
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: बयानब्बेऔंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ:
अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-९२ ——————————-
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
मिति:- २०८१/०१/१०
बुधबार बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन अनुरोध छ।
……………………………………….
प्रशिक्षक:-
……………
सोमनाथ लुइटेल
गुणनिधि घिमिरे
सुशीला पौडेल
………………………
भाषा शुद्धीकरण:-
———–
पुष्पा सुवेदी नेपाल
भवानी घिमिरे
जमुना आचार्य
पशपती राई
सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य
प्रवर्तक तथा संयोजक:-
==============
सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================
अक्षर सङ्ख्या:- [बराबरी]
अनुप्रास :- आफुखुसी
स्थायी :- अनिवार्य
पञ्चाङ्ग ०१
गर्नु छ तिमीले राम्रो कर्म आफ्नाे
मानव सेवा बुझेर धर्म आफ्नाे
बस्दछन् ईश्वर जस्काे हृदयमा
बुझ्नेछन् बुझ्नेले तब मर्म आफ्नाे
जब छाेडि सबै लाज सर्म आफ्नाे।
✍️सुशीला पौडेल ।
पञ्चाङ्ग ०२
०१)
राम्रो नराम्रो बीचमा चाल्न जान्नु पर्छ
अँध्यारोमा दीपक नि बाल्न जान्नु पर्छ
सहयोगी बन्नु सबैलाई भलो गर्दै
दु:ख पाएकालाई पाल्न जान्नु पर्छ
झुटा मानुस भए फाल्न जान्नु पर्छ ।
०२)
हृदयको आँखा भयौ नजरमा आउ तिमी
घण्टी बजाउँदै अब गजरमा आउ तिमी
मस्तिष्कको बाटो हुँदै दिलमा बास गर्नु है
कहिले नसकिने त्यो अजरमा आउ तिमी
सम्बन्ध दिलमा राख्दै बजरमा आउ तिमी ।
✍️सन्ध्या गौतम, काठमाडौं ।
पञ्चाङ्ग ०३
०१)
हामी बीचको सम्बन्धहरू तोडेको मैले हो
बाटो अन्तै जाने भएकोले मोडेको मैले हो
तिमी बिनाको एक्लोपन खाइरहन्छ सधैँ
मायालुको फूलबारीलाई गोडेको मैले हो
सुमधुर नाता गासुँ भन्दै जोडेको मैले हो ।
०२)
तिम्रो लागि म उपयुुक्त वर सम्झन्छु
तिमी नजिक भए पनि पर सम्झन्छु
तिमी र म बीच फरक केही देख्दिन
तिमीलाई जीवनभर हर सम्झन्छु
तिमीलाई आत्मीय मन चर सम्झन्छु
✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” बर्दिया।
पञ्चाङ्ग ०४
छन चम्पा चमेली यही धरामा फुलेको
डाँडा पाखा अनि बारीको गरामा फुलेको
लटरम्मै ढाकेको छ जंगल गुराँसले
जाई जुई लमतन्न लहरामा फुलेको
सबै जातका फुल परम्परामा फुलेको।
✍️मल्ल लक्ष्मी श्रेष्ट,मेची किनार
बिर्तामोड झापा ।
पञ्चाङ्ग ०५
अनौठो कुरा मनमा साँच्न सिकान ए जिन्दगी
कसैको सहारा बिना बाँच्न सिकान ए जिन्दगी
कति सधैँभरि सिधा अनि इमान्दारी बन्नु म
कहिले काही खुसीले नाच्न सिकान ए जिन्दगी
कसैको मनलाई त भाँच्न सिकान ए जिन्दगी।
✍️सुष्मा मगर रोल्पा, हाल भारत ।
पञ्चाङ्ग ०६
आपत विपतमा शरण गरे राम्रो
दु:खलाई आफैले हरण गरे राम्रो
मायाले बसाउनु मायाको संसारमा
सकिन्छ भनेपछि वरण गरे राम्रो
मायाले उसैलाई भरण गरे राम्रो ।
✍️सागर नगरकोटी , भक्तपुर ।
पञ्चाङ्ग ०७
गोहीको झैँ आँसु झार्न जानेका छौ
मेरो बलिदान मार्न जानेका छौ
