाै।

    💢सुशीला पाैडेल ।

    👉️पञ्चाङ्ग:०२

    फटाहा अनि दुष्टहरूको जित गरेका छन् 

    भ्रष्ट अनि दुर्जनहरू नजिक सरेका छन् 

    सोझा साझा बाँच्नलाई त  हुने भयो कठिन

    सत्यतथ्य पछि पार्दै झुट अघि परेका छन् 

    प्रमाण खोज्दा भ्रष्टहरू चै खुबै डरेका छन् ।

    💢राजेश भण्डारी ।

    👉️पञ्चाङ्ग:०३

    मूर्ख मानिसले दुनियाको कुरा काटेर हिड्छ

    बुद्धीमानिले  दुनियालाई  ज्ञान बाँटेर हिड्छ

    माया प्रेम के हो भनी बुझ्ने ब्यक्तीहरुले भने

    पुण्य कमाउन दुनियामा माया साटेर हिड्छ

    फटाहा र  धुर्त मान्छेले  संसारै ढाँटेर हिड्छ।

    💢मल्ल लक्ष्मी श्रेष्ठ, मेची किनार बिर्तामोड झापा ।

    👉️पञ्चाङ्ग:०४

    सपनाको कुराले बिगार्यो बिपनाको ढङ्ग पनि

    खाडीको  तातो  घामले खुइल्याइदियो  रङ्ग पनि

    पसिनाको खोलो बग्छ हावा खान पनि पाइदैन

    जोखिमको काम  मेसिनले काटिदियो अङ्ग पनि

    खेत साहुले खायो बिछोड भो श्रीमती सङ्ग पनि ।

    💢पशपती राई, खोटाङ ।

    👉️पञ्चाङ्ग:०५

    गर्मीकाे  समय  छ   हावा छैन

    जंगलमा  हात्ती  छ  छावा छैन

    जिन्दगानी छ यस्तै अन्याेलमा

    पकाउने   आटा   छ तावा छैन

    आफ्नाे भन्ने याैटा छ दावा छैन।

    💢ह्यारिस

    👉️पञ्चाङ्ग:०६

    इमानिले थलो छोड्न परेको छ

    असत्यलाई नै ओड्न परेको छ

    जोश र      जाँगरलाई बचाउन

    दुषित योजना गोड्न  परेको छ 

    कर्मतिर मन जोड्न   परेको छ ।

    💢सुस्मिता अधिकारी ,काठमाडौँ

    👉️पञ्चाङ्ग:०७

    रिस उठेपछि बोल्दा चर्को लाग्न सक्छ

    धेरै बोलेपछि  पनि  झर्को लाग्न सक्छ

    राम्रै  बोल्छु  सुन्नेलाई  पीडा   भएपछि

    नचिनेको  हैन  तर  अर्को लाग्न सक्छ

    एकनासै हिड्नाले नै हर्को लाग्न सक्छ।

    💢सोमनाथ लुइटेल “रवि पाल्पाली”

    👉️पञ्चाङ्ग:०८

    तिमी  समय अनुसार  नै  चल्न  जान्नुपर्छ 

    मौसम  हेर्दै  कहिलेकाही  गल्न  जान्नुपर्छ 

    समाजमा  विकृतिको  चाप  बढेपछि  हेर ?

