“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: चौरानब्बेऔंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ:
अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-९४ ——————————-
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
मिति:- २०८१/०१/२४
बुधबार बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन अनुरोध छ।
……………………………………….
प्रशिक्षक:-
……………
सोमनाथ लुइटेल
गुणनिधि घिमिरे
सुशीला पौडेल
………………………
भाषा शुद्धीकरण:-
———–
पुष्पा सुवेदी नेपाल
भवानी घिमिरे
जमुना आचार्य
पशपती राई
सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य
प्रवर्तक तथा संयोजक
सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================
अक्षर सङ्ख्या:- [बराबरी]
अनुप्रास :- आफुखुसी
स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१
लगाइएकाे गुणकाे ऋण चुकाउन गाह्राे छ
गलत नगर्नेलाई शिर झुकाउन गाह्रो छ
गलत गर्ने आफू दोष अरूलाई दिन्छन् यहाँ
मुटुमा लागेको गैराे चोट फुकाउन गाह्रो छ
तप्प खस्न लागेको याे आँसु लुकाउन गाह्रो छ।
✍️सुशीला पौडेल
पञ्चाङ्ग:०२
अब म भरोसा स्वयंमा पाल्दैछु आज
मनको पिर दु:ख सबै बाल्दैछु आज
नसोच्नु कसैले यो कम्जोर छ भनेर
निरंशी आका नाताहरु ढाल्दैछु आज
कठोरता यो मनलाई गाल्दैछु आज।
✍️दुर्गा आचार्य, मोरङ ।
पञ्चाङ्ग:०३
हेर त रुन नजान्ने मान्छे कसरी हाँस्दैछ आज
मिठो बोली बोलेर नक्कली माया पो गाँस्दैछ आज
मायाको नौटंकी गर्न पनि कति सिपालु है मान्छे
झुठो कसम खाएर छाँतीमा फोटो टाँस्दैछ आज
दिलमा माया साँच्दैन मनै पो बरु मास्दैछ आज!
✍️पशपती राई, खोटाङ ।
पञ्चाङ्ग:०४
०१
मनको मैलो फालेर आउनु होस्
पाइला सधैँ चालेर आउनु होस्
दु:खका दिन कसरी आउँछ र ?
विपत्ति चाहिँ ढालेर आउनु होस्
दरिद्रता त्यो फालेर आउनु होस् ।
०२
नयाँ उत्तम प्रयोग गर्न मनलाग्छ
समीप रहेर केही धर्न मनलाग्छ
व्याकुल हुन्छ मन कसैको सम्झनामा
दु:खमा दुखलाई नै हर्न मनलाग्छ
केही गर्न नसक्दा त मर्न मनलाग्छ ।
✍️सोमनाथ लुइटेल ” रवि पाल्पाली ” बर्दिया ।
पञ्चाङ्ग:०५
श्रमिकको मुल्य कहाँ पाइन्छ भन साथी
मुल्य पाउने ठाउँमा धाइन्छ भन साथी
पसिना नसुक्दै मूल्य पाएमा अति राम्रो
जीवन त्यस्तै कसरी खाइन्छ भन साथी
दुःखमा सुख जसरी गाइन्छ भन साथी।
✍️सन्ध्या गौतम, काठमाडौं ।
पञ्चाङ्ग:०६
हुन् आमा ममताकी खानी सधैँ
घरमा आमा नै हुने हो रानी सधैँ
शुन्य हुन्छ आमा बिना सबै घर
आमानै हाम्रो प्राणकी दानी सधैँ
मातृत्व भाव यिनैको बानी सधैँ।
✍️कार्की डिबी माकुम !सुनवल-४, नवलपरासी ।
पञ्चाङ्ग:०७
कहिले माया वर कहिले पर छ प्यारा
कतै भुलेर जान्छौ कि भन्ने डर छ प्यारा
तिमी अरू नरोज्नु है म धन खोज्ने छैन।
मलाई त केवल तिम्रो नै भर छ प्यारा
मेरो नाम पछाडि तिम्रो नै थर छ प्यारा।
✍️सुष्मा मगर रोल्पा, हाल भारत ।
पञ्चाङ्ग:०८
यो मनको मैलाे फाल्न कहाँ जानु होला?
सुखको पाइला चाल्न कहाँ जानु होला?
चारैतिर अन्धकार अन्धकार देख्छु
विपत्ति पाइला ढाल्न कहाँ जानु होला?
सुखी संसार अँगाल्न कहाँ जानु होला?
✍️सरस्वती श्रेष्ठ, इटहरी ।
पञ्चाङ्ग :०९
मनमा सम्झना अपूर्व लाग्छ धेरै
आमा सँगै हुँदामा डर भाग्छ धेरै
आमा शक्ति अद्भुत क्षमताको हुन्छ
आमाको नजिकै स्फूर्ती जाग्छ धेरै
आफ्नै बारीमा हरियो साग छ धेरै।
✍️बेदु न्यौपाने 🌹🌹
पञ्चाङ्ग:१०
पीडा कम गराई दिने मेरी आमा
सुख,खुसी भराई दिने मेरी आमा
आजको दिन विशेष सम्झना मेरो
दुष्टलाई हराई दिने मेरी आमा
काम गर्दा सराई दिने मेरी आमा।
✍️ह्यारिस
👉 समपञ्चाङ्ग ०१ 🇧🇹
कुनै समय मन परेको खुसी हराएको छ
किन किन मन आज भित्रभित्रै डराएको छ
निराशाको गहिराइमा पौडी पौडी तडपिदा
मन खासै विरक्तले चिच्याउँदै कराएको छ
अनासक्त बढेर निर्वेद मन पराएको छ ।
छटपटी बढेर वैरागी मन खराएको छ
अति नै सुकाएर बेचैनी गराएको छ
औडाहाले सम्पूर्ण उकुसमुकुस पारिदिँदा
प्रलोभनले सामान्यताको स्रोत झराएको छ
अलिकति जोगाएको आनन्द नै टराएको छ ।
💢अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹
पञ्चाङ्ग:१२
इमानिले थलो छोड्न परेको छ
असत्यलाई नै ओड्न परेको छ
जोश र जाँगरलाई बचाउन,
दुषित योजना गोड्न परेको छ
कर्मतिर मन जोड्न परेको छ ।
✍️सुस्मिता अधिकारी ,काठमाडौँ ।