
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १४८ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६२ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको तस्बिर:

साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १४८ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू-
[१]
होली
रङहरूको पर्व
मौलिक संस्कृतिमा गर्व !
-वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४, दाङ
[२]
होली
खेलौँ मजाले
रङसँगको तमाम रङ्गेली !
-अच्युत घिमिरे, सर्पाङ, भुटान
[३]
हाेली
रङहरूकाे पर्व
सम्पूर्णलाई लाग्छ गर्व ।
-केसर बाेहरा ( सङ्घर्ष )
सुदूरपश्चिम अछाम
हाल भारतबाट
[४]
होली
गरौँ रमाइलो
मनपेट सबै खोली !
-प्रेम थापा “मन”बागलुङ
[५]
मस्त
रङ्गमा रङ्गिएर
रमाइन्थ्यो होली पर्वमा ।
-रचना प्रतीक्षा
[६]
होली
रङ्गहरूको पर्व
सबैले मान्नुपर्छ गर्व !
-बेदु न्यौपाने
[७]
रङ्गमा
रङ्गियाे मन
हाेली पर्वकाे रमझम ।
-ताराप्रसाद चापागाईँ
[८]
होली
रङको चाड
सबैमा खुसी साटासाट ।
-अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा – ६ संखुवासभा
[९]
होली
रङ्गको उमङ्ग
रमाइलो खेलेर दङ्ग
-अम्बिका अधिकारी
झापा बिर्तामोड
[१०]
होली
मनमा रङ्गोली
हिँड्नुपर्छ बनाई टोली !
-देवी पन्थी
[११]
होली
रङ्गहरुको पर्व
गरौँ संस्कृतिमा गर्व !
-पशपती राई खोटाङ
[१२]
होली
आऊ रङ्गमञ्चमा
बगाऊ ज्ञानको खोली ।
-सरस्वती श्रेष्ठ इटहरी
[१३]
हाेली
रङ्गकाे पर्व
खेलेर गर्छन गर्व ।
-राज कुमार राजभण्डारी खाेटाङ्गे
मध्यपुर ठिमी ५ राधे राधे भक्तपुर
[१४]
होली
दुनियाँ रङ्गीन
गरौँ मनोरञ्जन एकछिन ।
-सुरेशकुमार पाण्डे दाङ घोराही १८
[१५]
होली
छरेर रङ्ग
सानो फूलबारी दङ्ग !
-आर्त अकुलीन
[१६]
फागु
रङ्गको पर्व
हाँसीखुसी मनाऊँ सहर्ष !
-घनश्याम पौडेल,पोखरा
[१७]
गर्वले
मनाउने पर्व
खेलेर हाेली सहर्ष ।
-प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे ।
[१८]
होली
हृदय खोली
चढौँला रङ्गहरूको डोली !
-पृथक प्रकृति ,झापा
[१९]
खेलौँ
रमाएर होली
जिन्दगी फर्कँदैन भोलि !
-डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा. पा.-६, दोलखा ।
[२०]
रङ्गहरूको
पर्व होली
खेलौँ दिल खोली !
-अनिता भण्डारी ताप्लेजुङ
[२१]
पर्व
रङ्गको होली
होलिका दहन भोलि !
-सविता के.सी.
[२२]
होली
रङ्गीन पर्व
मनाउँ गरेर गर्व !
-धनमाया चौधरी कैलाली
[२३]
होली
उमङ्गको झोली
सातै रङ्ग घोली !
-हिमाल अम्मै घोडाघोडी कैलाली
[२४]
फागु
रङको पर्व
नेपाली साँस्कृतिक गर्व ।
-दुर्गा अधिकारी भमरकोटे ।
[२५]
होली
खेलौँ रङ्गसँग
मनमा खुसीको तरङ्ग !
-सीता पाण्डेय मरासिनी
तम्घास, गुल्मी
[२६]
होली
उमङ्गको पर्व
मौलिक संस्कृतिमा गर्व !
-संगीता खरेल
काठमाडौँ
[२७]
होली
मान्छे रमाउँछ
आफ्नो हृदय खोली !
-बाबुराम पाण्डे
[२८]
मन
कालो निलो
आवरण छ रङ्गीचङ्गी !
-मधुसूदन शर्मा
[२९]
होली
रङ्गहरूको पर्व
वसन्त ॠतुको आगमन !
-सीता रिजाल
काठमाडौँ
[३०]
होली
पर्व रङको
हर्षोल्लास् प्रेम तरङ्गको !
-घनश्याम पौडेल
गौरीगंगा -९, कैलाली
[३१]
रङ्ग
नपर्नु दङ्ग
मुलुकमा छैन उमङ्ग !
