
अल कासिम साउदी अरब ! नेपाली राजदूतावास रियाद र गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिती अलकासिमको सयुक्त सहकार्यमा गत मिती २०२४ अप्रिल १९ शुक्रबार र २० शनिबार गरि दुई दिनमा सम्पन्न राहदानी नवीकरण घुम्ती सेवाद्वारा ८०० जना नेपालीले सेवा लिएका छन् ।
उक्त कार्यक्रम अन्तर्गत राहदानी नविकरण फाराम संकलन, नविकृत रादानी बितरण, ट्राभल डकुमेन्टका सेवा सुबिधाहरु प्रदान गरिएको थियो । राहदानी नवीकरण घुम्ती सेवाका लागी नेपाली राजदूतावास रियादका नियोग उप-प्रमुख डा. डम्बरु बल्लब पौडेल ज्युको नेतृत्वमा, प्रथम सचीव श्र टोप नारायण गिरी, तृतीय सचिब आनन्द चुवाइ, तथा अन्य दूतावासका कर्मचारीहरु र अल कासिम स्थित एनआरएनए का पदाधिकारी तथा अन्य संघसंस्था का पदाधिकारी मिलेर सेवा दिइएको थियो !

उक्त कार्यक्रमबाट सेवा सुबिधा लिनको लागी अलकासिम लगयात आसपासका अनैजा, हायल, जुल्फी आदी अलकासिम आसपास बिभिन्न कम्पनिमा कार्यरत ८०० जना नेपाली दाजुभाइ दिदीबहिनीहरु राहदानी नविकरण गर्नका लागी, ५० जना नविकृत राहदानी लिनका लागी र १ जनाको ट्राभल डकुमेन्टको लागी आएका थिए ।
राजदूतावास रियाद द्वारा जारी गरिएको पुर्व सूचना अनुसार धेरै जसो दाजुभाइ दिदिबहिनी राहदानी नविकरणको लागी Pre-enrollment फाराम सेवाग्राही आफैले भरेर आउनुपर्ने भएकोले फाराम भर्न नसक्ने र पहुंच नभएका श्रमिकहरुलाई एनआरएनका पदाधिकारी तथा समाजसेवीहरुले नेपाली राजदूतावास रियादको सुचना जारी गरेको मिती देखी नै प्रचार प्रसार गरी राहदानी नविकरणको लागि चाहिने Pre enrollment फाराम निःशुल्क रुपमा भरी सहयोग गरिएको कुरा एनआरएनए आरसिसिका सचीव सिद्दिलाल श्रेष्ठले जानकारी दिए ।

राहदानी नविकरण टोलि बिहिवार बेलुका बुरैदामा उपस्थित भइ शुक्रवार बिहान ७:०० बजे देखी बेलुका ६ः३०बजे सम्म र शनिवार ७ बजे देखी ७ः३० बजे सम्म शिवीर संन्चालन गरेको श्रेष्ठले जानकारी गराए ।
शनिबारको शिविर संन्चालनमा केही प्राविधिक समस्या आएता पनी नेपाली राजदूताबास रियादका टोली र गैरआवासीय नेपाली संघका पदाधिकारीहरुले निरन्तर खटिएर सेवा दिएका थिए।
राहदानी नविकरण गर्न अल कासिम बाट राजदूतावास रियाद धाउनु पर्ने बाध्यता र खर्चिलो यात्राबाट नेपली दाजुभाई दिदी बहिनीहरुलाई मुक्त गराउन नेपाली राजदूतावास रियादले बुरैदामा राहदानी नविकरण शिविर संञ्चालन गरेकोमा अल कासिममा रहनु हुने एनआरएनएकर्मी, समाजसेवी स्वंयसेवकहरुको आत्मिय र निस्वार्थ सेवाग्राहीरु खुसी भएका थिए ।
सेवा भावले रियादबाट ४०० की.मी. टाढा अलकासिम बुरैदा आएर अहोरात्र रुपमा नेपाली श्रमिकलाई सेवा प्रदान गरिदिनु हुने नेपाली राजदूतावास रियादका सम्पुर्ण टिम तथा साजसेवी स्वंयम सेवक साथीहरु, इस्लामिक सेन्टर बुरैदा, गोर्खा होटल बुरैदा, नेपाली युवा क्लव अलकासिमलाई एनआरएनए आरसिसि अल कासिमले अभार व्यक्त गरेको छ