गैर आवासीय मधेसीले मनायो नव बर्ष २०८१ तथा इदको शुभकामना आदानप्रदान कार्यक्रम ।

  • २९ चैत्र २०८०, बिहीबार ११:११ मा प्रकाशित
  • जुबेल, साउदी अरब।

    जनमत पार्टीका राष्ट्रिय अध्यक्ष माननीय संघीय साम्सद डा. चन्द्रकान्त राउत (सि.के. राउत)को प्रमुख आतिथ्यमा गैर आवासीय मधेसी संघ ,साउदी अरबले नव बर्ष २०८१ तथा ईद शुभकामना आदानप्रदान तथा अंतरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

    बुधबार साउदी अरबको पुर्बी क्षेत्र जुबेलमा जनमत पार्टीका प्रवास संगठनका सल्लाहकार दिनेश साहुको संयोजनमा ,नेपाली राजदुतावासका स्थानीय अधिकारी नारायण पासवानको आतिथ्य आयोजित कार्यक्रममा साउदीमा सक्रिय संघ/संस्थाको प्रतिनिधित्वमा करिब १ हजार जनाको सहभागीतामा कार्यक्रम आयोजना भएको थियो।

    कार्यक्रममा मधेस आन्दोलनमा ज्यान गुमाएका सहिद मनोज शाहको फोटोमा प्रमुखा अतिथि डा राउतबाट माल्यपर्ण गरि शुरु गरेको कार्यक्रम विभिन्न बक्ताहरुले शुभकामना सहित साउदीको श्रमिक समस्या बारे आआफ्नो भनाई व्यक्त गरे।

    करिब ४ लाख नेपाली श्रमिक कार्यरत साउदी अरबमा मधेसका कामदारको समस्या झन् धेरै रहेको ,उक्त समस्या समाधान गर्न नेपाली नियोग असफल रहेको बताउदै नेपाली पासपोर्ट बाहक मधेसका नागरिकलाई तपाईं नेपाली नागरिक हो भनेर प्रश्न गर्दै विभेद गर्ने गरिएको तितो यथार्थ रहेको प्रुख अतिथि डा राउतले बताए। सन २०१४ मा स्थापना भएको संघको छुट्टै ईतिहास रहेको ,साउदी लगायत युएई ,कतार ,मलेसिया लगायत धेरै देशमा बिस्तार भएको छ। उक्त संघ आबद्ध हुन आम मधेसीलाई अपिल गर्छु डा राउतले भने ।

    साउदी अरेबियामा जनमत पार्टी प्रतीको क्रेजबाट उत्साहित भए डा राउत बर्तमन सरकारमा आफ्नो कुनै चासो नभएको र सरकार बनाउन प्लस माइनसको खेलमा आफ्नो रुचि नभएको र मधेसी जनताको भवनामाथि खेलबाड गर्ने काम मात्र हुँदै आएको छ, अब जनमत पार्टी मधेसी जनताको भावनाअनुसार अगाडि बढ्छ। अहिलेको प्रधानमन्त्री संसदमा बहुमतले बन्ने भएको हुदा जनताले प्रत्यक्ष प्रधानमन्त्री चुन्नु पर्छ ,  उनले भने।  
    डा राउतले शुक्रवार रियादमा हुने कार्यक्रममा सम्बोधन गर्ने र शनिबार नेपाली राजदूतवासले आयोजना गरिने अंतरक्रियामा सहभागिता हुने कार्य तालिका रहेको छ।

    Leave a Reply