-ऋजु दिल्पाली
ईटहरी १ सुनसरी ।
[३२]
पर्व
रङ्गको आयो
वातावरण रङ्गीन बनायो !
-प्रविना प्रयासी
ओखलढुंगा
[३३]
होली
रङ्गहरूको पर्व
मनाउँ दिल खोली !
-दीपा समभाव
दुबेकोल, रावाबेशी खोताङ्ग
[३४]
होली
सप्तरङ्गी डोली
खेलौँ मनै खोली !
-रघु थापा /सु न पा १.
[३५]
हाेली
विकृति आजभोलि
सुध्रिनू खेलाडी टोली !
-रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
[३६]
हाेली
रङ्गीन चाेली
पिच्कारीमा रङ्ग घाेली !
-नवराज भट्ट
कञ्चनपुर
हाल काठमाण्डौ
[३७]
होली
पर्व सद्भावको
रङ्गोली खेलौँ एकताको !
-कमला देवकोटा, पाल्पा
[३८]
पर्व
मान्दै आएको
शिष्ट हुनुपर्छ भनेको !
-नन्दलाल आचार्य
सिद्धार्थटोल, उदयपुर
हाल- एनेलकुटी, सिरहा
[३९]
होली
रङको पर्व
चल्यो आज भोलि !
-विवश पारदर्शी
झापा,
[४०]
होली
रङ्गहरू घोली
खेलौँ दिल खोली !
-रुना कर्माचार्य दाहाल
चितवन
[४१]
होली
रङ्गहरूको पर्व
गरौँ सनातनीहरू गर्व ।
-कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी
[४२]
होली
लगाएर टिको
मन पार्नुछ निको !
-नागेन्द्रप्रसाद यादव
[४३]
पर्व
आयाे हाेली
खेलौँ दिल खोली !
-सहयात्री शाेभा अर्याल
रुपन्देही
[४४]
रङ्ग
रङ्गीयो मन
झन् हुन्छ दङ्ग !
-शारदा गौतम
ललितपुर
[४५]
हाेली
रङ्गीन उत्सव
वसन्त ऋतुकाे आगमन !
-श्रद्धा आचार्य, पाेखरा
[४६]
हाेेली
जनको बोली
रमाऔँ हानेर लाेली !
-कविदत्त ढकाल
[४७]
होली
रङको पर्व
विजयको थापौँ झोली !
-सरस्वती वली
[४८]
होली
खेलौँ खुलेर
सात रङहरूमा डुबेर !
-भगवती दवाडी ,दमक,झापा
[४९]
होली
रङ्गको पर्व
आफ्नोपनमा छ गर्व !
-शोभा आचार्य गौतम
काठमाडौँ
[५०]
होली
छरेर रङ्ग
मनाउ खुसीको उमङ्ग !
-सुरेश न्यौपाने
[५१]
होली
रङ्गियो चोली
संस्कृतिभन्दा झन् विकृति !
-बुद्धिप्रसाद लामिछाने ,कैलालि
[५२]
हाेली
रङहरूकाे पर्व
मनाउँ गरेर गर्व !
-उर्मिला के.शी.
धनकुटा
[५३]
होली
छ्ररेर रङ्ग
भरिदिऊँ सबैमा उमङ्ग !
-धर्मी शाक्य ,बुटवल ,रुपन्देही ।
[५४]
होली
होलीका डढाई
रङ्ग खेल्छन् रमाई !
-मंगला उपाध्याय
[५५]
संस्कृति
मिष्ठान्न खाऔँ
फागुपूर्णिमा मिली मनाऔँ !
-सुरेश चन्द्र घिमिरे
कपन
[५६]
होली
सप्तरङ्गी रङ्ग
हुन्छौँ खेलेर दङ्ग !
-सरस्वती श्रेष्ठ, रुपन्देही बुटवल।
[५७]
होली
रङ्गमा घोली
खेलौँ मिलेर टोली !
-टिकाराम पुन पुकार
छत्रेश्वरी गाउँपालिका २
सल्यान
[५८]
होली
खेल्ने मिली
आज होइन भोलि !
-कला ढकाल, झापा
[५९]
रङ्गमा
बेथिती नहोस्
होली नियमपूर्ण रहोस्
-सरिता सेढाई धादिङ
[६०]
होली
रङ्गको खेल
नहोस् है जालझेल ।
-समुन्द्रा शर्मा
सुनसरी ।
[६१]
होली
रङसङ्ग खेल्दै
मनाउँछौ मन खोली !
-सुस्मिता अधिकारी ,काठमाडौँ
[६२]
होली
रङ्गको पर्व
खुसी बाँडेर गर्व !
-कविता आचार्य, कैलाली