
समर्पण रम्जान / जेद्दा
साउदी अरबको ACGC ( Asian Consul General’s Club) जेद्दा द्वारा आयोजित Cultural Food & Musical Festival – २०२४ जेद्दाको रिहाब स्थित एक पाकिस्तानी अन्तर्राष्ट्रिय स्कुलमा भब्यताका साथ सम्पन्न भएको छ ।
गत ८ मार्च २०२४ शुक्रबारका दिन आयोजित उक्त कार्यक्रममा एसियन प्रान्तका १३-१४ देशका कन्सुलेट हरुका कन्सुलेट दुत तथा कर्मचारीहरु र अन्य नागरिकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

जेद्दाका साउदी प्रीन्सको प्रमुख आतिथ्यमा संचालित उक्त कार्यक्रममा उपस्थित एसियन देशहरूका नागरिकहरुले आ-आफ्नो देशको सांस्कृतिक झल्कने खालका नित्य, संगित, भेषभुषा र खाने कुराहरूको प्रदर्शन गरेका थिए ।
कार्यक्रममा नेपालको तर्फबाट नेपाली महाबाणिज्य दूतावास जेद्दाका प्रमुख सत्रुधन पोखरेल, श्रम सहचारी तम्रराज काफ्ले, साथमा अन्य कन्सुलेटका कर्मचारीहरु, एनआरएनए साउदिका उपाध्यक्ष राज गिरि लगायत अन्य पदाधिकारीहरु, एनआरएनए आरसि जेद्दाका पदाधिकारीहरु, तमु धिँ जेद्दाका अध्यक्ष बेद बहादुर गुरुङ लगायत अन्य पदाधिकारीहरु तथा अन्य समाजसेवी नेपाली दाजुभाइ दिदिबहिनीहरुको उपस्थिति रहेको थियो ।

स्थानिय कलाकारहरु धिरज आले मगर, नेमा दोर्जे तामाङ, अर्पित मगर, गणेश तमु गुरुङ, गुराँस राई, सविता पाण्डे, निलम बस्नेत, सिरजला तामाङ, अनिशा बस्नेत, प्रमिला मोक्तान, सुभद्रा तामाङ, सन्तोष बस्नेत हरुले आफ्नो नेपालको सांस्कृतिक झल्कने खालको नित्य प्रस्तुत गरेका थिए ! भने स्टेजमा आफ्नो देशको सान नेपाली झन्डालाई लिएर समाजसेवी मायाँ गुरुङ र समाजसेवी राम राधा घिमिरेले आफ्नो देशको पहिचान दिएका थिए ।
नेपाली महाबाणिज्य दूतावासको आमन्त्रण तथा संयोजकत्वमा एनआरएनए उपाध्यक्ष राज गिरिको समन्वय तथा सहकार्यमा नेपाली सांस्कृतिक झल्कने खालका खानेकुराहरु, म.म. , सेल रोटि, गुन्द्रुक भट्टको अचार, जिरा आलुको अचार, टिमुर टमाटरको अचार , तथा नेपाली सांस्कृतिक झल्कने खालका नित्यहरु, मादल र बासुरी धुनका साथमा नेपाली नित्यहरु कार्यक्रममा प्रस्तुत गरिएको थियो।

पाकिस्तान ईन्टरनेशनल स्कुल, ईंग्लिश सेक्सन, रिहाब को प्राङ्गणमा भइरहेको Cultural & Food Festival -2024 को उक्त कार्यक्रममा नेपाल, चाइना, फिलिपिन्स, पाकिस्तान, श्रीलंका, थाइल्यान्ड, सिङ्गापुर,मलेसिया, कोरिया, जापान, ब्रुनाइ, इन्डोनेसिया बाङ्लादेश, का कन्सुलरहरुको सहभागीता रहेको थियो भने सम्पुर्ण देशहरूले आ आफ्नो सांस्कृतिक झल्काउने खालका खानाहरुद्वारा उपस्थित सम्पुर्ण अतिथिहरुलाइ स्वागत गरेका थिए ।

