“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: सतहत्तराैंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ:
अभ्यास पाठशालाको अभ्यास श्रृङखला दर्ता पछिको भाग :-७७ ——————————-
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
मिति:- २०८०/०९/२३गते
बुधबार बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन अनुरोध छ।
……………………………………….
प्रशिक्षक:-
……………
गुणनिधि घिमिरे
घनश्याम पौडेल
तोयानाथ सुवेदी
………………………
भाषा शुद्धीकरण:-
———–
जमुना आचार्य
भवानी घिमिरे
पुष्पा नेपाल सुवेदी
सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य
संयोजक:-
सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================
अक्षर सङ्ख्या:- [बराबरी]
अनुप्रास :- आफुखुसी
स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१
मीठो बाेली पनि बहकाउने भाँडाे भयाे।
कुव्यवहार चाहीँ बिझाउने काँडाे भयाे।
काे कस्ताे हुन्छ निधारमा लेखिएकाे हुन्न,
एउटाकाेे जिन्दगी अर्काेलाई घाँडाे भयाे।
धन्य समय मान्छे चिन्नलाई चाँडाे भयाे।
सुशीला पाैडेल
पञ्चाङ्ग:०२
दुश्मनले खाडल खन्ने छ।
दुनियाँले देख्दा वाह भन्ने छ।
जिन्दगी सुख दुःखका घेरा हो,
गन्न नसकिने धेरै पन्ने छ।
याद अविष्मरणीय बन्ने छ।
ह्यारिस
पञ्चाङ्ग:०३
शार्दूलविक्रीडित छन्द
sss, iis, isi, iis, ssi, ssi, s =१९
कौसीमा बसने अलाप गरने , मिलाप मेरै भयो।
साथीको मनमा रहेर किनहो, बिलाप धेरै भयो।
काहाँको रणमा बचेर अमली ,सोचेर काट्ने थियौ,
साथीको घरमा अनेक बर्षमा ,आएर खेरै भयो।
चौतारी सपक्कै विरानी भएको , सोचेर तेरै भयो ।
✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा ।
पञ्चाङ्ग:०४
औँसीकाे रातलाई जूनकाे आशा हुने।
नयाँ बेहुलीलाई सुनकाे आशा हुने।
आशा र विश्वसले चलेकाे जगतमा,
बिरामीलाई बाँच्न खुनकाे आशा हुने ।
अभाव जीवनमा नुनकाे आशा हुने ।
भवानी घिमिरे
सर्लाही ।
पञ्चाङ्ग:०५
दिन दिन जाडोले पेली रहेछ।
मनभित्र तर्कना खेली रहेछ।
बाहिर जान आउन पनि गाह्रो,
हालखुट्टा त्यतिकै जेली रहेछ।
जडाउरीले जाडो छेली रहेछ।
घनश्याम पौडेल,पोखरा
पञ्चाङ्ग:०६
दिनहुँ चिसोले जीउ गलेको छ।
जठराग्नीले शरीर ढलेको छ।
आसै आसमा सत्यानास हुन् थाल्यो,
भित्र यो मन भत्भती जलेको छ।
द्वन्द, मुठभेड देश चलेको छ!
कमला देवकोटा, पाल्पा
पञ्चाङ्ग:०७
माना पाथी भराएर खान्छाै।
चिच्याएर कराएर खान्छाै।
खानाविनै मरेका छाै तिमी ,
थिचोमिचो गराएर खान्छाै ।
हिस्सा बिलाे छराएर खान्छाै ।
✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
पञ्चाङ्ग:०८
कहाँनेर गल्ती भयो , कहाँनेर चुक्यौ हामी।
बढ्नुको साटो किन खै दिनदिनै सुक्यौ हामी।
गल्ती सबैको हुन्छ तर देखेनौ आफ्नो गल्ती,
बदला लिन सधैं उसकै बाटो ढुक्यौ हामी ।
सत्ताको लागि आफ्नै अनुहारमा थुक्यौ हामी ।
-पशपती राई खोटाङ ।
पञ्चाङ्ग:०९
कतिले दुई मुटु गाँसेर चाहाना छुँदा रहेछन्।
कुतिले यहाँ विछोड गराएपछि रुँदा रहेछन्।
यस्तै जोड्ने र तोड्नेको प्रक्रियामा सामेल भएरै,
भाव असल कमसल खाले कति हुँदा रहेछन्।
यिनै भाव यहाँ मानिसमा हाजिरी खुदा रहेछन्।
✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
पञ्चाङ्ग
अक्षर-२०
सेता दन्ते लहर संग मधुरो मुस्कान छरेर आयौँ,
एक छिन् भेट्छु भन्ने बित्तिकै तिमी त यतै सरेर आयौँ।
त्यो तिम्रो चाल मग्न पार्ने रुप ढंग नै अनौठो देखिन्छ
आहाँ तिमीले त मायालु मनै तान्ने बोलि धरेर आयौँ,
कयौँ अप्ठ्यारा बाटा अनि खोला नदिहरु तरेर आयौँ।
दुर्गा आचार्य
मोरङ