पञ्चाङ्ग अभ्यास शृङ्खला- ८९

  • २२ चैत्र २०८०, बिहीबार ०८:१४ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: अठसीऔंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ:

    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-८९ ——————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८०/१२/२२
    बिहिवार बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    पुष्पा सुवेदी नेपाल
    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    प्रवर्तक तथा समायोजन

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग ०१

    समय त्यो एक मात्र गवाह हुन्छ साथी हो
    त्यही समयले गर्दा हृदय रुन्छ साथी हो
    तिम्रो यथार्थतालाई देखाउँछ समयले
    सानोतिनो कुराले पनि मन छुन्छ साथी हो
    कालले घडी पाउ पलालाई बुन्छ साथी हो।

    ✍️सन्ध्या गौतम, काठमाडौं ।

    पञ्चाङ्ग ०२

    माया गर्छु भन्छौ तर झर्केर बोल्छौ तिमी
    अर्कैको नासो भएर पर्केर बोल्छौ तिमी
    मायाको मूल्य मायाले नै तिर्नु विश्वासले
    घामपानी जस्तै किन?तर्केर बोल्छौ तिमी
    नचिनेको झैँ गरेर फर्केर बोल्छौ तिमी ।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” काठमाडौं ।

    पञ्चाङ्ग ०३

    कति मज्जा मान्छ मान्छे अरुलाई ढाँट्न पाए
    सधैं ढाँटी ढाँटी अर्काको पसिना चाट्न पाए
    एकैछिन मिहिनेत गरे आइहाल्छ ज्वरो
    झरी बादल भन्दैन फेरि कुरा काट्न पाए
    फुर्ति नि गर्छ मोरा कागको फुल साट्न पाए।

    ✍️पशपती राई , खोटाङ ।

    पञ्चाङ्ग ०४
    ०१)
    अरे उनी पढेलेखेका छन् बोल्न सिपालु छन्
    दाजुभाइका मनमा विष घोल्न सिपालु छन्
    तिमी उनको कमजोरी देखाएर के गर्छौ?
    नानाथरी बहाना गरेर टोल्न सिपालु छन्
    कानुनी बाधा र बन्देज छिचोल्न सिपालु छन्।
    ०२)
    फुकाउ छाती गर हिम्मत घेरा तोडेर आऊ
    निर्दयी छ हुने खानेको शहर छोडेर आऊ
    उ असभ्य भएपनि तिमी सभ्यता देखाउनु,
    शिष्ट भइ बिदाइमा दुईहात जोडेर आऊ
    कहिल्यै नफर्किने गरि पाइला मोडेर आऊ।

    ✍️चिरञ्जीवी ढकाल,
    नेपालगन्ज -२० राँझा एयरपोर्ट बाँके।

    पञ्चाङ्ग ०५
    ०१)
    पढेर ज्ञान सिप सिक्ने बेला काँचाे माटो भर्न लाउँछ
    बाल शाेषण गरि इँटा बनाउने काम गर्न लाउँछ
    काम,कर्तव्य के हाे जिम्मेवारी सारा बिर्सेर सरकार
    झुपडीबाट पनि सडक पेटीमा बास सर्न लाउँछ
    बालबालिकालाई मूर्ख बनाएर यहाँ मर्न लाउँछ।
    ०२)
    इच्छा अनुसारको ~ वस्त्र लाएको छ अङ्ग प्रदर्शन गर्न सहजै ~पाएकाे छ
    सक्नुपर्छ नारीले आफ्नो इज्जत त आफैं
    आन्धाधुन्धा रेष्टुरेन्ट तिर नै ~~~ धाएकाे छ
    इज्जतकाे वास्ता छैन हुस्कि पाे खाएको छ।

    ✍️राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।

    पञ्चाङ्ग ०६

    वसन्तको आगमनले मन खुशी हाम्रो हुन्छ
    हो चारैतिर फुल फुल्दा खेरी कति राम्रो हुन्छ
    बर्षामासको भेल सरी मन दुखी बन्यो भने
    ऋतुमा पनि त! मन अनि मस्तिष्क दाम्रो हुन्छ
    कहिल्यै नपग्लिने गरी मेरो मन चाम्रो हुन्छ ।

    ✍️सीमा कार्की समर्पण , काठमाडौं ।

    पञ्चाङ्ग ०७

    मेरो मन र मुटुको हिरा ठाने मैले
    तिमीलाई हृदयको रानी माने मैले
    कति राम्रो दिलको निश्चल बानी तिम्रो
    माया गर्छौ भन्ने हेराईले जाने मैले
    त्यही भएर तिमीलाई नै छाने मैले ।

    ✍️राधेश्याम नगरकोटी , भक्तपुर ।

    पञ्चाङ्ग ०८

    पसिनाको जलले नुहाउने गर्छ किसानले
    पसिना सँगै खुन चुहाउने गर्छ किसानले
    किसानको मर्म बुझ्दैन यो निरिह सरकार
    बजार छैन बाली कुहाउने गर्छ किसानले
    मेहनेतको फल तुहाउने गर्छ किसानले ।

