सांगीतिक प्रस्तुति दिन रियाद आईपुगे चर्चित गायक प्रमोद खरेल

  • २८ चैत्र २०८०, बुधबार २०:१० मा प्रकाशित
  • नेपाली सांगीतिक जगतका चम्किलो नक्षत्रका रुपमा स्थापित चर्चित, भर्सटायल गायक प्रमोद खरेल सांगीतिक कार्यक्रमका लागि साउदीको
    रियाद आईपुगेका छन् ।

    प्रमोद खरेल झापाली समाजको दोस्रो महाधिवेशन तथा बृहत् सांस्कृतिक तथा नया बर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुति दिन रियाद आइपुगेका हुन् । खरेलले शुक्रबार प्रस्तुति दिने आयोजक ले जानकारी दिएको छ ।

    शुक्रबार हुने कार्यक्रम रियाद एक्जिट ९ न: सोनामर्केट पछाडि हुने छ। उनको स्वागतका लागि रियाद को किङ्ग कालीद विमानस्थल रियादमा झापाली समाजका कार्य समितिका पधाधिकारी हरु , नेपाली दुताबास रियादका उप नियोग प्रमुख डा . डमरु बल्लभ पौडेल सहित साउदी अरबमा रहेका समाजसेवी ,बुद्धिजीवी , विभिन्न संघ संस्थामा आबद्ध ब्याक्तित्वहरू एयरपोर्ट पुगेर भव्य स्वागत गरेका थिए ।

    साउदी अरवमा रहनु भएका नेपाली दाजुभाइ दिदिबहिनी , समाजसेवी ,बुद्धिजीवी , विभिन्न संघ संस्थामा आबद्ध ब्याक्तित्व ज्युहरु लाई गरिमामय उपस्थित लागि हार्दिक निमन्त्रणा गर्दछौ झापाली समाज साउदी अरव परिवार।।।।।

    कार्यक्रम हुने मिति स्थान र समय
    मिति :-१२ अप्रिल २०२४ शुक्रबार
    समय :- बिहान १०, बजे बाट
    स्थान :- रियाद एक्जिट ९ न: सोनामर्केट पछाडि

    Leave a Reply