साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ७५

  • ८ बैशाख २०८१, शनिबार २३:२८ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग ७५  पचहतरौंमा हामी पुगेका छौं।नेपालीहरुको नयाँ वर्ष नजिक आइरहेको हुँदा नयाँ वर्ष विशेष पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ।सम्पूर्ण देश तथा विदेशमा रहनु हुने नेपालीहरुमा नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१

    मिति:-  २०८१/०१/ ०६गते

    आदरणीय पञ्चाङ्ग अनुरागी  एवम्  स्रष्टाज्युहरू हार्दिक नमस्कार  ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:७५[पचहतरौं]  चित्रपटमा छौं।

             यहाँहरुलाई हार्दिक स्वागत गर्दै

     यस्  शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक : 


    सोमनाथ लुइटेल “रवि पाल्पालि

    गुणनिधि घिमिरे 

    सुशीला पाैडेल 

    चित्र संकलन 


    सुशीला पाैडेल 

    संकलन

    सुशीला पौडेल 

    दुर्गा रिजाल आचार्य

     शुद्धीकरण 


    भवानी घिमिरे 

    जमुना आचार्य 

    पशपती राई 

    पुष्पा नेपाल (सुवेदी )

    संरचना 


    अनुप्रास :- आफू खुसी

    स्थायी :- आफू खुसी 

    अक्षर :-  बराबरी 

    पर्वतक तथा समायोजक


    सोमनाथ लुइटेल “रवि पाल्पाली”

                      तथा 

    पञ्चाङ्ग साहित्य समाज नेपाल 


    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]

