
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १५२ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५१ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको तस्बिर:

साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १५२ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू-
[१]
सभा
निरन्तर छलफल
जनता सधैँ अलमल !
- वसन्त अनुभव
[२]
सधैँ
नेताको भेला
सडकमा कुकुरको खेला ! - बेदु न्यौपाने
[३]
अलमल
नेताको छलफल
जनता रुवाउने पलपल ! - अच्युत घिमिरे, सर्पाङ, भुटान
[४]
सम्वाद
छलफल कुराकानी
चुनावी कुरा सहमत !
विद्यार्थी- सम्झना कुसुम
[५]
उसको
व्यवहार चहलपहल
देश पूरै खलबल ! - सनत रोकाय विवश
कुशे गाःपा-८, जाजरकोट
[६]
बहुतै
गर्छन् भलाकुसारी
जनतालाई अन्यौलमा पारी ! - डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा. पा.-६, दोलखा
[७]
कुकुरहरू
भएर भेला
देखाउन लागे खेला ! - सरिता सेढाई, धादिङ
[८]
छलफल
भएन उस्तै
चित्रले बोल्यो दुरुस्तै ! - अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा-६, संखुवासभा
[९]
उदय
कुकरकाे भेला
सिंहदरबार भाे मेला ! - भाेलामान बर्देवा, धरान-८, सुनसरी
[१०]
नलाग्दै
कात्तिक महिना
छलफल भयो महिमा ! - सविता के.सी.
[११]
कुदृष्टि
पराइको खटाइ
कुकुरहरूलाई सुगा रटाइ ! - ऋजु दिलपाली
[१२]
भेला
केवल लगाउने
निजी स्वार्थको मेला ! - पृथक प्रकृति, झापा
[१३]
सभा
हुन्छ निष्कर्षविहिन
भागको सधैँ झगडा ! - समुन्द्रा शर्मा, सुनसरी
[१४]
कुकृत्यहरू
बनावटी जागृतिहरू
खतर्नाक नयाँ खुरापातिहरू ! - रामप्रसाद पुरी, बादेल, खाेटाङ
[१५]
सडक
कुकुर भेला
दाउको अनौठो खेला ! - आर्त अकुलीन
[१६]
कुकुर
आपसी सद्भाव
हड्डीका निम्ति द्वन्द ! - कमला देवकोटा, पाल्पा
[१७]
सत्ता
कुकुरको जमघट
देखाउँदै अनौठो चटक ! - हिमाल अम्मै, घोडाघोडी, कैलाली
[१९]
कुकुर
एकछिन मिलन
भाग नपुगे ङ्वारङ्वार ! - प्रेम थापा ‘मन’
[२०]
झुण्ड
आतङ्काे काण्ड
तछाड मछाडकाे मुकुण्डाे ! - राेशन पराजुली, धरान
[२१]
सभा
कुकुरको आज
आफैमा धेर बाझाबाझ! - चक्र शाही, लम्की, कैलाली
[२२]
छलफल
कुकुरहरू भेला
हुन्छ सधैँ झमेला ! - प्रविना प्रयासी, ओखलढुंगा
[२३]
आहा
कुकुर जति
छैन मान्छे पनि ! - नागेन्द्रप्रसाद यादव, दाङ
[२४]
चित्र
उस्तै छ
यहाँ पनि विचित्र ! - दीपा समभाव
दुबेकोल, खोटाङ
[२५]
अधोगति
भाइ भतिजा
निजी स्वार्थको नतिजा ! - कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी
[२६]
कुकुर
हड्डी छान्ने
लुछाचुँडी गर्दै खाने ! - भवानी घिमिरे, सर्लाही
[२७]
गोलबन्द
कुकुरको बकबक
एउटै जातको रजगद ! - सन्तु खत्री
[२८]
सभा
कुकुर जमात
दाउ मार्ने सोचमा ! - धनमाया चौधरी, कैलाली
[२९]
सावधान
विचित्रको भेला
देशमा हुँदैछ खेला ! - रघु थापा, सु न पा.-१
[३०]
सडक
कुकुरको जमातले
पारिसके देश सखाप ! - सरस्वती वली, बर्दिया
[३१]
भेला
हड्डीको खोजाइ
भेट्दा ङ्यारङुर रेला ! - गोपेन्द्र रिजाल, पाँचथर
[३३]
छलफल
सत्तामा लुछाचुँडी
नैतिकता खाने राजनीति ! - पशपती राई, खोटाङ
[३४]
छलफल
स्वार्थी कुकुरको
स्वागत गर्छौँ हामी ! - सुस्मिता अधिकारी, काठमाडौँ
[३४]
भेला
राजनीति खेला
देखाउँछन् कुकुरको मेला ! - सरस्वती श्रेष्ठ, इटहरी
[३५]
गल्ली
कुकुरको भेला
जनता उनका चेला ! - सुरेश न्यौपाने
[३७]
बैठक
बथान कुकुरको
ढाल्ने कसरत दाजैको ! - चेतराज जैशी, हाल: UAE
[३८]
कडा
ङिच्च दाह्रा
सधैँ हड्डीमा लफडा ! - विवश पारदर्शी, झापा
[३९]
छलफल
बालुवाको तेल
कागलाई पाकेको बेल ! - बुद्धिप्रसाद लामिछाने
घो नपा-८, दीपनगर, कैलाली
[४०]
भागबन्डा
सभा गर्दै
नेता जस्ता कुकुर ? - ताराप्रसाद चापागाईँ, धुनिबेसी
[४१]
गोलबन्द
छ्लफलमा कुकुर
खान नपाएर हड्डी ! - धर्मी शाक्य, बुटवल ,रुपन्देही ।
[४२]
गोलमेच
भागबन्डाको लागि
देशका विद्वान नेताहरू ! - विके माकजू, भक्तपुर
[४३]
कुकुर
गर्दैछन् छलफल
समस्याको निस्किन्छ हल ! - शोभा आचार्य गौतम, काठमाडौँ
[४४]
यो
नमूना चित्र
विचित्र राजनिति दलहरूको ! - ध्रुव श्रेष्ठ
खोटाङ, हाल: काठमाडौ
[४५]
चित्र
सदनको भित्र
जस्तै देखिन्छ विचित्र ! - कला ढकाल, झापा
[४६]
बस्छ्न्
सधैँ छलफल
जनतालाई पारेर अलमल ! - अनिता भण्डारी, ताप्लेजुङ
[४७]
बफादार
मालिकको सधैँ
सिक्नु कुकुरबाट ज्ञान ! - शारदा आचार्य, ललितपुर
[४८]
उदाहरणीय
कुकुरहरूकाे समझदारी
सरसल्लाहमा सबैकाे साझेदारी ! - टीकाराम जाेशी, टीकापुर
[४९]
बिचमा
एउटा हड्डी
वरिपरि लालायित कुकुरहरू ! - प्रद्युम्न चालिसे
भक्तपुर, कटुञ्जे
[५०]
कसरी
सरकार बनाउने
विषयमा छलफल तयारी ! - केन्द्रप्रकाश बराल, इलाम
[५१]
बौलाहा
टोक्ला कात्तिकमा
धेरै भयो छलफल ! - एवाइ प्रभात
सहिदभूमि, धनकुटा
What i do not understood is in truth how you are not actually a lot more smartlyliked than you may be now You are very intelligent You realize therefore significantly in the case of this topic produced me individually imagine it from numerous numerous angles Its like men and women dont seem to be fascinated until it is one thing to do with Woman gaga Your own stuffs nice All the time care for it up