पञ्चाङ्ग चित्रपट भाग-७४

  • २४ चैत्र २०८०, शनिबार १४:३३ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- बहतरौऔमा हामी पुगेका छौं।

    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१

    मिति:-  २०८०/१२/२२गते

    आदरणीय पञ्चाङ्ग अनुरागी  एवम्  स्रष्टाज्युहरू हार्दिक नमस्कार  ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:७४ [चौहत्तरौँ]  चित्रपटमा छौं।

             यहाँहरुलाई हार्दिक स्वागत गर्दै

     यस्  शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक : 

    ————

    सोमनाथ लुइटेल “रवि पाल्पालि

    गुणनिधि घिमिरे 

    सुशीला पाैडेल 

    चित्र संकलन 

    —————–

    सुशीला पाैडेल 

    संकलन

    सुशीला पौडेल 

    दुर्गा रिजाल आचार्य

     शुद्धीकरण 

    ————–

    भवानी घिमिरे 

    जमुना आचार्य 

    पशपती राई 

    पुष्पा नेपाल (सुवेदी )

    संरचना 

    ———

    अनुप्रास :- आफू खुसी

    स्थायी :- आफू खुसी 

    अक्षर :-  बराबरी 

    प्रवर्तक तथा समायोजक

    —————–

    सोमनाथ लुइटेल “रवि पाल्पाली”

                      तथा 

    पञ्चाङ्ग साहित्य समाज नेपाल 

    ————————

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]

    ~~~~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग  (चित्रमा)   ०१

    नेपालीको दु:ख सहने बानी भयो 

    नेताकै कारणले आज हानी भयो 

    थाप्लोबाट नाम्लो र ढाकर  हटेन 

    जति   भनेपनि नसुन्ने कानी भयो 

    पसिनाको मोल हेरत  पानी भयो ।

    ✍️सन्ध्या गौतम, काठमाडौं ।

    पञ्चाङ्ग   ०२

    कर्म  जति   गरेपनि   दु:ख   टर्दैन हाम्रो 

    दुखलाई   नै   कसैले   पनि  हर्दैन हाम्रो

    हाम्रो  बानी  परिसक्यो   कमारो     बन्ने

    थाप्लोको भारी कहिले पनि सर्दैन हाम्रो 

    पाथि  भर्छु  भनेपनि  मानो  भर्दैन हाम्रो ।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” चितवन।

    पञ्चाङ्ग   ०३

    खुसीसँग घाँस दाउरा बोक्दै हिँड्ने हामी 

    भुटेका  मकै भटमास  टोक्दै हिड्ने हामी 

    गणतन्त्र    प्रजातन्त्र     अलपत्र   जनता

    अशान्ति र अन्यायलाई रोक्दै हिँड्ने हामी 

    नेपाल शान्तिक्षेत्र भन्दै तोक्दै हिँड्ने हामी ॥

    ✍️गुणनिधि घिमिरे, अमेरिका।

    पञ्चाङ्ग   ०४

    ०१)

    साहु गयो भएको घर बारी बोकेर 

    बाँचिरहेछु जलबिना झारी बोकेर

    हाँसेर बाँच्ने मन मलाई पनि थियो 

    गलामा चाँदी नै चाँदीका हारी बोकेर 

    आज थिचिँदै छ पिठिउँ भारी बोकेर । 

    ०२)

