यस साताको (५२औँ) शृङ्खलाका लागि लघुकथाकार शुक्रराज कुँवरको लघुकथा ‘बगैँचाको फूल’, लघुकथाकार प्रभादेवी पौडेलको लघुकथा ‘सन्तान’ र लघुकथाकार सविता के.सी.को लघुकथा ‘हतारो’ उत्कृष्ट तीनभित्र परेका छन् ।
~<•>~
१) लघुकथा: बगैँचाको फूल

✍️ शुक्रराज कुँवर
घरकी बुहारी नानीले ‘खाना खाने बेला भयो’ भनेर सासू ससुरालाई जनाउ गरिन् । दुई बुढाबुढी जसै खाना खाने टेबुलनेर आए बुढालाई हेर्दै बुढी गनगनाइन्-
“कुकुरलाई जस्तो फ्यात्त राखेर जान्छन् ।”
बुढीको कुरा सुनेर बुढा बा ले भने- “भो भो धेरै गनगन नगर् । यत्ति भएपनि खान लाउन दिएका छन् । मलाई पनि छोराबुहारी नातिनातिनासङ्गै बसेर खान मन छ नि ! तर के गर्नु, आफूले केही गर्न सकिने होइन । चित्त बुझाउनुपर्छ ।”
उता भान्सामा बुहारी नानीले सबै कुरा सुनिरहेकी थिइन् । उनले आफ्ना पतिलाई भनिन्- “धेरै दिनदेखि बाआमाले सङ्गै बसेर खाना खाउँ भनिरहनुभएको छ । म त सक्दिनँ है ! आफैँ जान्नुस् ।”
“खै ! के भएका यी बुढाबुढी, बनाई तुलाई खानदिएकै छ । सङ्गै खान बस्यो, ख्याँक ख्याँक र खुँक खुँक गर्छन् । खाँदै गयो र्याल झार्दै गर्छन् । कस्तो घिन लाग्छ मलाई त । आँ ! छोड्देऊ भयो, गनगन गर्दै गर्छन् ।” पतिले आफ्नी पत्नीको काँध थाप्दै भने ।
त्यसैबेला खेल्न गएका केटाकेटी दगुर्दै आए । “ल ल हात सात धोएर खाना खान बस ।” बुहारी नानीले छोराछोरीलाई स्नेहपूर्वक भनिन् ।
“अरूबेला त स्कूल जाने हतार हुन्छ । छुट्टीको दिन, हजुरबुवा हजुरआमासङ्गै बसेर खाने हामी त !” भन्दै नातिनातिना हजुरबुवा हजुर आमाको छेउमा गएर बसे ।
“हजुरआमालाई त खान पनि आउँदैन, मुखबाट कति र्याल झारिसेको हजुरले ।” नाति केटोले माया जताउँदै हजुरआमाको मुख पुछिदियो ।
नाति केटोको माया देखेर हजुरआमा पुलकित भइन् र बुढा तर्फ फर्केर मधुर मुस्कान छाडिन् ।
बुढीको पुलकित हाउभाउ देखेर बुढा बा ले भने- “देखिस् त ! कति सुवासित छ बगैँचाको फूल ?”
बलभद्रपथ , धरान १०
२०८०/११/२०
२) लघुकथा: सन्तान

✍️ प्रभादेवी पौडेल
“बुढा ! म अब धेरै बाँच्दिनँ होला । एकपटक छोराहरूको मुखसम्म हेरेर मर्न पाए हुन्थ्यो ।” भनेर हस्पिटलबाट भर्खर डिस्चार्ज भएर घर आएकी कौशल्याले पुण्यलाई भनिन्।
यो सुनेर उनी निकै दुःखी हुँदै आफ्ना अमेरिका भएका दुवै छोरालाई पालैपालो फोन लगाए । सायद कामको व्यस्तता हो या समयको फरकले गर्दा हो बुढी बिरामी भएदेखिनै उनले पटकपटक फोनमा प्रयास नगरेका होइनन् तर ‘कहिले निद्रा त कहिले काममा छु पछि कुरा गरौँला’ भन्दै अरू कुरै नसुनी उनीहरुले फोन राख्दै आए ।
आमाको अवस्था नाजुक छ भन्ने खै कसले खबर पुर्याएछ कुन्नि ! जेठो आमाको अन्तिम अवस्थामा मुखमा पानी हाल्न टुप्लुक्क आइपुग्यो ।
मर्ने बेलामा ‘कान्छा ! कान्छा !’ भन्दै आमाको श्वास रोकियो । यो देखेर बाले जेठालाई सोधे- ” ठुले ! भाइ खै त ?”
बाको कुरा सुनेर जेठाले सजिलै उत्तर दियो- “म पनि त्यति सजिलै कहाँ आउँन पाएको हुँ र ? अनेक ताल बिन्ती गर्दा बल्लतल्ल मालिकले दस दिनको छुट्टी दियो । परदेशको बसाइँ, घरको लोन, केटाकेटीको पढाइ, एकदिन काममा नगए मुखमा माड लाग्दैन । पटकपटक एउटै मान्छे नेपाल आइरहन अनुकूल नमिल्न सक्छ, त्यसैले हामीले त पालो गरेका बा !”
भरतपुर ९ , चितवन
२०८०/ ११/ २६
३) लघुकथा: हतारो

✍️ सविता के.सी.
उनी डाँको छाडेर रोइरहेकी थिइन् । मैले सोधेँ- “तिमी किन यसरी रोएकी ?”
“गुरुबा त बित्नुभयो ।” उनले भनिन् ।
“ला, हो र ! कहिले बित्नुभयो ?” मैले सोधेँ ।
“आजै”
“अजम्बरी त को छ र संसारमा ? तर उहाँ अमर हुनुहुन्छ । उहाँको कृतिले उहाँलाई अनन्तकालसम्म अमर बनाउने छ ।” म भनिरहेको थिएँ । उनी रोइरहेकी थिइन् । “यति धेरै मन नदुखाऊ । कर्म पो गर्ने हो ।”
उनले भनिन्- “म स्टेजमा उभिएर माइकमा चिच्याइरहेकी थिएँ । उहाँको उपचारको लागि सहयोग मागिरहेकी थिएँ । जसले सहयोग गर्छु भनेन, एकपटक हालखबरसम्म सोधेन । पार्थीव शरीर अस्पतालबाट निकालेको पनि छैन । तर उसले फेसबुकमा फोटो सहित हार्दिक श्रद्धाञ्जली राखेछ । अनि त ! कम्ता मन दुखेन मेरो ।”
दाहसंस्कार नगरी श्रद्धाञ्जली लेख्ने चलन नै थिएन । म पनि झसङ्ग भएँ । “स्वार्थी मानिसहरू यस्तै हुन् । नाम चाहन्छन् । यस्तै बेला हो मानिसको व्यवहार चिन्ने । अब नरोऊ ।”
म पनि मन भारी पारेर हिँडे । मानिसको व्यवहार यस्तो पनि हुन् नि !
साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।