साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १४६ सम्पन्न

  • २६ फाल्गुन २०८०, शनिबार २३:२६ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १४६ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६८ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको तस्बिर:

    उदक अभ्यास १४६ मा सहभागी उदक यात्रीहरूका सुन्दर उदकहरू –
    [१]
    शिवरात्री
    शिवका उपासना
    भगवान् कृपाको चाहाना !

    • वसन्त अनुभव
      [२]
      शिवजी
      फोटोमा देखियो
      एउटा उदक लेखियो !
    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा-६, संखुवासभा
      [३]
      महादेव
      हुन् देवाधिदेव
      हिन्दू दर्शनमा कामदेव !
    • अमृत सुवेदी, रूपा सात, कास्की
      [४]
      शिवरात्री
      शिवकाे शक्ति
      गराैँ आराधना भक्ति !
    • केसर बाेहरा ‘सङ्घर्ष’
      अछाम, हाल: भारत
      [५]
      शिव
      जनका आस्था
      उनैमा आश्रित सजीव !
    • मीना देवकाेटा, सर्लाही
      [६]
      शिवजी
      शिवरात्री महिमा
      सनातन धर्मको गरिमा ।
    • पशपती राई, खोटाङ
      [७]
      शिवरात्री
      उपासना शक्ति
      बसौँ शिवको भक्ति !
    • बेदु न्यौपाने
      [८]
      शिवरात्री
      देखिन अनुशासन
      बाटोमा सुत्ने आसन !
    • सविता के.सी.
      [९]
      महादेव
      कोटी नमस्कार
      धर्तीमा गर्नुहोस् चमत्कार !
    • सरिता सेढाई, धादिङ
      [१०]
      महादेव
      देवहरूका देव
      अलौकिक दिव्य शक्ति !
    • तोया नाथ चापागाईं
      [११]
      शिवरात्री
      अनुपम शक्तिदात्री
      गरौँ ईश्वरको उपासना !
    • डम्बर थामी ‘अनुपम’
      कालिन्चोक गा. पा.-६, दोलखा
      [१२]
      शिवरात्री
      गाँजाको विकृति
      कलियुग हराउँदै संस्कृति !
    • संगीता खरेल
      चन्द्रागिरी-८, काठमाडौँ
      [१३]
      शिवरात्री
      भाङको कथा
      सधैँको यस्तै व्यथा !
    • सुरेशकुमार पाण्डे
      दाङ, घोराही-१८
      [१४]
      शिव
      सर्वव्यापी निराकार
      साकार मूर्तचित्र महेश्वर !
    • डा. वासुदेव काफ्ले
      [१५]
      भोलेनाथ
      गर्छौँ भक्ति
      देऊ हामीलाई शक्ति !
    • ऋजु दिल्पाली
      ईटहरी-१, सुनसरी
      [१६]

