साप्ताहिक पञ्चाङ्ग चित्रपट- ७५

  • ६ बैशाख २०८१, बिहीबार ०५:०८ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- पचहतरौंमा हामी पुगेका छौं।नेपालीहरुको नयाँ वर्ष नजिक आइरहेको हुँदा नयाँ वर्ष विशेष पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ।सम्पूर्ण देश तथा विदेशमा रहनु हुने नेपालीहरुमा नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१

    मिति:-  २०८०/१२/ २९गते

    आदरणीय पञ्चाङ्ग अनुरागी  एवम्  स्रष्टाज्युहरू हार्दिक नमस्कार  ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:७५[पचहतरौं]  चित्रपटमा छौं।

             यहाँहरुलाई हार्दिक स्वागत गर्दै

     यस्  शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक : 


    सोमनाथ लुइटेल “रवि पाल्पालि

    गुणनिधि घिमिरे 

    सुशीला पाैडेल 

    चित्र संकलन 


    सुशीला पाैडेल 

    संकलन

    सुशीला पौडेल 

    दुर्गा रिजाल आचार्य

     शुद्धीकरण 


    भवानी घिमिरे 

    जमुना आचार्य 

    पशपती राई 

    पुष्पा नेपाल (सुवेदी )

    संरचना 


    अनुप्रास :- आफू खुसी

    स्थायी :- आफू खुसी 

    अक्षर :-  बराबरी 

    पर्वतक तथा समायोजक


    सोमनाथ लुइटेल “रवि पाल्पाली”

                      तथा 

    पञ्चाङ्ग साहित्य समाज नेपाल 


    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]

    ~~~~~

         चित्रमा पञ्चाङ्ग 

    ~~

    पञ्चाङ्ग   ०१

    फूल र काँडा  बिन्छु नयाँ वर्षमा

    आफ्नाे  पराइ चिन्छु नयाँ वर्षमा

    सबैकाे जीवन रहाेस् खुशी खुसी

    त्यही  मुस्कान लिन्छु नयाँ वर्षमा

    शुभकामना   दिन्छु   नयाँ बर्षमा।

    ✍️सुशीला पौडेल ।

    पञ्चाङ्ग   ०२

    हौसला,खुसी लिएर आओस् नयाँ वर्ष

    अँध्यारो हट्दै उज्यालो छाओस् नयाँ वर्ष

    साल फेरिएर  नकारात्मकता हट्दै

    हरेकले सुख शान्ति पाओस् नयाँ वर्ष

    चराचुरुङ्गी नि  गीत गाओस् नयाँ वर्ष।

    ✍️शोभा आचार्य गौतम, काठमाडौँ ।

    पञ्चाङ्ग   ०३

    खुशी भरौं नयाँ वर्षमा

    शान्ति छरौं नयाँ वर्षमा

    शुभकामना छ सबैमा

    दुःख हरौं नयाँ वर्षमा

    शुभ गरौं नयाँ वर्षमा।

    ✍️ह्यारिस ।

    पञ्चाङ्ग   ०४

    मनमा सुन्दर बिचार गरौं सबैले

    मेटाएर द्वेष  सद्भाव छरौं सबैले

    नया वर्षको शुभकामना सबैलाई 

    अहंकार मासेर  प्रेम  भरौं सबैले

    दानवीय  प्रवृतिलाई  हरौं सबैले।

    ✍️पशपती राई, खोटाङ हाल प्रवास।

    पञ्चाङ्ग   ०५

    वैशाख आयो नयाँ  वर्षको  शुभारम्भ

    गदगद  खुसी   र   हर्षको   शुभारम्भ

    सुख  ल्याउला  दुई  हजार एकासीले

    दिलाउला छुट्कारा घर्षको शुभारम्भ

    अन्त्य गराउला त्यो धर्षको शुभारम्भ ।

    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    पञ्चाङ्ग   ०६

    नयाँ वर्षले खुसियाली लिएर आओस् है

    एकासी सालले सबैमा उमङ्ग छाओस् है

    पुरानो कुरीति त्यागेर  मित्र  भाव  जाऊँ

    नव  कोइलीले  मधुरस  गीत  गाओस् है

    आफ्नै देशमा  सबैले रोजगार पाओस् है।

     ✍️ बेदु न्यौपाने 🇳🇵

    पञ्चाङ्ग  ०७

    ०१)

    नव  वर्षमा  रुन  नपरोस्   कसैलाई 

    अप्ठ्यारोमा  हुन  नपरोस् कसैलाई 

    शुभकामना सबैमा एकासी सालको 

    खसेको आँसु धुन नपरोस् कसैलाई 

    दु:खको  पल छुन नपरोस् कसैलाई ।

    ०२)

