जनमत पार्टीका अध्यक्ष डा.राउत आइपुगे साउदी अरब

  • २७ चैत्र २०८०, मंगलवार ०८:२२ मा प्रकाशित
  • दम्माम, साउदी अरब।

    जनमत पार्टीका राष्ट्रिय अध्यक्ष माननीय संघीय साम्सद डा. चन्द्रकान्त राउत (सि.के. राउत) आज साउदी अरब आईपुग्नु भएको छ।

    डा राउतलाई मंगलवार बेलुकी दम्माम अन्तर्राष्ट्रिय बिमानस्थलमा जनमत पार्टीको प्रवास संगठन गैर आवासीय मधेसी संघ ,साउदीका अध्यक्ष दिनेश साहु ,नेपाली राजदुतावासका पुर्बी क्षेत्रका सम्पर्क अधिकारी नारायण पासवान लगायत १५० जना भन्दा बढी सदस्य तथा शुभेच्छुकले स्वागत गरेको छ।

    मधेस विभिन्न समय भएको आन्दोलनबाट चर्चामा आएको अध्यक्ष राउत गैर आवासीय मधेशी संघ ,साउदी अरबको आयोजनामा हुने नब बर्ष २०८१ ,रमादान ईद्को शुभकामना आदान प्रदान तथा सास्कृतिक कार्यक्रमको प्रमुख आतिथ्यको लागि एक हप्ता साउदी भ्रमण आउनु भएको हो।

    अध्यक्ष राउतले बिहिवार (अप्रिल १०) साउदीको पुर्बी क्षेत्र जुबेलमा र शनिबार (अप्रिल १२) राजधानी शहर रियादमा हुने कार्यक्रममा सम्बोधन गर्नु हुनेछ।उहाँले साउदी बसाईक्रममा यहाँको विकासको अबलोकन गर्ने , नेपाली श्रमिक समस्या बारे प्रत्यक्ष जानकारी लिने र श्रमिक लगायत सरोकारबाला संग अंतरक्रिया गर्ने बताएको छ।

    One thought on “जनमत पार्टीका अध्यक्ष डा.राउत आइपुगे साउदी अरब

    1. Thank you for your response! I’m grateful for your willingness to engage in discussions. If there’s anything specific you’d like to explore or if you have any questions, please feel free to share them. Whether it’s about emerging trends in technology, recent breakthroughs in science, intriguing literary analyses, or any other topic, I’m here to assist you. Just let me know how I can be of help, and I’ll do my best to provide valuable insights and information!

    Leave a Reply