
झिल्का लेखन अभियानको प्रथम शृङ्खला गत फागुन २ गते सम्पन्न भएको छ । वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा झिल्का साहित्य समाज नेपालले उक्त कार्यक्रमको आयोजना गरेको हो ।
झिल्का कविता लेखन अभियानमा अन्य अभ्यास शृङ्खलामाझैँ सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६४ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली भाषा, संस्कृतिका विभिन्न विशेष अवसरहरू पारेर निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
यस अभियानको प्रथम शृङ्खलाको सहजीकरण प्रशिक्षकद्वय वसन्त अनुभव र राजेशराज गड्तौलाले गर्नुभएको थियो ।

झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ ।
सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्काहरू-
१)
ज्ञानगुनका कुरा पढेर
अन्धकार चिर्न सकूँ
शिक्षाको ज्योति छरेर !
✍️ वसन्त अनुभव
घोराही, दाङ~<•>~
२)
सरस्वती विद्याकी दाता
आज विशेष दिन
पढाइको खोलौँ खाता !
✍️ राजेशराज गड्तौला
कॅाडाघारी, काठमाण्डौ~<•>~
३)
सरस्वती विद्याकी खानी
गरौँ पुजा आराधना
पढ्ने बसालौँ बानी !
✍️ सुरेशकुमार पाण्डे
दाङ १८~<•>~
४)
पूरा होओस् चाहना
वसन्त पञ्चमीको हजुर
हार्दिक मङ्गलमय शुभकामना !
✍️ कृष्णकुमार वैद्य
बनेपा ९, काभ्रे~<•>~
५)
शिरमा रहेमा हात
पुग्छ मनका कुरा
हुँदैन जीवनमा आघात !
✍️ सीमा कार्की समर्पण~<•>~
६)
सरस्वतीकाे गरौँ पूजा
ज्ञानकाे भण्डार मिल्छ
हुँदैन जीवन धुजा !
✍️ रबि पाैडेल
दक्षिण भारत पाण्डेचरि~<•>~
७)
ज्ञानको ज्योति छर्नू
देवी सरस्वती माता
सबैको रक्षा गर्नू !
✍️ अनिता भण्डारी
ताप्लेजुङ~<•>~
८)
विद्याकी हुन् खानी
सरस्वती सबकी माता
पढ्नमा लगाऔँ बानी !
✍️ वि.वि.याक्खा~<•>~
९)
माताको मिलोस् वरदान
पावन वसन्त पञ्चमीमा
सकल पुस्तकको ज्ञान !
✍️ संगीता खरेल
चन्द्रागिरी ८ काठमाडौँ~<•>~
१०)
विद्या सरस्वती भारती
भक्ति नित्य अध्ययन
वेदका ऋचा आरती !
✍️ प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे ।~<•>~
११)
विद्याकी सागर सरस्वती
भ्रष्टाचारीलाई बुद्धि देऊ
कम्तीमा सुध्रिउन् अलिकति !
✍️ अनन्त अर्याल~<•>~
१२)
तिम्रा रूप अनेक
हे सरस्वती माता !
देऊ बुद्धि हरेक l
✍️ बाबुराम गौतम
गुल्मी~<•>~
१३)
विद्याकी खानी माता
अज्ञानीलाई ज्ञान देऊ
हे सरस्वती विद्यादाता !
✍️ सरिता सेढाई
धादिङ~<•>~
१४)
सबको कल्याण गर्नू
ज्ञानको ज्योति बाली
अज्ञानता हाम्रो हर्नू !
✍️ रुना कर्माचार्य दाहाल
चितवन~<•>~
१५)
कृपा रहाेस् माताकाे
दाहिना बनून् सरस्वती
सङ्ख्या बढाेस् ज्ञाताकाे !
✍️ त्रिलाेचन भण्डारी
मेचीनगर,झापा~<•>~
१६)
शिक्षाको ज्योति छरेर
ज्ञानको भण्डार भरूँ
तिम्रो पूजाअर्चना गरेर !
✍️ बेदु न्यौपाने🇳🇵~<•>~
१७)
सरस्वती विद्याकी खानी
पुजा गरौँ सबैले
एकअर्कामा बनेर ज्ञानी !
✍️ अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा – ६ संखुवासभा ।~<•>~
१८)
ज्ञानकी माता रानी
सबैलाई दिन्छिन् बुद्धि
बनाउँछिन् सबैलाई ज्ञानी !
✍️ नीमा छिरिङ भोटिया
जलढका कालेबुङ
भारत~<•>~
१९)
सरस्वती विद्याकी खानी
ज्ञानको ज्योति छरेर
सुबिचारको परोस् बानी ।
✍️ दीपा तिम्सना पौडेल
ईलाम~<•>~
२०)
दिएर ज्ञान बुद्धि
कायम रहोस् कामना
हुनेछ पक्कै समृद्धि !