      नमस्तस्मै भगवते
      मृत्युनाशं करो तुमे !
    • राजाराम रत्गैंया, अमौरा, कैलाली
      [१७]
      शिव
      ध्यानमा एकाग्र
      शालीन शिवका उपासक !
    • आर्त अकुलीन
      [१९]
      कैलासपति
      भयाे दुर्गति
      सुधार भ्रष्हरूकाे मति!
    • नवराज भट्ट, कञ्चनपुर
      [२०]
      शिवरात्री
      महिमा अपार
      बुझौँ अनुपम सार !
    • शारदा दाहाल भण्डारी
      [२१]
      शिवरात्री
      संस्कृतिको कथा
      जम्दै विकृतिको व्यथा !
    • टीकाराम पुन पुकार
      छत्रेश्वरी गाउँपालिका-२, सल्यान
      [२२]
      शिवरात्री
      लागुपदार्थ सेवनले
      समाजमा ल्यायो विकृति !
    • राज कुमार राजभण्डारी खाेटाङ्गे
      मध्यपुर ठिमी-५, संगम काेलाेन, राधे राधे, भक्तपुर
      [२३]
      महादेव
      बुद्धि दिनुहाेस्
      बाैलाउने बानी छिन्नुहाेस् !
    • निरज कोइराला, इटहरी
      [२४]
      शिवरात्री
      छैन दर्शन
      उल्टो असामाजिक गर्जन !
    • प्रेम थापा ‘मन’, बागलुङ
      [२५]
      शिवरात्री
      आस्थाको चाड
      हिन्दु सनातनको धरोहर !
    • रघु थापा, सु न पा १.
      [२६]
      शिवरात्री
      शिवको पुजन
      देशैभर गुञ्जियो भजन !
    • सन्तु खत्री
      [२७]
      देवाधिदेव
      महादेवको कृपा
      अलौकिक अतुलनीय भक्ति !
    • तोयानाथ सुवेदी
      [२८]
      शिव
      गराऊ सुद्धि
      हरायो सबको बुद्धि !
    • रमा पन्त, पाल्पा
      [२९]
      शिव
      देवताका देव
      सद्बुद्धि देऊ परमेश्वर !
    • हिमाल अम्मै, घोडाघोडी, कैलाली
      [३०]
      शिव
      भजन गर
      मनमा आनन्द भर !
    • कला ढकाल, झापा
      [३१]
      शिवरात्री
      शिवको पूजा
      गाँजा खानेको बिगबिगी !
    • चक्र शाही, लम्की, कैलाली
      [३३]
      भगवान्
      आस्थाको धरोहर
      हिन्दु धर्म सनातन !
    • बुद्धिप्रसाद लामिछाने, कैलाली
      [३४]
      शिवरात्री
      बढाऔँ इच्छाशक्ति
      गरेर शिवको भक्ति !
    • मन्दिरा सेढाई
      मलेखु, धादिङ
      [३४]
      शिवरात्री
      महिमा धर्मको
      जीवनमा भर कर्मको !
    • सरस्वती वली
      [३५]
      शिव
      भजन गरौँ
      शरणमा हामी परौँ !
    • अनिता भण्डारी, ताप्लेजुङ
      [३७]
      शिवरात्री
      चढाउँ बेलपाती
      होस सबैको जाती !
    • गोपेन्द्र रिजाल, पाँचथर
      [३८]
      महादेव
      तीन नेत्र
      शक्ति सत्ताको होड !
    • दिपा गुरुङ
      [३९]
      शिव
      जन्मोत्सव खास
      अज्ञानीलाई तिम्रै आस !
    • दीपा तिम्सिना
      [४०]
      शिवरात्री
      भोलेको महिमा
      शान्ति छाओस् जनमा !
    • इन्दिरा देवकोटा, कपिलवस्तु
      [४१]
      शिव
      हे त्रिलोकदाता
      लोक कल्याण नाता !
    • होम प्रसाद नेउपाने
      धरान, सुनसरी
      [४२]
      शिव
      निलकण्ठ जटाधारी
      श्मशान बास संहारकारी !
    • कमला देवकोटा, पाल्पा
      [४३]
      शिवरात्री
      शिवको आराधना
      सुख समृद्धिकाे कामना !
    • केशवप्रसाद ढकाल ‘प्रीतबीज’
      सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
      [४४]
      शिवरात्री
      शिव महिमा
      भाङ धतुरोको महत्त्वहिन !
    • अम्बिका अधिकारी
      झापा, बिर्तामोड
      [४५]
      भक्त
      शिव उपासक
      धुनी बालेर जाग्राम !
    • मङ्गला उपाध्याय
      [४६]
      महादेव
      शिवशङ्कर आसुताेष
      प्राणहरूकाे रक्षा गर्नुहाेस् !
    • रामप्रसाद पुरी, बादेल, खाेटाङ
      [४७]
      शिवरात्री
      शिवकै चर्चा
      सर्वत्र शिवकै महिमा !
    • तेजप्रसाद खनाल, दाङ
      [४८]
      शिव
      शक्तिमान हुन्
      गरिमा अपार धुन !
    • पृथक प्रकृति, झापा
      [४९]
      संहारकर्ता
      तिमी महेश्वर
      दु:ख पीडा हर्ता !
    • ताराप्रसाद चापागाईँ, धुनिबेसी
      [५०]
      शिवरात्री
      पवित्र मनले
      भक्ति गरौँ शिवको !
    • सुस्मिता अधिकारी, काठमाडौँ
      [५१]
      शिव
      शक्ति अपरम्पार
      लगाऊ जीवन पार !
    • शोभा आचार्य गौतम, काठमाडौँ
      [५२]
      शिवरात्री
      हाम्रा मित्रराष्ट्रहरू
      बन्दैछन् लागुपदार्थ दात्री !
    • विवश पारदर्शी, झापा
      [५३]
      शिव
      गाँजामा मस्त
      अगस्तीले लूट्दैछन् देश ! – त्रिलोक रामदाम
      भैरहवा-८, रुपन्देही
      [५४]

      निरिह प्राणी
      तिमीविना सोच फगत !
    • ध्रुव श्रेष्ठ
      खोटाङ, हाल: काठमाडौ
      [५५]
      शम्भु
      संहारकर्ता तिमी
      हिन्दुका आराध्य महादेव
    • कण्ठराज गिरी, टीकापुर
      [५६]
      महादेव
      नाम अनेक
      नीलकण्ठ रहेछ विशेष !
    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे
      [५७]
      महादेव
      शिवको उपासना
      महाशिवरात्रिको अपार महिमा !
    • सरस्वती श्रेष्ठ, रुपन्देही, बुटवल
      [५८]
      मङ्गलम्
      हृदय भाव
      सत्यम् शिवम् सुन्दरम् !
    • शारदा गौतम आचार्य, ललितपुर
      [५९]
      शिवरात्री
      महिमा यत्रतत्र
      गाईको दुध बेलपत्र !
    • प्रभा देवी पौडेल
      [६०]
      शम्भु
      भोला कैलाशपति
      सुधार नेताको मति !
    • दुर्गा अधिकारी भमरकोटे
      [६१]
      आदियोगी
      बुद्धिमत्ता दुर्दर्शिता
      भुवनमा सर्वाेत्कृष्ट ज्ञानदाता !
    • श्रद्धा आचार्य, पोखरा
      [६२]
      शिवरात्री
      शिवको चाहाना
      सबैलाई हार्दिक शुभकामना !
    • श्रीकृष्ण धामी, बझाङ
      [६३]
      शिवरात्री
      शिवको भक्तिभाव
      सम्पूर्ण सजीवमा भक्ति !
    • कविता आचार्य, कैलाली
      [६४]
      शिवरात्री
      शिवकाे शक्ति
      गरेर उनकाे भक्ति !
    • सहयात्री शाेभा अर्याल, रुपन्देही
      [६५]
      महाशिवरात्री
      श्रीपशुपतिनाथ मन्दिर
      लाखौँ भक्तजनको भिडभाड !
    • जिज्ञासु पन्त, लमजुङ
      [६६]
      महाशिवरात्री
      शिवजीको नाउँमा
      भाङ खाने दिन !
    • अच्युत घिमिरे
      सर्पाङ, भुटान
      [६७]
      शिवत्व
      अद्भुत शक्ति
      पालन सम्हार मुक्ति !
    • लक्ष्मी अर्याल, काठमाडौँ
      [६८]
      महादेव
      शक्तिका अपार
      सदा रहोस् आशिर्वाद !
    • सुरेश न्यौपाने, लम्की, कैलाली

    Leave a Reply