“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: उन्नासीऔंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ:
अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-७९ ——————————-
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
मिति:- २०८०/१०/०८गते
बुधबार बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ।
……………………………………….
प्रशिक्षक:-
……………
गुणनिधि घिमिरे
घनश्याम पौडेल
तोयानाथ सुवेदी
………………………
भाषा शुद्धीकरण:-
———–
जमुना आचार्य
भवानी घिमिरे
पुष्पा नेपाल सुवेदी
सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य
संयोजक:-
सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================
अक्षर सङ्ख्या:- [बराबरी]
अनुप्रास :- आफुखुसी
स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१
किसानले खेत बारी राेप्न बीउ खाेज्छन् रे।
ताताेताताे भात माथि तातै घिउ खाेज्छन् रे।
दैवकाे लिला पनि अपरम्पार छ हेर,
मान्छे जति बुढाे भयाे उति निउ खाेज्छन् रे।
मखमलकाे कपडा माथि लिउ खाेज्छन् रे।
पञ्चाङ्ग:०२
असनीय पीडा सहनु कसरी ?
यो मनको बह कहनु कसरी?
जिन्दगी किन हाे अजीब लाग्दैछ,
खोलाको पानी झैं बहनु कसरी?
किनारा भएर रहनु कसरी?
सुशीला पाैडेल
पञ्चाङ्ग:०३
मायामा त हृदयले छुनु पर्छ।
दुःख र सुखमा साथ हुनु पर्छ।
जीवनमा आखिर के पाे हुन्छ र,
एक आपसकाे मैलाे धुनु पर्छ।
दुखमा सँगै मिलेर रुनु पर्छ।
ह्यारिस
पञ्चाङ्ग:०४
मायाले दिलको नजिक हुनेलाई भन्नुपर्छ।
सुखदुःख पर्दासँगै रुनेलाई भन्नुपर्छ।
गाह्रो साह्रै माया गरेपछि भन्नू उनैलाई,
दिलबाट दिलसम्म छुनेलाई भन्नुपर्छ।
मनको मैलो आँशुले धुनेलाई भन्नुपर्छ ।
✍️सोमनाथ लुइटेल “रवि पाल्पाली”
पञ्चाङ्ग:०५
जब चुनौतीलाई पनि सहर्ष अवसर ठान्छ मान्छे।
जब भोजनको सट्टामा अहंकारलाई नै खान्छ मान्छे।
अनि त्यसबेला पो उ साधारण मान्छे भन्दा हुन्छ भिन्दै,
राम राम भन्दै देवताले पनि भगवानै मान्छ मान्छे।
रावणको वध गर्न आखिर भगवानले छान्छ मान्छे ।
-पशपती राई खोटाङ ।
पञ्चाङ्ग:०६
सुशासनको नाममा डकार जतिसुकै ।
भ्रष्टाचारी हुन् भनेर खकार जतिसुकै ।
छँटाहा कहिले पनि गर्देन राम्राे काम ,
बन्दुक नै तेर्साएर हकार जतिसुकै ।
राष्ट्रका घुन हुन् भन्छु सकार जतिसुकै ।
प्रधुम्न चालिसे
भक्तपुर ,कटुञ्जे ।
पञ्चाङ्ग:०७
छोरी मान्छेले सुन्दर जिउ खोज्छन् ।
श्राद्धपछि पुरोहित घिउ खोज्छन्।
समय अनुसारको खोजी हुने,
सिजनमा किसानले बिउ खोज्छन् ।
झगडालु मान्छे सधैँ निउँ खोज्छन् ॥
गुणनिधि घिमिरे अमेरिका
पञ्चाङ्ग:०८
मानव किन यति साह्रो घमण्ड गर्छन् होला।
आखिर लठ्ठी बिना खोला कसरी तर्छन् होला।
जुन कुराको पनि त आ-आफ्नै महत्त्व हुन्छ,
सम्बन्ध तोडेर अर्कोमा कसरी सर्छन् होला।
विश्वास छैन भने भर कसको पर्छन् होला ।
शोभा आचार्य गौतम
काठमाडौँ
पञ्चाङ्ग:०९
मन भित्र राखी तिमीलाई सधै माया गर्छु म।
जुनीजुनी हृदयमा प्रेमकाे वासना छर्छु म।
मेरो जिन्दगीमा आयाै तिमी त खुशी राख्छु सँधै,
आफ्नै ठानी तिम्राे जिन्दगीमा कयाैँ रंग भर्छु म।
भुली सारा दुनियाँलाई तिम्रै शरण पर्छु म।
उर्मिला के.शी.
धनकुटा
,पञ्चाङ्ग:१०
नेपाल आमा रोहि रहेकी छन् आँसु लुट्नु पर्छ आजैदेखि।
हिमाल,पहाड अनि तराई सबै जुट्नु पर्छ आजैदेखि ।
धेरै मिचिदैछन् सिमाहरु पूर्व पश्चिम तल माथि किन?
कुविचार भएकाहरु राज्य बाट छुट्नु पर्छ आजैदेखि।
अब भष्ट्रचार गर्नेहरुको मन टुट्नु पर्छ आजैदेखि ।
दुर्गा आचार्य
मोरङ
पञ्चाङ्ग:११
मन्दिरमा भगवानको बास हुन्छ भन्छन्।
सास हुन्जेल मानिसको आस हुन्छ भन्छन्।
मूर्तिलाई पुजेर जीवन बित्ने भो यहाँ,
केही नगरे नि जिउन त्रास हुन्छ भन्छन्।
जीन्दगीमा त आफ्नै मान्छे खास हुन्छ भन्छन्।
सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग :१२
कल्पनाकाे पल भन्छु
जवानीकाे बल भन्छु
खाएमा अति स्वादिष्ट
पसिनाकाे फल भन्छु ।
गंगाजीकाे जल भन्छु ।
भवानी घिमिरे
सर्लाही।
Usually I do not read article on blogs however I would like to say that this writeup very compelled me to take a look at and do so Your writing taste has been amazed me Thanks quite nice post