
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :-७७ सतहत्तर औँमा हामी पुगेका छौँ ।
लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
मिति:- २०८१/०१/१३गते
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:७७[सतरौऔं] चित्रपटमा छौं।
यहाँहरुलाई हार्दिक स्वागत गर्दै
यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
सोमनाथ लुइटेल “रवि पाल्पाली”
गुणनिधि घिमिरे
सुशीला पाैडेल
चित्र संकलन
सुशीला पाैडेल
संकलन
सुशीला पौडेल
दुर्गा रिजाल आचार्य
शुद्धीकरण
भवानी घिमिरे
जमुना आचार्य
पशपती राई
पुष्पा नेपाल (सुवेदी )
संरचना
अनुप्रास :- आफू खुसी
स्थायी :- आफू खुसी
अक्षर :- बराबरी
प्रवर्तक तथा समायोजक
सोमनाथ लुइटेल “रवि पाल्पाली”
तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]

~~~~~
चित्रमा पञ्चाङ्ग
~~
🇳🇵पञ्चाङ्ग ०१
के याे कमिलाकाे खाेपी हाे ?
या त धमिराकाे टाेपी हाे ?
नाक छ मुख छ हाँसेकाे
कसैकी सुन्दरी गाेपी हाे ?
लाै सुङ्गुरे बन्दाकाेपी हाे ?
✍️सुशीला पाैडेल ।
🇳🇵पञ्चाङ्ग ०२
हरियो तरकारीमा मन बढाउनु पर्छ
नयाँ प्रविधि नवीन सोँच पढाउनु पर्छ
बन्दगोभी जीवनको निमित्त लाभदायक
सबै वस्तु चिजबिजलाई चढाउनु पर्छ
यसैमा सबैले मनलाई मढाउनु पर्छ ।
✍️सन्ध्या गौतम, काठमाडौं ।
🇳🇵पञ्चाङ्ग ०३
हरियो परियो खानाले रोग भाग्छ जान्नु
यहि खाएपछि काममा मन जाग्छ जान्नु
किसान त निरोगी हुन्छ रोगी शहरका
शहरका बजारमा यसैको माग्छ जान्नु
ताजा तरिन खाएमा शरीर लाग्छ जान्नु ।
✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” बर्दिया ।
🇳🇵पञ्चाङ्ग ०४
बन्दाको भिडमा बंगुरको आकृति भेटिन्छ यहाँ
नाम एउटाको मात्र कसरी भिन्न रेटिन्छ यहाँ
कलाकारिता तरकारीले पनि त मन पराए ,
पकाउने बेलामा बारीमा पाइला मेटिन्छ यहाँ
मिहिनेतको फल बजारमा पनि फेटिन्छ यहाँ।
✍️सुस्मिता अधिकारी , काठमाडौँ ।
🇳🇵पञ्चाङ्ग ०५
बन्दाकोपीमा पनि जनावर पाईन्छ अब
अचम्म मान्दामान्दै तर्कारी नै खाईन्छ अब
कलियुगमा अनेक देख्न पाइने रहेछ
खान खोजेको तर्कारीको लुगा लाईन्छ अब
सके सम्म यसैको गीतहरु गाईन्छ अब।
✍️दुर्गा आचार्य, मोरङ ।
🇳🇵पञ्चाङ्ग ०६
च्वाँचे हाे कि बन्दा चिन्नै गाह्रो भाे
सफा हाे कि गन्दा चिन्नै गाह्रो भाे
नराम्ररी छाेएछ कलि युगले
दाम हाे कि चन्दा चिन्नै गाह्रो भाे
सबै परे फन्दा चिन्नै गाह्रो भाे ।
✍️भवानी घिमिरे, सर्लाही ।
🇳🇵पञ्चाङ्ग ०७
अर्गानिक हो कि बिषादी युक्त चिनेर खानुपर्छ
किसानलाई मर्कामा पार्नुहुन्न किनेर खानुपर्छ
भन्नलाई त सजिलो नै छ भाग्छ रोग सागपातले
याद राख मसिनो गरी दाँतले पिनेर खानुपर्छ