    पानीबिना ढुङ्गाले त माटो गल्दैन साथी हो 

    देखावटीले मात्रै जीवन चल्दैन साथी हो 

    कल्पनाको आकाशबाट यथार्थमा नझरी

    बिहान अनि बेलुका चुलो जल्दैन साथी हो 

    खाली पेटमा सुनौलो दिन ढल्दैन साथी हो । 

    ✍️श्रीकृष्ण शर्मा 

    पोखरा–५, मालेपाटन ।

    पञ्चाङ्ग   ०५

    घाँसको भारी  बोकेर हिँडेका छौं

    प्राणको बाजी ठोकेर हिँडेका छौं

    घाम् पानी झरी बादल केही भनी

    बाल् अधिकार घोकेर हिँडेका छौ

    मकै भटमास्   टोकेर हिँडेका छौं।

    ✍️सरस्वती श्रेष्ठ, इटहरी ।

    पञ्चाङ्ग   ०६

    जसोतसो भारी बोक्दै  जिन्दगी चल्दैछ नि

     मेहनतले  अन्न,तरकारी फल्दैछ नि

    दुःख गर्ने साहसी  काममा  रमाउँछन

    नथाक्ने पाखुरी बलले माटो गल्दैछ नि

    उकाली,ओरालोमा रम्दै दिन ढल्दै छ नि।

    ✍️शोभा आचार्य गौतम, काठमाडौँ ।

    पञ्चाङ्ग   ०७

    रन वन घाँस काट्ने चेली हुँ म

    बनै बसाउने फूल बेली हुँ म

    घाँस दाउरा मेरो दिनचर्या हो

    आमाबाका आँखाको परेली हुँ म 

    देशको प्यारी छोरी चमेली हुँ म ।

    ✍️धनमाया चौधरी, कैलाली ।

    पञ्चाङ्ग   ०८

    भारी बोकेर पनि त जीवन चलाउनु छ

    दुख सुख पाटो हुँदै एकता कलाउनु छ

    प्राणी जीवन् चक्र सम्झेर नै चित्त बुझाउने

    यो  मानव  नश्वर  देह चाँडै  गलाउनु छ

    सबै प्राण धान्न खेतमा अन्न फलाउनु छ।

    ✍️ बेदु न्यौपाने🇳🇵

    पञ्चाङ्ग   ०९

    मलाई  दु:ख  सहने  बानी  परेको  छ

    आफ्नै आफन्तले गर्दा हानी पारेको छ

    कतिन्जेल थाप्लाेमा नाम्लो र डाेकाे बरै

    पीडै  पीडा  जिन्दगीको कानी परेको  छ 

    शरिरबाट  पसिना  पानी  परेको  छ ।

    ✍️सहयात्री शाेभा अर्याल, रुपन्देही ।

    पञ्चाङ्ग   १०

    जति  परिश्रम  गर्दा पनि ~ दु:ख टरेन  गरीबकाे

    दु:खीकाे थाप्लाेबाट बाेझकाे भारी सरेन गरीबकाे

    घाम पानीको प्रभाह नगरी प्राणकाे बाजि लगाई

    रातदिन  काम  गरे  पनि  ~दाम  परेन  गरीबकाे

    घाँस  बिक्रीमा लाँदा  उचित  मूल्य गरेन गरीबकाे।

     ✍️राज कुमार राजभण्डारी खाेटाङ्गे,

      मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।

    पञ्चाङ्ग   ११

    नेपालीको अर्को नाम भारी बोक्ने मान्छे

    मीठो अर्कैलाई बाॅडी ठेट्ना टोक्ने मान्छे

    जति दु:ख गरे पनि हात लाग्यो सुन्य

    दूध बेच्दै भट्टी पसी रक्सी धोक्ने मान्छे

    दिनभरी  ठीकै भनी राती खोक्ने  मान्छे।

    ✍️घनश्याम पौडेल, पोखरा ।

    पञ्चाङ्ग   १२

    घाँस काटी    पहरामा    भारी बनाउँछु

    खनी खाेस्री   हराभरा    बारी   बनाउँछु 

    किसानकी छाेरी म त खान्छु आटाेपिठााे

    रगतका   भल   पाेखी   टारी    बनाउँछ

    खाेला खाेल्सा बाँस राेपी  घारी बनाउँछु।

    ✍️चन्द्रावती अधिकारी,कोहलपुर बाँके ।

    पञ्चाङ्ग   १३

    भारी बोकेर व्यबहार चलेको छ हेर 

    परिश्रमले अन्न पात फलेको छ हेर 

    बोक्छौं घाँस घाम पानी केही नभनी ,

    यही  दैनिकीले माटो गलेकाे छ हेर 

    यसै गर्दै  आफ्ना दिन ढलेको छ  हेर ।

    ✍️दुर्गा भट्टराई, मोरङ 

    २०८०/१२/२२

    पञ्चाङ्ग   १४

    हिउँदो सकियो वर्षा पनि लाग्यो अब

    किसानको भोक तिर्खा सबै भाग्यो अब

    मानो खाएर दु:ख गर्नु  पर्ने हुनाले 

    मन भित्र काम गर्ने तृष्णा जाग्यो अब

    खेतबारीले मल र जल माग्यो अब ।

    ✍️सीमा कार्की समर्पण , काठमाडौं ।

    पञ्चाङ्ग   १५

    मेरो दु:ख कसैले   टार्न सकेन 

    दु:ख दर्द    छेकेर बार्न सकेन 

    प्रेमको   गित  अलापेर  नहुने 

    दु:खको भारिलाई सार्न नहुने 

    दुखी  भनेर   यहाँ  तार्न नहुने।

    ✍️राधे श्याम नगरकोटी ,भक्तपुर ।

    पञ्चाङ्ग  १६

    मान्छे  मात्रै  थुप्रिएर  भएन  केही  वस्तुभाउ पाल्नै पर्यो

    पालेपछि भोकै त राख्नु भएन थलामा  घाँस हाल्नै पर्यो

    गुजारा   त    चलाउनै   पर्यो  जेनतेन    गेरेरै  भए  पनि

    कहिँ कतै फाटिहाले पनि जिन्दगी जसोतसो टाल्नै पर्यो

    के गर्नु यो पापी पेट पाल्न चिसो चुल्होमा आगो बाल्नै पर्यो।

    ✍️पशपती राई, खोटाङ ।

    Leave a Reply