✍️ पृथक प्रकृति
झापा~<•>~
२१)
सरस्वतीको पुजा गरेर
सत्बुद्धि सबैको आओस्
ज्ञानको भण्डार भरेर !
✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
कनकाई ४ झापा~<•>~
२२)
ज्ञानको कुरा सिकेर
पुज्छौ माता सरस्वती
हामी सबै मिलेर !
✍️ एवाइ प्रभात
सहिदभुमि धनकुटा~<•>~
२३)
विद्याकी देवी पाएर
लिन्छौ असल शिक्षा
ज्ञानमा सधैँ रमाएर !
✍️ अम्विका अधिकारी
झापा विर्तामोड~<•>~
२४)
धेरै छन् हरामी
तिमीबाट ज्ञान पाउॅंदा
बन्छन् है दामी !
✍️ अर्जुन प्रसाद चौलागाई
रामेछापः-सुनापति-१
हालः-अमेरिका,बोस्टन।~<•>~
२५)
सरस्वतीको गरौँ आराधना
विद्याकी खानी हुन्
सबैलाई छ शुभकामना !
✍️ शोभा आचार्य गौतम
काठमाडौँ~<•>~
२६)
जय सरस्वती माता
अपार विद्याकी खानी
हुन् हाम्री भाग्यविधाता !
✍️ कबिताहरी
सुन्दर हरैंचा नगरपालिका १ मोरङ~<•>~
२७)
सरस्वती ज्ञानकी खानी
अक्षर आरम्भ गरेमा
बन्छन् शिक्षित नानी !
✍️ भगवती दवाडी
झापा~<•>~
२८)
मस्तिष्कमा ज्ञान भरिदेऊ
मूर्ख बन्दैछन् मानव
सरस्वती उद्धार गरिदेऊ !
✍️ विवश पारदर्शी
झापा~<•>~
२९)
विद्याकी देवी सरस्वती
सत्बुद्धि मिल्दछ जब
पुजारी बन्ने सम्मति ।
✍️ म्यामराज राई
भोजपुर~<•>~
३०)
जय सरस्वती माता
ज्ञान, कला, सङ्गीतकी
अलौकिक प्रतिभाकी अधिष्ठाता।
✍️ मोती सुब्बा
दार्जिलिङ, भारत।~<•>~
३१)
हे सरस्वती माता
कसैलाई भेदभाव नगरी
दिने ज्ञान विधाता !
✍️ उर्मिला के.शी.
धनकुटा !~<•>~
३२)
अज्ञानतामा केही लेखेँ
जसले घोक्दछ किताब
उसैमा सरस्वती देखेँ ।
✍️ बि.कुलुङ
दार्जिलिङ, रंगबुल~<•>~
३३)
माता शारदेश्वरी सरस्वती
पुष्प अर्पदै चरणमा
गाउँछु पूजामा आरती !
✍️ दिल ठकुरी
(टिस्टा भेल्ली)~<•>~
३४)
सरस्वतीको प्रार्थना गरेको
रक्षा गर्नु भनेर
उनकै भरमा परेको !
✍️अच्युत घिमिरे
सर्पाङ, भुटान🇧🇹~<•>~
३५)
साहसशिल हृदयमा भरिदेऊ
हे हंसवाहिनी माता
जीवन तपोमय गरिदेऊ !
✍️ मन्दिरा सेढाई
मलेखु,धादिङ~<•>~
३६)
पुज्दैछु जानी नजानी
हे सरस्वती माता
अटुट ज्ञानकी खानी !
✍️ भिम लिम्बू प्रयास
रिमबीक दार्जिलिङ~<•>~
३७)
बुद्धि विवेक भरेर
विद्याले सधैँ सजाऊ
अज्ञानता नाश गरेर !
✍️ समुन्द्रा शर्मा
सुनसरी ।~<•>~
३८)
सरस्वतीको शिरमा बास
बोल्दा जिब्रोमा पनि
अज्ञानताको हुन्छ विनाश !
✍️ धनुष न्यौपाने
गुठीचौर गाउँपालिका ०४ बिगारे जुम्ला~<•>~
३९)
ज्ञान हामीलाई देऊ
अज्ञानी यो भक्तलाई
सधैँ सरणमा लेऊ !
✍️ दुर्गा आचार्य
मोरङ~<•>~
४०)
सरस्वतीको पूजा गरौँ
सबैले एकाग्र भई
विद्या, बुद्धि भरौँ !
✍️ बाबुराम पाण्डे
अर्घाखाँची~<•>~
४१)
देवी सरस्वती माता
चाहन्छु तिमीझैँ बन्न
बनाइदेऊ ए विधाता !
✍️ कमला पौडेल~<•>~
४२)
सरस्वतीकाे पूजा गरौँ
मन वचन कर्मले
ज्ञान बुद्धि भरौँ !