स्वास्थ्य नै हो ठुलो धन अविकृत बिनेर खानुपर्छ।
✍️मन्दिरा सेढाई, मलेखु धादिङ ।
🇳🇵पञ्चाङ्ग ०८
मान्छे पनि जनावर हुन्छ कि डर हुन थाल्यो
अचम्म जनावर जस्तै खान कर हुन थाल्यो
अब त सागसब्जी मासु सम्झेर खाऊ साथी हो
मान्छेको आँखै झिल्मिल पर्ने जर हुन थाल्यो
मनुष्यलाई ओट लाउन सागँकै घर हुन थाल्यो।
✍️सुष्मा मगर रोल्पा, हाल भारत ।
🇳🇵पञ्चाङ्ग ०९
बन्दा हरियो तरकारी फलेको देखियो
यो अनौठो जनावरमा ढलेको देखियो
कलियुगमा के के हुन्छ भन्छन् बुढापाका
पशु हावी हुँदा हरियो गलेको देखियो
प्रकृतिले नि किन होला छलेको देखियो ।
✍️शोभा आचार्य गौतम, काठमाडौँ ।
🇳🇵पञ्चाङ्ग १०
फलफूल र हरियो सागसब्जी खाने गरौँ हामी
आफ्नै खेतीमा नै उब्जाएर आफ्नै भर परौँ हामी
मिहिनेत मात्रै चाहिन्छ के फल्दैन हाम्रो देशमा
कहाँको माटोमा के फल्छ त्यही बिउ छरौँ हामी
टन्न खाद्यान्न फलाइ सबले भकारी भरौँ हामी।
✍️पशपती राई, खोटाङ ।
🇳🇵पञ्चाङ्ग ११
तरकारी काउलीको मस्तै बनेको छ
भिटामिन भरिपूर्ण स्वस्तै बनेको छ
भरतपुर गर्नु पर्छ मलजल सबै मिलि
फलेको होकी बसेकाे व्यस्तै बनेको छ
पिरो पिरो तरकारी सस्तै बनेको छ ।
✍️ गोविन्द धामी, दार्चुला।
🇳🇵पञ्चाङ्ग १२
बन्दाको पत्र जस्तो जिन्दगी
गायक छत्र जस्तो जिन्दगी
बाँचेका छौँ हामी रमाएर
उमेर सत्र जस्तो जिन्दगी
डुब्ने सर्वत्र जस्तो जिन्दगी।
✍️प्रभा पोखरेल , अमेरिका ।
🇳🇵पञ्चाङ्ग १३
थाहा छैन खै कुन्नि कसले बनायो
पक्कै नि कला पस्कने रसले बनायो
उसको कलालाई मेरो सलाम छ
बन्दाको यो सुगुँर जसले बनायो
कोही त भनिदेऊ यसले बनायो ।
✍️श्रीकृष्ण शर्मा, पोखरा ।
🇳🇵पञ्चाङ्ग १४ 👉 समपञ्चाङ्ग 🇧🇹
हिजोआज शाकाहारी सुङ्गुर बनेकोछ हेर
कुन कुन सब्जीले बन्यो भन्दै गनेकोछ हेर
कोपी काउली काफि छ अरु सब्जी कहाँ पाउली
त्यो कला नझुक्नेले नानाभाँती भनेकोछ हेर
जहिल्यै नै नकारात्मकसँग तनेकोछ हेर ।
सबै मिलिजुली प्रगति गर्न कनेकोछ हेर
बिहान र बेलुकै बाँझो बारी खनेकोछ हेर
खाऔं ताजा तरकारी बनौं शाकाहारी भन्नेले
निश्चित कामको बाहिर मन छनेकोछ हेर
सागसब्जी उब्जाउन ध्यानले धनेकोछ हेर ।
✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹
🇳🇵पञ्चाङ्ग १५
गलामा डाेरी टाँसेछ साथी
कसको बारी नासेछ साथी
कति राम्रो छ पत्ता सुङ्गुर
कस्ताे याे नाता गाँसेछ साथी
बन्दाकाेपीले हाँसेछ साथी।
✍️ह्यारिस ।
🇳🇵पञ्चाङ्ग १६
पत्रै पत्र देखिन्छ जती गन्दा पनि
हरियाे सुङ्गुर हो कि झैँ बन्दा पनि
आँखा उसका रिठ्ठा झै मिलेका काला
कान ठूला गाला र मुख भन्दा पनि
जोगाउन गरो छ झन धन्दा पनि।
✍️नानीबाबा अधिकारी, काठमाडौं ।