साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ६३

  • ७ माघ २०८०, आईतवार २०:०६ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- त्रिसठीऔमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८०/१०/ ०४ गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:६३[त्रिसठीऔ] चित्रपटमा छौं।

         यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी

    चित्र संकलन

    सुशीला पाैडेल

    शुद्धीकरण

    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    चित्रमा पञ्चाङ्ग
    पञ्चाङ्ग:०१
    महिमा शिवकाे गाउँ सब जन।
    भक्तिकाे मार्गमा जाउँ सब जन।
    लाेक परलाेक सुधार्नको लागि,
    धाममा शिवकै पाउँ सब जन।
    ज्ञानकाे प्रसाद लाउँ सब जन।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२
    ढोकै अगाडी शिवजीको थान रहेछ।
    कति राम्रो मनितो अनि मान रहेछ।
    मन्दिर भित्र सुन्दर पशुपतिनाथ,
    हाम्रो धेरै राम्रो संस्कार सान रहेछ।
    सबैभन्दा असल कर्म दान रहेछ ॥

       गुणनिधि घिमिरे अमेरिका

    पञ्चाङ्ग:०३

    हे! ईश्वर महादेव रक्षा गर प्रभु।
    तिमी सर्व शक्तिशाली दु:ख हर प्रभु
    हाम्रो भक्तिले खुसी भइ प्रसन्न हुनु,
    भक्तलाई सदैव शरण धर प्रभु।
    तिमी बाहेक दुखीको नै को छर प्रभु।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा ।

    पञ्चाङ्ग:०४
    बोल्दैन भगवान मुर्तिले केही भन्दैन कसैलाई ।
    मान्छेले जस्तो मरिमरि खोइरो खन्दैन कसैलाई।
    टुलुटुलु हेरि बस्छ गल्ती अनुसारको दन्ड दिन्छ,
    सबैलाई समान,ठुलो या सानो गन्दैन कसैलाई।
    जो गर्छ असल कर्म अवरोध बन्दैन कसैलाई ।

    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०५
    दुःख र पीडा कम गर्ने बाटाे देखाऊ भगवान।
    आफ्नाहरू नजिक सर्ने बाटाे देखाऊ भगवान।
    दैवी शक्ति अगाडि कसैकाे केही लाग्दो रहेनछ
    अब दुःखको खोला तर्ने बाटाे देखाऊ भगवान।
    नराम्राे सोचहरू हर्ने बाटाे देखाऊ भगवान।
    ह्यारिस

    पञ्चाङ्ग:०६
    समाउने खाले लहरा पाटैमा रह्यो।
    चट्टाने पहरा हिडेको बाटैमा रह्यो।
    मुनाफा गर्न दाउमा राखेको जिन्दगी,
    घोरिएर हिसाब गर्दा घाटैमा रह्यो।
    घाटानाफा जे होस् पसिना माटैमा रह्यो।

    चिरञ्जीवी ढकाल
    नेपालगन्ज -२०
    राँझा एयरपोर्ट बाँके

    पञ्चाङ्ग:०७
    मन्दिर भित्र सजिएर बडाे सान साथमा ।
    बसेकाछन् पलेटी कसी बडाे मान साथमा ।
    धूप दीप नैवेद चढाई भक्ति भावले ,
    गरी शक्तिकाे पूजा यहाँ स्तुति गान साथमा ।
    सदा सर्वदा शान्ति छाओस् भगवान् साथमा ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग: ०८
    अचेल भगवान भन्न छोडेका छन्।
    कोहोर भगवान गन्न छोडेका छन्।
    किन हुदैछ यस्तो समाजमा आज,
    बलि अनेक थरी अन्न छोडेका छन्।
    मान्छेले मान्छे जस्तो बन्न छोडेका छन्।

    दुर्गा आचार्य
    मोरङ

    Leave a Reply