✍️ राज कुमार राजभण्डारी “खाेटाङ्गे”
मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।~<•>~
४३)
वसन्तकाे आँगनीमा छायाे
ज्ञान बुद्धि विवेक
हेर जताततै झल्मलायाे ।
✍️ हरिगाेपाल प्रधान
बनेपा १४ साँगा बजार ।~<•>~
४४)
असीम ज्ञानकी दाता
विद्या बुद्धि देऊ
हे ! सरस्वती माता ।
✍️ डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा. पा. -६, दोलखा ।~<•>~
४५)
सरस्वती तिमीलाई शुभकामना
आजै तिमी जन्मिछ्यौ
अविद्या नाघ्ने चाहना !
✍️ नन्दलाल आचार्य
उदयपुर ।~<•>~
४६)
चेतनाको दियो बालेर
शान्तिको सन्देश फैलाऊँ
मूर्खता दुष्टता फालेर !
✍️ गुणनिधि घिमिरे
अमेरिका~<•>~
४७)
जय सरस्वती माता
तिमै चरणकमलमा परेँ
विद्या बुद्धिकी दाता !
✍️ दीपा गुरुङ्ग (समभाव)~<•>~
४८)
हे ! सरस्वती माता
सदासर्वदा सद्बुद्धि देऊ
विद्या ज्ञानकी दाता !
✍️ सरस्वती श्रेष्ठ
इटहरी~<•>~
४९)
सबै मिलेर पुजौँ
ज्ञानको मुहान सरस्वती
हुन् भनेर बुझौँ ।
✍️ अनमोल राई~<•>~
५०)
सरस्वती विद्याकी देवी
स्विकार्नुहोस् भगवती सधैँ
प्रणाम गर्दछे सेवी !
✍️ रिता खराल
रूपन्देही~<•>~
५१)
ज्ञानको खानी बनेर
उजागर नै गराइदेऊ
समभाव गरौँ भनेर !
✍️ प्रेम थापा “मन”
बागलुङ~<•>~
५२)
जन्मदिने हे माता
काखैमा बोल्न लेख्न
सिकाऊ सरस्वती विधाता !
✍️ चुडामणी देवकोटा
चनपा १३ काठमाडौँ~<•>~
५३)
ज्ञानकी देवी सरस्वती
विद्याविना हुँदैन हेर
मानवजातिको त उन्नति !
✍️ शशीश्री आचार्य
बौद्ध कुमारीगाल काठमाडौँ~<•>~
५४)
माताको चरणमा परेर
गर्छु नित्य पूजाअर्चना
पूर्ण भक्तिभाव गरेर !
✍️ कला ढकाल
झापा~<•>~
५५)
सरस्वती माता पाएर
अज्ञानता हटाउँन सकूँ
शिक्षाको महिमा गाएर !
✍️ दुर्गा भट्टराई
मोरङ~<•>~
५६)
मनमा सरस्वती माता
बुझ्न सकेमा सधैँ
सबैकी ज्ञानकी दाता !
✍️ आर्त अकुलीन~<•>~
५७)
सरस्वती माताकाे शरण
अज्ञानताकाे भण्डार हटाई
गराउने सद्वुद्धिकाे भरण !
✍️ कोपिला अधिकारी~<•>~
५८)
ज्ञानकी खानी माता
स्विकार्नू मेरो नमन
सम्पूर्ण जगतकी विधाता !
✍️ शान्ति कुमारी उपाध्याय
भक्तपूर, सूर्यविनायक~<•>~
५९)
वीणा पुस्तक धारणी
माता देवी सरस्वती
ज्ञान बुद्धिको कारणी !
✍️ नेत्र घिमिरे
सूर्यविनायक भक्तपुर~<•>~
६०)
माता देवी सरस्वती
धारण गर्छ्यौ विणा
अर्को नाम भारती !
✍️ रचना शर्मा प्रतीक्षा~<•>~
६१)
लगाऔँ चित्तले ध्यान
बढ्ने गर्दछ सबैको
बुद्धि, विवेक, ज्ञान !
✍️ केसर बाेहरा ” सङ्घर्ष “
सुदूरपश्चिम ” अछाम “
हाल ” भारतबाट “~<•>~
६२)
हे ! माता सरस्वती
देश हाँक्नेलाई देऊ
सद्बुद्धि, सत्ज्ञान जति !
✍️ राजेश्वरी राजोपाध्याय
ललितपुर पाटन~<•>~
६३)
सरस्वती मातामा जाऔँ
नजानेका काव्य सिकाई
झिल्का कविता गाऔँ !
✍️ टिकाराम पुन पुकार
छत्रेश्वरी गाउँपालिका २
सल्यान~<•>~
६४)
पूरा हाेस् चाहना
वर्ष दिनमा आउने
सरस्वती पूजाकाे शुभकामना !
✍️ श्री कृष्ण धामी
बझाङ~<•>~