    ✍️सरिता सेढाई, धादिङ ।

    पञ्चाङ्ग ०९

    आजकाल के भएको छ तिमीलाई झर्किन्छाैँ सधैं
    पराई जस्तै बनेर किन हाेला खै तर्किन्छाैँ सधैँ
    बैगुनी सधैंभरि गुनले मार्नु पर्छ भन्छन् यहाँ
    देखे नि नदेखे जस्तो गरेर उता फर्किन्छाैँ सधैँ
    बाेल्नै छाेडेर मसँग अन्तै किन हाे सर्किन्छाैँ सधैँ।

    ✍️सहयात्री शाेभा अर्याल, रुपन्देही ।

    पञ्चाङ्ग १०

    यो कस्तो गरी अत्याचार माया गर्छु भन्छे
    बेचेर मेरो चोखो प्यार माया धर्छु भन्छे
    शत्रुको आँगनमा रम्न थालिछे अचेल
    चढाई मुटु उपहार माया छर्छु भन्छे
    खोलेर प्रेमको बजार माया हर्छु भन्छे ।

    ✍️श्रीकृष्ण शर्मा
    पोखरा–५, मालेपाटन ।

    पञ्चाङ्ग ११

    चन्द्र उदायो, रात जुरायो
    श्रान्त निदायो, आँत जुरायो
    देश छ क्रान्त, साथ गुमाई
    कान्त जगायो, हात जुरायो
    प्रान्त उठायो, घात जुरायो।

    ✍️राजेन्द्रकुमार बज्राचार्य,कोटेश्वर,काठमाण्डौ।

    पञ्चाङ्ग १२

    तिमी बिना एक्लै कहाँ बाँच्न सक्छु र म
    जानी जानी तिम्रो मन भाँच्न सक्छु र म
    तिमीलाई खुशी राख्नु कर्म ठानेँ मैले
    तिम्रो मन रुवाएर नाँच्न सक्छु र म
    दिल भित्र अन्य माया साँच्न सक्छु र म।

    ✍️मन्दिरा सेढाई , मलेखु धादिङ ।

    पञ्चाङ्ग १३

    सधै सरकारको आफ्नै धुन छ समस्या
    बुद्धि नभएकाले केको गुन छ समस्या
    सरकार बनाउन र थाम्न छ व्यस्त
    जनताको चामल र नुन छ समस्या
    नेताको टनका टन सुन छ समस्या।

    ✍️देवी पन्थी ।

    पञ्चाङ्ग १४

    सुनाऊँ कस्लाई चित्कार मैले सुन्नेले मुख माेडेर हिडेपछि,
    दुर्भाग्य दूधे शिशु आमाले पेटी किनारमा छाेडेर हिडेपछि ।
    कलियुग लागेछ भन्थे कहालीलाग्दो दृश्य देखिन्छ साेचेकै थिइन ,
    हरेकसँग मायाको नाटक गर्दै सम्बन्ध गोडेर हिडेपछि,
    हेर धनकाे चक्करमा सिन्दुरकाे सम्बन्ध ताेडेर हिडेपछि ,

    ✍️दुर्गा आचार्य, मोरङ ।

    पञ्चाङ्ग १५

    यो कस्तो अलमलमा परियो आज
    सहर झुठको खेती भरियो आज
    मुर्ख दिवस नै किन पर्खिनु पर्‍यो
    यो कुराको महसुुस गरियो आज
    एक खुड्किला तल लौ झरियो आज।

    ✍️शोभा आचार्य गौतम, काठमाडौँ ।

    पञ्चाङ्ग १६

    यति धेरै चोट दिएर छोडे छौ
    जीवन मिलनको बाटो मोडे छौ
    मानव संस्कार छर्लङ्ग देखायौ
    आफन्तको नाता सबै नै तोडे छौ
    आफ्नो जीवनी अर्कैमा जोडे छौ।

    ✍️बेदु न्यौपाने ✍️🇳🇵काठमाडौं ।

    पञ्चाङ्ग १७

    गणतन्त्रको नयाँ बिहानी आएन कहिल्यै
    जनताले भोको पेट भर्न पाएन कहिल्यै
    गरिब झनै गरिब छ धनी झन् धनी भयो
    उच्च सगरमाथा गौरव गाएन कहिल्यै
    विश्वमा सुन्दर नेपाल चिनाएन कहिल्यै ॥

    ✍️गुणनिधि घिमिरे, अमेरिका।

    पञ्चाङ्ग १८

    विदेशमा जीवन चलेको छ
    सम्झनाको पहाड बलेको छ
    समयसँग सँगै यात्रा गरेर
    घरघरमा ज्यान ढलेको छ
    न त डलर धेरै फलेको छ।

    ✍️प्रभा पोखरेल, अमेरिका ।

    पञ्चाङ्ग १९

    हिड्दैछन् नि जहर पियरै हतारमा खै
    नेपालमै हाे कि मलेसिया कतारमा खै
    झुठको खेती मात्र मौलाउँदो रैछ यहाँ
    गाँउँघरै अछुताे छैन के छैन र भतारमा खै
    के किनौ र खै मूल्य नै छैन सतारमा खै।

    ✍️मीना देबकाेटा , सर्लाही।

    पञ्चाङ्ग २०

    हिजोआज भावना भागेर हैरान
    केही नलेखौं जस्तो लागेर हैरान
    त्यो उदासपनले सताउँदा खेरि
    परिस्थितिले सिमा नागेर हैरान
    मनमा छटपटी जागेर हैरान ।

    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    Leave a Reply