साप्ताहिक पञ्चाङ्ग भाग- ७८

  • ४ माघ २०८०, बिहीबार २३:४३ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: अठहत्तराैंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-७८ ——————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८०/१०/०१गते
    बुधबार बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ।
    ……………………………………….

    प्रशिक्षक:-
    ……………
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी
    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    पीडामा पनि जिएको देख्ने को छ र?
    मनले आँसु पिएको देख्ने को छ र?
    जिन्दगीमा के छ आशा अनि भराेसा,
    मायाले राम्रो दिएको देख्ने को छ र?
    अरूले खुशी लिएकाे देख्ने काे छ र?
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२
    ठण्डीकाे महिना हुँदा घाम हरायाे ।
    फुस्स जाने दिन हुँदा काम हरायाे ।
    आकाशकाे हुस्सुले पार्याे आच्छुआच्छु,
    अधिक जाडाेमा गर्मी नाम हरायाे ।
    रुमलिँएर कागकाे ठाम हरायाे ।
    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०३
    रोगलाई जितेर आउँदै छु म।
    खुशी र हर्षतिर धाउँदै छु म।
    पीडा वेदना भुल्न अक्षर कोर्छु,
    मेरो नयाँ जीवन पाउँदै छु म।
    जिन्दगीकाे कथामा छाउँदै छु म।
    ह्यारिस

    पञ्चाङ्ग:०४

    आवाज उठाउँदा कुरा नै काटे जस्तो लाग्छ।
    राम्ररी बोल्दाखेरि यहाँ त चाटे जस्तो लाग्छ।
    मायाले चाट्नु पर्ने हो अभिशप्त हुँदै गएँ,
    नरुचाएपछि बोली पनि फाटे जस्तो लाग्छ।
    झुपडीमा झुन्डिन डोरि नै बाटे जस्तो लाग्छ।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली”

    पञ्चाङ्ग:०५
    महिना अर्कै फेरियो आज।
    माघीको पर्व हेरियो आज।
    घरैमा बसी नेट नेटैमा।
    मीठा खानाले घेरियो आज।
    सञ्जालभरि बेरियो आज।

    पञ्चाङ्ग:०६
    नेपाल आमाको व्यथा त मात्र कथामा पो लेखिन्छ अचेल।
    छोरो भने युरोप कि त अमेरिका तिरै भेटिन्छ अचेल।
    आफ्नै देशको सगरमाथा चढ्छु भन्ने त्यो सपनाको पनि,
    चाहानाहरु उज्यालो नै पो हुन नपाइ फेरिन्छ अचेल।
    माया पनि कति छिटो हो,पैसाकै बोटमा जेलिन्छ अचेल।
    -पशपती राई खोटाङ ।
    घनश्याम पौडेल, पोखरा

    पञ्चाङ्ग:०७
    यो चिसो माघको जाडो टसरले छेक्दैन।
    सुर्यको किरणलाई पसरले छेक्दैन
    हेमन्त ऋतु सकियो चिसो झन बढ्दो छ,
    दिउँसो घाम चिसोको असरले छेक्दैन।
    मुस्कानलाई मनको कसरले छेक्दैन।
    शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग:०८

    मनकाे अहंकारलाई झिकेर फाल तिमी ।
    मस्तिष्ककाे बिकारलाई झिकेर बाल तिमी ।
    अनन्त जीवन सबैकाे बन्ने खरानी रै छ,
    सद्भाव साथ प्रेमलाई झिकेर पाल तिमी ।
    अन्याय अत्याचार खुडा झिकेर ढाल तिमी ।
    प्रधुम्न चालिसे
    भक्तपुर , कटुन्जे ।

    पञ्चाङ्ग:०९

    नेपाली मन नेपालीपन र नेपाली पाराले भन्छु म।
    पर्देशमा दुःख गरेर धन ल्याउँछन् साराले भन्छु म।
    घरमा बालबच्चा पत्नी आमा बावु छाडेर परिवार,
    दुःखसुख त हेर्दैन होला आकासको ताराले भन्छु म।
    दिएन काम स्वदेश बसी सडकको नाराले भन्छु म ॥

             गुणनिधि घिमिरे अमेरिका

    One thought on “साप्ताहिक पञ्चाङ्ग भाग- ७८

    Leave a Reply