महिला फुटबलर प्रीतिको सफल शल्यक्रिया, खेलमा फर्कन तीन महिना लाग्ने

  • २२ फाल्गुन २०८०, मंगलवार ०२:०९ मा प्रकाशित
  • समर्पण रम्जान

    काठमाडौ नेपाल ! नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी बलियो मिड्फिल्डर खेलाडी  प्रिती राईको घुँडाको सफल शल्यक्रिया भएको छ ।

    २९ फेब्रुअरी २०२४ का दिन वाफ महिला च्याम्पियनसिप २०२४ को फाइनल खेल जोर्डन सँग खेल्दै गर्दा सख्त घाइते भएर नेपाल फर्केकी  प्रीतिको सोमबार सातदोबाटोस्थित बिएन्डबी अस्पतालमा सफल शल्यक्रिया भएको र अहिले अवस्था सामान्य रहेको बताइएको छ। ‘

    डा. अमित जोशीको नेतृत्वमा आर्थाेस्कोकिप सर्जनहरूको टोलीद्वारा  प्रीतिको शल्यक्रिया गरिएको छ। उहाँको अवस्था सामान्य रहेको र तीन महिना खेलमा नजाने मैदान बाहिर रहने बताइएको छ ।

    किक स्टार्सबाट लिग खेल्दै आएकी प्रीति को यो अपरेसन का कारण भारतीय महिला लिगको बाँकी खेल नखेल्ने भएकी छिन ।

    One thought on “महिला फुटबलर प्रीतिको सफल शल्यक्रिया, खेलमा फर्कन तीन महिना लाग्ने

    Leave a Reply