साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १४७ सम्पन्न

  • ४ चैत्र २०८०, आईतवार १८:१५ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १४७ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६० जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको तस्बिर:

    साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १४७ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू-

    [१]
    छलफल
    पचाउन भत्ता
    भागबण्डा पालैपालो सत्ता !

    • वसन्त अनुभव
      [२]
      प्रतिनिधि
      कुकुरको गिदी
      भत्ता पचाउने विधि !
    • पशपती राई, खोटाङ
      [३]
      छलफल
      सत्ता टिकाउन
      जनताका आँखामा छारो !
    • रमा पन्त, पाल्पा
      [४]
      सल्लाह
      कुर्सी पाएपछि
      भयो खरानीको डल्ला
    • डम्बर थामी ‘अनुपम’
      कालिन्चोक गा. पा.-६, दोलखा
      [५]
      आहा
      रमाइलो भेटघाट
      राजनीतिक विरासतको छलफल !
    • नारायण कोइराला
      तानसेन,पाल्पा, हाल: कुवेत
      [६]
      छलफल
      कुकुरकाे भेटघाट
      सत्ता टिकाउन रणनीति !
    • केसर बाेहरा ‘सङ्घर्ष’
      अछाम, हाल: भारत
      [७]
      बहस
      दाउ मार्ने
      आफ्नो भागमा पार्ने !
    • भवानी घिमिरे, सर्लाही
      [८]
      गठबन्धन
      मिलेर खाने
      नेताझैँ यी कुकुर !
    • ताराप्रसाद चापागाईँ, धुनिबेसी
      [९]
      सभा
      छलफल इच्छाले
      माग कुर्सीको भिक्षाले !
    • अम्बिका अधिकारी
      झापा, बिर्तामोड
      [१०]
      सुर
      गाउँका कुकुर
      वनमा गाईको सिनो !
    • हिमाल अम्मै
      घोडाघोडी, कैलाली
      [११]
      कुकुरहरू
      जमात राखेर
      मिलेर खान गठबन्धन‌ !
    • बेदु न्यौपाने
      [१२]
      स्वभावमा
      कुकुर अगाडि
      मान्छे धेरै पछाडि !
    • देवी पन्थी
      [१३]
      छलफल
      सत्ता उस्तै
      देखियो व्यबहार दुरुस्तै !
    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा-६, संखुवासभा
      [१४]
      कुकुरहरू
      भएर भेला
      हेर्न लागे खेला !
    • सरिता सेढाई, धादिङ
      [१५]
      बैठक
      कुकुरका छलफल
      सत्ता टिकाउन गठबन्धन !
    • धनमाया चौधरी, कैलाली
      [१६]
      निर्णय
      कार्यकर्तालाई चारो
      भासेभुसेका आँखामा छारो !
    • सविता के.सी.
      दक्षिणकाली-९, काठमाडौँ
      [१७]
      संसद
      भुस्याहा कुकुर
      नेतृत्वको लागि छलफल !
    • राज कुमार राजभण्डारी खाेटाङ्गे
      मध्यपुर ठिमी-५, राधे राधे, भक्तपुर
      [१९]
      बहस
      कुकुरको राजनीति
      भागबण्डा मिलाउने रणनीति !
    • दुर्गा भट्टराई
      [२०]
      कुकुर
      नाटकिय खेल
      सिनो माथी जालझेल !
    • भुपेन्द्र राना मगर, धादिङ
      [२१]
      बैठक
      कुष्टरोगको घाऊ
      मालिक रिजाउने दाऊ !
    • ऋजु दिल्पाली, ईटहरी-१, सुनसरी
      [२२]
      हामी
      भोटमा चल्ने
      अहिले रिसले जल्ने !
    • चक्र शाही, लम्की, कैलाली
      [२३]
      सुविचार
      हराउँदै गयो
      देशमा अराजकता भयो !
      कार्की डिबी माकुम
      सुनवल-४, नवलपरासी
      [२४]
      राजनीति
      बाहिर भुक्ने
      भित्र भित्रै मेल !
    • राजाराम रत्गैंया
      अमौरा, कैलाली
      [२५]
      इमान्दार
      सामुहिक एकता
      विवेकशील मानवलाई पाठ !
    • घनश्याम पौडेल
      गौरीगङ्गा -९, कैलाली
      [२६]
      सत्ता
      देखिने छलफल
      पचाउने आआफ्नो भत्ता !
    • आर्त अकुलीन, कैलाली
      [२७]
      भ्रष्टहरू
      एकैपटक भेला
      खेल्दै हत्याउने खेला !
    • संगीता खरेल
      चन्द्रागिरी-८, काठमाडौँ
      [२८]
      बैठक
      भुसिया कुकुरको
      अर्थहिन राजनीति छलफल !