    ~~~~~

    पञ्चाङ्ग   ०१

    फर्सीको झाङमा करेला फलेको देखियो

    त्यसैमाथि सिद्धि गणेश ढलेको  देखियो

    झुक्याउन पनि कतिसम्म सक्दा रहेछन्

    पानी हाली दियो आरती बलेको देखियो

    सबै बुझ्दा हाम्रो मन नै छलेको देखियो।

    ✍️घनश्याम पौडेल, पोखरा ।

    पञ्चाङ्ग   ०२

    तरकारीमा  गणेशको नै ज्यान  देखियो

    कति राम्रो विचित्र अनौठो सान देखियो

    भगवान  जुनै  रुपमा  पनि कति  सौम्य

    ईश्वर  सजाएर  राखेको   मान  देखियो 

    तरकारीमा  भगवानको   थान  देखियो ।

    ✍️शोभा आचार्य गौतम, काठमाडौँ ।

    पञ्चाङ्ग   ०३

    बाझिएको जमिनमा फेरि खेतीको श्रीगणेश गर्नु पर्छ

    प्रविधिको  अधिक  प्रयोग  गरि  उन्नत  बिउ छर्नु पर्छ

    समृद्ध नेपाल सुखी नेपाली  भाषण गरेर  हुदैन है

    त्यसको लागि त सबै मिलि काम गर्न पो अघि सर्नु पर्छ

    खोपडीमा हावा मात्रै हालेर हुन्न है दिमाग भर्नु पर्छ।

    ✍️पशपती राई , खोटाङ ।

    पञ्चाङ्ग   ०४

    हरियो परियो  करेलाको  पातमा हुन्छ 

    यो औषधि  प्रयोग गरेमा जातमा हुन्छ 

    करेला  तितो भए   मिठोलाई नष्ट गर्छ 

    सबै  कुरा मिलाएर खाने  बातमा हुन्छ 

    चिनी रोगलाई ठिक पार्ने आँतमा हुन्छ ।

    ✍️सन्ध्या गौतम, काठमाडौं ।

    पञ्चाङ्ग   ०५

    तितो हुन्छ औषधिको  काम गर्छ साथी 

    सस्तो   छैन  तर  पनि  दाम पर्छ साथी 

    जीवनको  लागि  लाभदायक    करेला

    करेलाले      मधुमेहलाई    हर्छ   साथी 

    किसानले  जनताको  लागि छर्छ साथी ।

    ✍️सोमनाथ लुइटेल  “रवि पाल्पाली” बर्दिया ।

    पञ्चाङ्ग   ०६

    करेलाको   तरकारी  त   खानुपर्छ   साथीहरू

    आफ्नै  बारीमा  फलफुल लानुपर्छ  साथीहरू

    बाचुन्जेल सम्म त हो तिथोमिथो जेपनि चल्छ

    एक  दिन   हामी   मरेर    जानुपर्छ   साथीहरु

    जिउँदै  मा  हामीले  खुःशी पानुपर्छ  साथीहरू ।

    ✍️ सुष्मा मगर, रोल्पा ।

    पञ्चाङ्ग   ०७

    जिब्रोलाई  चट्टपार्ने    करेलाकै  बातमा हुन्छ

    रक्तचाप   घटाउँने    करेलाकै   हातमा हुन्छ

    मिठोखाने राम्रो लाउने मानिसको जात नै हो

    सब्जी तितो बनाउने करेलाकै जातमा  हुन्छ

    आलुलाई मिलाएमा  करेलाकै कातमा हुन्छ।

    ✍️मल्ल लक्ष्मी श्रेष्ठ, मेची किनार

    बिर्तामोड झापा।

    पञ्चाङ्ग    ०८

    कठिन  नायबीको     खराबी भेटियो

    ताल्चा फोरेपछि बल्ल चाबी भेटियो

    त्यस्तो चाबीको के काम भन्थे भन्नेले

    उही त्यो  बुझपच्ची  बिनाबी भेटियो

    अनि सज्जन  माथिको दाबी भेटियो ।

    ✍️अच्युत घिमिरे, भुटान ।

    पञ्चाङ्ग   ०९

    जिब्रोले  उत्तम  ठान्ने  उही   करेलो 

    भान्सामा इज्जत धान्ने  उही करेलो 

    मिठाे  हुन्न  तीतो हुन्छ कलबिख नै 

    तरपनि  बन्छ  जान्ने  उही    करेलो 

    अचार  अब्बल  मन्ने  उही    करेलो ।

    ✍️भवानी घिमिरे, सर्लाही ।

    पञ्चाङ्ग   १०

    कर्तव्य नै बिर्सिएर चल्न थालेपछि 

    अरूको प्रगति देख्दा जल्न थालेपछि 

    हरचिजमा प्रभु नै प्रभु देखिने छन् 

    युधिष्ठिरले समेत छल्न थालेपछि 

    करेलामा नि गणेश फल्न थालेपछि।

    ✍️श्रीकृष्ण शर्मा, पोखरा ।

    पञ्चाङ्ग   ११

    करेला जस्तो तितो नबन साथी तिमीले

    रुखो वचन   बोली नभन साथी तिमीले

    करेला  नि  औषधिको    रुपमा आउँछ 

    आफू सरह  त्यस्तो नगन साथी तिमीले

    अरुको   विरुद्धमा नखन साथी तिमीले।

    ✍️राधेश्याम नगरकोटी, भक्तपुर ।

    पञ्चाङ्ग   १२

    एक्कासि निस्कन्छ हाँसोका दल स्मृतिका

    यी  अश्रु  तपतप   झर्छ  भल     स्मृतिका

    बिगतका  पाना    पल्टाएर        हेर्दा खेरी

    भेटिन्छ  बाल्यपनको   छल       स्मृतिका

    गुलाब  बनी  रहन्छ  त्यो  पल    स्मृतिका ।

    ✍️सीमा कार्की समर्पण, काठमाडौं ।

    पञ्चाङ्ग   १३

    फल्न पनि कसरी फलेको करेलो 

    भारी ज्यान हुनाले ढलेको करेलो 

    जन्म गजाननको भए पनि तितो

    भुटेपछि फतक्क  गलेको करेलो

    तरकारीमा    नाम चलेको करेलो ।

    ✍️प्रभा पोखरेल, अमेरिका ।

    पञ्चाङ्ग   १४

    ०१)

    गमला खनेका छन् करेला गणेश

    एउटा  गनेका छन्  करेला गणेश

    आहा कति राम्राे रंग रूप भएकाे

    हरियाे  बनेका छन्  करेला गणेश

    सबैले भनेका छन्  करेला गणेश।

    ०२)

    स्वार्थी  भएर   चल्न थाले यहाँ

    मान्छेले मान्छे छल्न थाले यहाँ

    सकारात्मक  सोच्नु  छ हामीले

    आफ्नै बाेलीले जल्न थाले यहाँ

    मुखाैटा  लेप   दल्न  थाले यहाँ।

    ✍️सुशीला पौडेल ।

    पञ्चाङ्ग   १५

    शरण    पराैं   गणेशकाे

    महिमा  छराैं   गणेशकाे

    हरित   रूपमा     मनले

    ध्यान त्याे गराैं गणेशकाे

    भक्ति नै  भराैं  गणेशकाे।

    ✍️ह्यारिस ।

    Leave a Reply