    वृक्ष  भएपछि  फलफूल  फल्न  जान्नुपर्छ 

    धिपी धिपी भएपनि ज्योत बल्न जान्नुपर्छ ।

    💢सन्ध्या गौतम, काठमाडौं ।

    👉️पञ्चाङ्ग:०९

    एकैछिन  प्रेमका कुरा   गरौॅ साथी

    यो मनमा खुशीयालीले भरौॅ साथी

    के के आइपर्छ के के यो जीवनमा

    पिरतिमा सुगन्ध ल्याई छरौॅ साथी

    दिनरात यसैमा लागी   परौॅ साथी।

    💢घनश्याम पौडेल,पोखरा ।

    👉️पञ्चाङ्ग:१०

    सबैले माया प्रिती लाउन सकोस्

    दु:ख पिडा बिरुद्ध गाउन सकोस् 

    लेखन यात्रा यस्तो होस् सधैँ हाम्रो 

    बच्चा,युवा ठुलामा छाउन सकोस्

    अब आत्मा तरङ्गले गाउन सकोस् ।

    💢दुर्गा अचार्य, मोरङ ।

    👉 पञ्चाङ्ग:११

    जीव जन्मिन्छ  मर्नलाई  भनेर  यहाँ

    अनि तड्पिन्छ बाँकी दिन गनेर यहाँ 

    छोटो अवधिमा  गर्ने गर्ने भन्दा भन्दै

    केही  नै  गर्दैन  मनुष्य   बनेर   यहाँ

    मर्नेबेलामा   मृत्युसँग    कनेर   यहाँ ।

    💢 अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹

    👉️पञ्चाङ्ग:१२

    रहरको  आँधी  रोकिन  पनि सक्छ

    बग्दाबग्दै कतै   ठोकिन पनि सक्छ

    यो त जन्मजात गुण हो भन्छन् सबै

    रिस उठे  कतै  झोकिन पनि  सक्छ

    कतै कसैबाट  बोकिन   पनि  सक्छ ।

    💢प्रभा पोखरेल, अमेरिका ।

    👉️पञ्चाङ्ग:१३

    तिमी  आउने दिनहरू  सधैँ  गनेकै      थिएँ

    सजिलो  होस्  भनेर बाटो पनि खनेकै थिएँ 

    खुसी  दिन त  खै जानेनौ  कहिल्यै तर पनि

    जति बेला जस्तो भन्छौ तेस्तै नै बनेकै थिएँ 

    मेरो   लागि   धेरै  दु:ख   नगर  भनेकै थिएँ।

    💢नानीबाबा अधिकारी, काठमाडौं ।

    👉️पञ्चाङ्ग:१४

    बुहारीका आँखामा आँसु  छन् 

    कारण      सबैतिर   सासू छन् 

    बुहारीको      दोष  छ कि छैन 

    आज छोरीहरू नि   भासु छन् 

    चारैतिर     रक्तकै     दासु छन् ।

    💢डा. देवी पन्थी , बिराटनगर ।

    👉️पञ्चाङ्ग:१५

    आपत   विपतमा  शरण  गरे  राम्रो

    दु:खलाई  आफैले  हरण  गरे राम्रो

    मायाले बसाउनु मायाको संसारमा 

    सकिन्छ  भनेपछि  वरण  गरे राम्रो

    मायाले  उसैलाई  भरण  गरे  राम्रो ।

    💢सागर नगरकोटी, भक्तपुर ।

    👉️पञ्चाङ्ग:१६

    तिम्रो याद भुलाउन अलिकति   पिउँदैछु यार

    अर्धमुर्छित छु खै अब के  भनौं जिउँदैछु यार

    बिर्सन खोज्छु नसा रैछौ लागिरहन्छ तलतल

    बैराग्यमा भौतारिदै   लतलाई   सिउँदैछु यार

    एक्लै यात्रा गर्छु म  पाइलाहरू खिउँदैछु यार।

    💢संगीता खरेल, चन्द्रागिरी ८ काठमाडौं ।

    👉️पञ्चाङ्ग:१७

    आजभोलि त मान्छेलाई मार्न डर छैन

     कसैलाई  मन  नपर्ने  चिज  कर  छैन

    सालाखाला सबैलाई बराबर  मानिन्छ

    कलियुगमा  कसैको नै  यहाँ  थर  छैन

    आजकल मान्छेमा कसैलाई  भर  छैन।

     💢 बेदु न्यौपाने, काठमाडौं ।

    👉️पञ्चाङ्ग:१८

    आँफूजस्ताे अरु उस्तै   हुन्छ भन्नू हुदैन 

    बहाना   बनाएर     लाचार  बन्नु   हुदैन 

    लोभ लालच मुक्त  राख्नुपर्छ आफूलाई

    जानाजानी आफैँपर्ने खाल्डो खन्नु हुदैन 

    भोकै  बस्नु बरु  कालो  धन  गन्नु हुदैन।

    💢चिरञ्जीवी ढकाल, नेपालगन्ज -२०

    राँझा एयरपोर्ट बाँके ।

    👉️पञ्चाङ्ग:१९

    हार्दिक इच्छा भए मनमै प्रभु राज हुनेछ 

    शिरमा हाम्रो सधैँ नै  प्रभुको ताज हुनेछ 

    दिव्य कर्मीले  पर्दैन लानु  केही लुकाएर 

    सधै गरेको परोपकार  राम्रो काज हुनेछ 

    पाप गर्दा हामीलाई  अवश्य लाज हुनेछ ।

    💢कार्की डिबी माकुम,

    सुनवल-४, नवलपरासी ।

    👉️पञ्चाङ्ग:२०

     दिलमा चल्न थाल्यो अब वेदनाको हुरी यहाँ 

     पैसाको मुख कालो मित्रसँग बढ्यो दुरी यहाँ

    धनीलाई  मस्ती  गरिबलाई  सास्ती  पिरै पिर

    चुन थाल्यो घाम पानी छेक्ने घरको धुरी यहाँ 

    छैन आङ नै ढाक्ने बस्त्र लाग्छ कुरीकुरी यहाँ ।

     💢राज कुमार राजभण्डारी, खाेटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलाे राधे राधे भक्तपुर ।

    Leave a Reply