
गङ्गाराम यादवका चार मुक्तकहरू
ढुङ्गा जस्तो बलियो जीवन धुलो हुँदो रहेछ
पैसाले किन्न नपाइने ओखतीमूलो हुँदो रहेछ
युद्धमा लडिरहेको कुनै योद्धालाई सोध्नुहोस्
जिन्दगीमा मृत्युको त्रास कति ठुलो हुँदो रहेछ।
जिन्दगीमा हरेक विछोडले दिन्छ एक नौलो पीडा
सङ्घर्षको हरेक होडले दिन्छ एक नौलो पीडा
आखिर आँसु र हाँसोको सङ्गम नै त जिन्दगी हो
यात्राको हरेक मोडले दिन्छ नौलो पीडा।
किन आउँछ यति धेरै भार जिन्दगीमा
जता हिँड्छु उतै काँडेतार जिन्दगीमा
खोइ कसरी पालूं परिवार यो चालले
पाइएन आजसम्म रोजगार जिन्दगीमा।
कमाइयो,गरियो जिन्दगीमा लगानी
हौसलाबिना नै बित्यो आखिर जवानी
कस्तो विचित्र यो जिन्दगी रहेछ मेरो
भोगाइ एक तर छुट्टै देखिन्छ कहानी।
✍️ गङ्गाराम यादव
औराबनी, सुनसरी