    • ध्रुव श्रेष्ठ
      [२९]
      निरन्तरता
      आफ्नै स्वार्थको
      जनतालाई चिन्ता व्यर्थको !
    • तेजप्रसाद खनाल, दाङ
      [३०]
      लुछाचुँडी
      गरेर तानातान
      भर्छन् आफ्नै भुँडी !
    • नागेन्द्रप्रसाद यादव, दाङ
      [३१]
      सल्लाह
      नेताहरु गर्छन्
      कुर्सीको लागी लड्छ्न्
    • अनिता भण्डारी, ताप्लेजुङ
      [३३]
      कुकुर
      भागबन्डामा सल्ला
      गाउँ शहर हल्ला !
    • टीकाराम पुन पुकार
      छत्रेश्वरी गाउँपालिका-२, सल्यान
      [३४]
      जमात
      आधार स्तम्भको
      गतिरोध देशको भविष्यको !
    • कमला देवकोटा, पाल्पा
      [३४]
      इमान्दार
      सामुहिक मिलन
      सिक्नू मानव खबरदार !
    • शारदा गौतम, ललितपुर
      [३५]
      कुकुर
      सत्ताकाे छलफल
      समस्याको हुन्छ हल !
    • श्रीकृष्ण धामी, बझाङ
      [३७]
      नेता
      जिर्ण रोग
      निजी स्वार्थ लोक !
    • पृथक प्रकृति, झापा
      [३८]
      सधैँ
      सत्ताकै लुछाचुँडी
      जनतामा अस्थिरता रोपी !
    • प्रेम थापा ‘मन’, बागलुङ
      [३९]
      माग
      कसलाई उर्जा
      मलाई चाहिँ गृह !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      [४०]
      कुकुर
      ढुकुर जस्तै
      खानमा छन् मस्तै !
    • दीपा समभाव, काठमाडौँ
      [४१]
      कुकुर
      गरिरहन्छ लुछाचुँडी
      एउटै हड्डीको टुक्रामा !
    • केन्द्रप्रकाश बराल, इलाम
      [४२]
      छलफल
      बिना स्वार्थ
      निष्कर्षले लिन्छ मार्ग !
    • सुरेश घिमिरे
      [४३]
      भेला
      गर्छन् रेला
      भत्ता हसुर्ने खेला !
    • गोपेन्द्र रिजाल, पाँचथर
      [४४]
      मिलेका
      जनावरको संगठन
      ओहो कस्तो ईमानदारीता !
    • शोभा आचार्य गौतम, काठमाडौँ
      [४५]
      नियति
      हाम्रो देशको
      कुकुर जस्ता नेता !
    • मङ्गला उपाध्याय, बारा
      [४६]
      सजिलो
      रहेछ भन्दैमा्
      खोज्दा भेटियो कसिलो !
    • नन्दलाल आचार्य
      एनेलकुटी, सिरहा
      [४७]
      छलफल
      हेर्दा एकता
      भाग निमल्दा भिन्नता !
    • समुन्द्रा शर्मा, सुनसरी
      [४८]
      लुछाचुडी
      बिकासका आधार
      खोक्रो राजनैतिक धार !
    • सुस्मिता अधिकारी, काठमाडौँ
      [४९]
      भेला
      देखाउँदै खेला
      संसद भवनमा मेला !
    • कला ढकाल, झापा
      [५०]
      सत्ता
      कामकाज बेपत्ता
      देखिएन जन्तुभन्दा भिन्नता !
    • रामप्रसाद पुरी, बादेल, खाेटाङ
      [५१]
      भेला
      कुकुरका चेला
      नेपालको राजनीति मेला !
    • बुद्धिप्रसाद लामिछाने, कैलाली
      [५२]
      बिन्दास
      कुकुर सम्मेलन
      सर्वनाश जनता उदास !
    • विवश पारदर्शी, झापा
      [५३]
      वफादार
      जन्तुदेखि सबै
      बनौँ हामी होशियार !
    • चिरञ्जीवी श्रेष्ठ, धनकुटा
      [५४]
      बैठक
      कुकुर बिरालाको
      सिकारको सहकार्य मिलाको !
    • होम प्रसाद नेउपाने
      धरान, सुनसरी
      [५५]
      सभा
      तार्किक बहस
      सर्वमान्य उत्कृष्ट निष्कर्ष !
    • श्रद्धा आचार्य, पोखरा
      [५६]
      सत्ता
      आरोहणको साझेदारी
      भागबण्डामा -याल चुहाउँदै !
    • गोपालप्रसाद पौड्याल
      [५७]
      भलो
      राजनीतिक चौतारीमा
      अड्केको हाम्रो हलो !
    • लक्ष्मी रिजाल
      रुपनगर, सप्तरी
      [५८]
      रक्षक
      आफै भक्षक
      बन्दैन कहिले संरक्षक !
    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे
      [५९]
      सडक
      कुकुर भेला
      आखिर सिकार योजना !
    • कविता आचार्य, कैलाली
      [६०]
      कुकुर
      भएर जम्मा
      गरेर आपसमा सल्लाह !
    • सहयात्री शाेभा अर्याल
      रुपन्देही

    Leave a Reply