मोरंग सुनसरी सेवा समाज साउदी अरब अध्यक्षमा दिपक थापा निर्वाचित

  • २८ माघ २०८०, आईतवार १८:३६ मा प्रकाशित
  • रियाद – मोरंग सुनसरी सेवा समाज साउदी अरब अध्यक्षमा दिपक थापा निर्वाचित भएका छन्।
    शुक्रबार, ०९ फरवरी २०२४ मा साउदी अरेवियाको रियाद शहरमा आयोजित संस्थाको तेस्रो साधारणसभाले थापा अध्यक्ष सहित २७ सदस्यिय कार्यसमिति चयन गरेको हो।
    १ जनवरी २०२० सातौं शाखाको रुपमा स्थापित सो संस्थाले सुजनसेर राईको अध्यक्षता,नेपाली राजदुतावास महामहिम राजदुत नवराज सुबेदी ज्युको प्रमुख आतिथ्यता नियोग उपप्रमुख डमरु बल्लभ पौडेल ज्यु, प्रथम सचिब टेक नारायण गिरी तथा मोसु नेपालका सल्लाहकार एबं प्रवास शाखा समन्वय समितिका संयोजक कुमार कार्कीको विशेष आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो।
    सो साधारण सभाले अध्यक्षमा दिपक थापा
    उपाध्यक्ष : रोशन कुमार श्रेष्ठ
    उपाध्यक्ष : तुलाराम लिम्बु (राज)
    उपाध्यक्ष : कल्पना बस्नेत पोखरेल
    उपाध्यक्ष : सन्दिप कार्की
    उपाध्यक्ष : किशोर राई
    सचिब – देवेन्द्र विश्वकर्मा
    सहसचिव : लोक बहादुर पुरी
    सहसचिव : सन्जिब कोईराला
    सहसचिव : जयन्ती लिम्बु
    कोषाध्यक्ष : खेमराज कार्की
    सहकोषाध्यक्ष : शिवराज अधिकारी
    सहकोषाध्यक्ष : लाल बहादुर बोगटी
    सहकोषाध्यक्ष : मीन प्रसाद अधिकारी
    युवा संयोजक : पुरण तामाङ
    महिला संयोजक : ईशारा दहाल
    सदस्य : कमल महतो
    सदस्य : सोमिया सुन्दास
    सदस्य : आशिमा श्रेष्ठ
    सदस्य : रोशन बस्नेत
    सदस्य : अमर कार्की
    सदस्य : सीता क्षेत्री थापा
    सदस्य : फुर्वा लिम्बु
    सदस्य : शर्मिला मगर
    सदस्य : ऋत्तम भट्टराई
    सदस्य : ईन्दिरा श्रेष्ठ
    सदस्य : बिनोद खड्का

    सल्लाहकार परिषद –
    सल्लाहकार संयोजक : सुजनशेर राई
    सल्लाहकार : हेम सुवेदी
    सल्लाहकार : राजेन्द्र अर्याल
    सल्लाहकार : दिनेश न्यौपाने
    सल्लाहकार : रबिना अर्याल
    सल्लाहकार : गणेश पोखरेल
    सल्लाहकार : नगेश तामाङ
    सल्लाहकार : अमर श्रेष्ठ
    सल्लाहकार : अरुण केसी
    सल्लाहकार : राजेन्द्र लिम्बू
    सल्लाहकार : नवीन मुडभरी
    सल्लाहकार : मनिष कोईराला
    सल्लाहकार : कर्ण बहादुर बस्नेत
    सल्लाहकार : मनोज धिमाल
    सल्लाहकार : सुरेन्द्र मोक्तान तामाङ
    निर्वाचित भएका छन्।कार्यसमितिको अवधी २ वर्षको रहनेछ।
    कार्यक्रममा २०२२/२४ को कार्य सम्पादनको मुल्याङ्कन गरी खेमराज कार्की र गणेश पोखरेल लाई सुजनसेर राईले प्रशंसा पत्रले सम्मान गरेका थिए। सोहि कार्यक्रममा समाज मा अतुलनीय योग्दान पुर्याउदै आउनु भएका समाजसेवी द्वय दिपक रेग्मी ब्याबसायी, नेका नेता एबं NRNA-ICC सदस्य) र ब्याबसायी अ्मर सापकोटा लाई मोसु मानार्थ दिएका छन्।

    कार्यक्रममा सबै पाहुनालाई मोसु साउदिको प्रगति बिवरण पुस्तक बनाई बितरण गरेका थिए। उठेका जिज्ञासा लाई राईले सम्बोधन गरेका थिए।

    कार्यक्रममा निर्वाचित समितिलाई बधाई तथा शुभकामना दिदै प्रमुख अतिथि महामहिम नवराज सुबेदी र नियोग उप प्रमुखले सुजनसेर राईको २०२२/२४ कार्यकाल र मोसुको अभियान बारे खुलेरै प्रसंशा र धन्यवाद ब्यक्त गर्नु भएको थियो। कार्यक्रममा जितेन्द्र थपलिया, बिष्णु घिमिरे, हेम सुबेदी, रुपक वाइबा, टेक नारायण गिरी, दिपक रेग्मी, रबिना अर्याल , अमर श्रेष्ठ , अर्जुन थापा, अमर सापकोटा, लगायल धेरै बक्ताहरुले शुभकामना र बधाई दिएका थिए।कार्यक्रममा नेपाली नृत्य समुहले पुर्वै रमाइलो गितमा नृत्य प्रस्तुत गर्दै अतिथिहरुलाई मनोरञ्जन गराएका थिए। बासुरी बादक राज यात्री को समुहले बाध्यबादन बजाएर मनोरञ्जन दिएका थिए । NRNA-ICC सदस्य दिपक रेग्मी, NRNA-NCC अध्यक्ष रबिना अर्याल, जनसम्पर्क समिति सभापति अर्जुन थापा, प्रवासि नेपाली मन्च अध्यक्ष अंमर श्रेष्ठ , प्रवासी मन्च गंगा गोदार, पानस उपाध्यक्ष धिरज साउद , मानार्थ द्वारिकाराज गिरी, अन्नपुर्ण पोष्ट मध्यपुर्व प्रतिनिधि बिष्णु घिमिरे अन्तरसंस्था अध्यक्ष अमृत पौडेल, लगायत चालिस माथि संस्थाको अध्यक्ष र प्रतिनिधि साथै १८३ सामाजिक अभियान्ताहरुको उपस्थिति थियो भने राज लिम्बुले कार्यक्रम संचालन गरेका थिए। अन्त्यमा सभापति राईले सबै आदरणीय पाहुना प्रति कृतज्ञता ब्यक्त गर्दै आफ्नो कार्यकाललाई माया गरे झैं दिपक थापाको नेतृत्व लाई पनि साथ र माया गरिदिन अनुरोध गर्दै शुभकामना दिएर कार्यक्रम समापन गरेका थिए।

    Leave a Reply