दुबै हातमा लड्डु चाहने तिमी
मुटुको बसाइँ सार्न जानेका छौ
मर्नु न बाँच्नु झैँ पार्न जानेका छौ।
✍️मन्दिरा सेढाई ,मलेखु धादिङ ।
पञ्चाङ्ग ०८
दक्ष जनशक्तिले त अब काम पाउन छोडिसके हजुर
गर्नेले पनि कामकाे खासै दाम पाउन छोडिसके हजुर
जताततै बेरोजगारै बेरोजगार भ्रष्ट
नीतिले गर्दा
गरिबले एक पेट खाने माम पाउन छोडिसके हजुर
किसान मजदुरले बस्ने ठाम पाउन छाेडिसके हजुर।
✍️राज कुमार राजभण्डारी खाेटाङ्गे
मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
२०८१बैशाख ।
पञ्चाङ्ग ०९
फर्सीको झाँङमा करेला फलेछन् हेर
सँगै भगवान गणेश ढलेछन् हेर
चित्रमा आँखामा छ्ल्न पनि हदै हुन्छ
याँ हामीलाई छल्नसम्म छलेछन् हेर
समय भन्दा मान्छे अघि चलेछन् हेर ।
✍️ बेदु न्यौपाने 🇳🇵।
पञ्चाङ्ग १०
०१)
अब त जीवन पनि कविता जस्तै हुनु पर्छ
कविताले जस्तै जीवनले पनि त रुन पर्छ
यी दुइ बीचमा विभेद गरिनु हुन्न है अब
कविताले पकाए जीवनले भाडा धुनु पर्छ
यी दुवैले एक अर्काको मुटु पनि छुनु पर्छ।
०२)
म मा पटक्कै घमण्ड छैन भनेर घमण्डै गर्छ मान्छे
ज्ञानको भण्डारमा बसेको छ आखिर घाँस चर्छ मान्छे
अलिअलि बुद्धि पलाउनै लाग्दा शुद्धि हराउँदो रैछ
जीवनभर भ्रममा बाँचेर भ्रमकै बिउ छर्छ मान्छे
यथार्थ त कहिल्यै भेट्नै नपाइ एकदिन मर्छ मान्छे ।
✍️पशपती राई, खोटाङ ।
पञ्चाङ्ग ११
सुन्दर फूलबारीका झार गोडेनन् हेर
एकताको मुल्य सधैँलाई जोडेनन् हेर
स्वर्ग सरी छ नेपाल हाम्रो हेर मनले
सम्मान चाहेनन् पद मोह छोडेनन् हेर
देखाउने पाराले असत्य तोडेनन् हेर ।
✍️सुस्मिता अधिकारी ,काठमाडौँ ।
पञ्चाङ्ग १२
०१)
लाेकाचारे बाेली सुन्ने मन लाग्नै छाेड्याे
तिमीप्रति भराेसा र आशा जाग्नै छाेड्याे
झुटैझुटकाे खेती गरी कति पुग्छ भन
याे मनले बैगुनीकाे साथ माग्नै छाेड्याे
तिमी भेट्दा खुशीले त्याे सीमा नाग्नै छाेड्याे।
०२)
सुखै सुख मिलाेस् सधैँ ,मैले दिएर मिल्छ भने
हाँसाे त्यता आँसु यता मैले पिएर मिल्छ भने
कर्म भाग्य आफ्नाेआफ्नाे गुनासाे काेसँग गरूँ?
फाट्या मन सिलाई दिउँला मैले सिएर मिल्छभने
दाेष जति मै थापूँला मैले लिएर मिल्छ भने।
✍️चन्द्रावती अधिकारी, लमजुङ दुरा डाँडा
हाल कोहलपुर बाँके ।
पञ्चाङ्ग १३
हाँसी खेली रमने बाटो हो माया
जीवनको अभिन्न पाटो हो माया
मायाको प्रतीक सम्झी बसेकैछु
मुटु भित्र नदेख्ने टाटो हो माया
प्रेमको भन्दै दियौ साटो हो माया ।
✍️सीमा कार्की समर्पण, काठमाडौं ।
पञ्चाङ्ग १४
मौसमको कुनै भर हुँदैन
कुरकुरे बैसको थर हुँदैन
वर्षामा उर्लिएको भेल जस्तै
उम्लेको दूधको तर हुँदैन
बाँसको घरको चर हुँदैन ।
✍️डा. श्री देवी पन्थी ।
पञ्चाङ्ग १५
आँखाले टेकेर हुन्न हजुर
हातले छेकेर हुन्न हजुर
भाग्यमा लेखेको पाईन्छ यहाँ
मान्छेले फेकेर हुन्न हजुर
आगोले सेकेर हुन्न हजुर।
✍️सरिता सेढाई, धादिङ ।
पञ्चाङ्ग १६
धरामा खुलेको छ यो जिन्दगानी
दुःखी औ सुखी जे भयो जिन्दगानी
कहाँ छौ तिमी के गरेर बसेको?