    नयाँ वर्षमा सबैको लागि माया मिलोस 

    घाम हुँदा  बर  पिपलको छाया मिलोस

    दुई हजार  एकासीको   शुभकामना छ 

    सदैव  प्रगति  तिमीलाई  दायाँ मिलोस 

    रोगलाई निको पार्ने  गर्ने काया मिलोस।

    ✍️सन्ध्या गौतम, काठमाडौं ।

    पञ्चाङ्ग   ०८

    नयाँ वर्षको  शुभकामना      लिएर जानू है

    एकासी औँ सालको कामना  दिएर जानू है 

    आज  हामी  टाढा छौँ  तर  नजिक हुनुपर्छ 

    आदानप्रदान   हर्ष  दु:ख   पिएर  जानू   है 

    मिल्छ  भने  दुखलाई  पनि   सिएर जानू है 

    ✍️सोमनाथ लुइटेल  “रवि पाल्पाली” बर्दिया ।

    पञ्चाङ्ग   ०९

    जोश जाँगर लिएर आइदेउ 

    निराशा सारा पिएर आइदेउ 

    नयाँ बर्षको शुभकामना पोख्दै 

    स्वार्थ र लोभ खिएर आइदेउ 

    टुटेका मुटु  सिएर आइदेउ ।

    ✍️सुस्मिता अधिकारी ,काठमाडौँ ।

    पञ्चाङ्ग   १०

    बगैंचामा  फूल फुलेर  हाेला  सुवास  छाएछ आज

    फूलै  फूलको उपहार  बाेकी  वसन्त आएछ आज

    पुरानो  दिनलाई  बिर्सिदै नयाँ  दिनको  थालनीमा

    हर्ष  र  उमंगले  नयाँ  बर्षकाे गीत  गाएछ आज

    आपसमा खुसीको चिनाे साट्दै पिरती लाएछ आज।

    ✍️राज कुमार राजभण्डारी खाेटाङ्गे

    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।

    पञ्चाङ्ग   ११

    नबनाेस् कसैकाे आँखमा आँसुको ताल शुभकामना

    साेचेझैं रहिरहाेस् समय अनि हाल शुभकामना

    विसंगति,असमानता हटाइ अगाडि बढ्दै जाँदा 

    नथापाेस् कसैलेनि  पासाे बनाइ जाल शुभकामना 

    सुखमय बनीरहाेस्  याे एकासी साल शुभकामना।

    ✍️उर्मिला के.शी.  धनकुटा ।

    पञ्चाङ्ग   १२

    आस्तिक भाव राख्दै मनाइयोस् नववर्ष 

    मनको मैलो पखाल्दै जनाइयोस् नववर्ष 

    सबैको मङ्गल हुने कामना नयाँ वर्षको 

    मनका कटुतानै सबै बनाइयोस् नववर्ष 

    मन प्रभु चिन्तनमा नै भनाइयोस् नववर्ष ।

    ✍️कार्की डिबी माकुम सुनवल-४, नवलपरासी ।

    पञ्चाङ्ग   १३

    दुःखै दुःखको रहेछ घेरो जिन्दगी

    आँसु आँसुमा डुबेको मेरो जिन्दगी

    मलाई नि रमाउँदै हिँड्न मन थ्यो  

    भयो पीडा नै पीडाकै फेरो जिन्दगी 

    चल्दै छ यै कष्टको मेहेरो जिन्दगी । 

    ✍️श्रीकृष्ण शर्मा, पोखरा–५, मालेपाटन ।

    पञ्चाङ्ग   १४

    लुकाई राखेको मातालाई खोजि पता लगाएर आउ 

    आफ्नो पुच्छरमा आगो लगाई लङ्का जगाएर आउ

    शत्रुको तागत जाँचि आएर हनुमान पत्ता पाउने तिमी

    श्री राम सहित भाइ बन्धुलाई लङ्का भगाएर आउ 

    अधर्मले बिनास ल्याउने भनी शिक्षा  मगाएर आउ ।

    ✍️सिमा कार्की समर्पण , काठमाडौं ।

    पञ्चाङ्ग   १५

    भन्नलाई सजिलोछ तर गर्न गार्हो हुन्छ

    सुखा याममा बोट बिरुवा सर्न गार्हो हुन्छ

    हावा पानीको अनुकूल नमिल्दा खेरी पनि

    पाकेकै फल पनि यहाँ त झर्न गार्हो हुन्छ

    त्यसैले कसैको पनि भर पर्न गार्हो हुन्छ।

    ✍️सरस्वती श्रेष्ठ, इटहरी ।

    Leave a Reply