सहारा लिएरै गयो जिन्दगानी
कहानी यहाँको ल यो जिन्दगानी।
✍️गुणनिधि घिमिरे, अमेरिका ।
पञ्चाङ्ग १७
अजरअमर रहन जुर्ने रहेनछ
सँदा यौवनले कहिल्यै कुर्ने रहेनछ
जे गर्नु पर्छ बेलैमा गरेको उचित हो
आखिर त्यो बितेको पल घुर्ने रहेनछ
चलाख रहदा धोकाले पुर्ने रहेनछ ।
✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
पञ्चाङ्ग १८
पानी जस्तो पातलो हुने हो
खाँदा खाँदै आकाश छुने हो
जिन्दगी बाँच्ने तरीका आफ्नै
लागेका दाग मिची धुने हो
परि आए बेसरी रुने हो ।
✍️प्रभा पोखरेल, अमेरिका ।
पञ्चाङ्ग १९
सोच्न छोड सत्ता टिक्न, छल गर्न जान्नुपर्छ
समस्याको चुरो बुझी, हल गर्न जान्नुपर्छ
कुण्ठा मोह क्रोध अति,बढ्दै गयो तिमी भित्र,
घटाउन यस्ता कुरा बल गर्न जान्नुपर्छ
वर्गीय दुश्मनसँग, कल गर्न जान्नुपर्छ।
✍️चिरञ्जीवी ढकाल ,नेपालगन्ज -२०
राँझा एयरपोर्ट बाँके ।
पञ्चाङ्ग २०
जिन्दगी कतिखेर खरानी हुन्छ थाहा हुन्न
आफु मरेपछि को हाँस्छ को रुन्छ थाहा हुन्न
जिउँदो भइन्जेल हाँस खेल गरौँ न साथी
मरेको लासलाई को आई छुन्छ थाहा हुन्न
शंखको धुन मुर्दाले कहिँ सुन्छ? थाहा हुँन्न।
✍️मल्ल लक्ष्मी श्रेष्ठ,
मेची किनार बिर्तामोड झापा ।
पञ्चाङ्ग २१
पानीका छालहरू छल्किरहेछन्
मनका वैमनस्य मल्किरहेछन्
आफू बेईमानी छु कस्ले भन्छ र
निधारमा धब्बाले टल्किरहेछन्
पाखण्डी कर्तुत छचल्किरहेछन् ।
✍️सुरेश चन्द्र घिमिरे, कपन ।
पञ्चाङ्ग २२
समयको चक्रसँगै हिजो भन्दा आज वडा भएकाे छ
धराकाे सारा बिरुवा मुन्टाे फैलाएर खडा भएकाे छ
शिशिरकाे जाडोले थङ्न्याएकाे देहमा मलम लगाइ देख्दा त अति राम्रो चलाइ नसक्नुको कडा भएको छ
वसन्तकाे उपहार पाई भरिएकाे घडा भएकाे छ ।
✍️भवानी घिमिरे, सर्लाही ।
पञ्चाङ्ग २३
हत्केलाले सुर्य छेकेर हजुर
कति सपना त टेकेर हजुर
सधैँ दिनहुुँ नै रुनु परेको छ
उसैलाई त फेकेर हजुर
शरीर धेरै नै सेकेर हजुर ।
✍️सहयात्री शाेभा अर्याल, रुपन्देही ।
पञ्चाङ्ग २४
पीडा दिनेले सधैँ दिएकै छन्
बदला लिनेले नि लिएकै छन्
देखावटी नाटक गर्छौं किन
जिउनेले एक्लै नि जिएकै छन्
पीडा भुल्न सराव पिएकै छन्।
✍️ह्यारिस ।


I simply could not go away your web site prior to suggesting that I really enjoyed the standard info a person supply on your guests Is going to be back incessantly to investigate crosscheck new posts
My brother suggested I might like this website He was totally right This post actually made my day You cannt imagine just how much time I had spent for this information Thanks