साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १३८ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ७५ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :
उदक अभ्यास शृङ्खला– १३८ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू
[१]
बच्चा
बोक्दै डोकोमा
आमा कामकै धोकोमा !
- वसन्त अनुभव
[२]
आफ्नै
पेट भोको
दाउराको मूल्य कति ?
- सोमनाथ लुइटेल 'रवि पाल्पाली'
[३]
बच्चा
आमाकाे काख
हुन्छ संसारमा लाख !
- केसर बाेहरा 'सङ्घर्ष’
अछाम, हाल: भारत
[४]
बाेकेर
दाउराकाे डाेकाे
सन्तान हुर्काउने धाेकाे !
- ताराप्रसाद चापागाईँ, धुनिबेसी
[५]
बोकेर
माया ममता
जङ्गल जानु बाध्यता !
- नारायण कोइराला
तानसेन, पाल्पा
[६]
चमत्कार
एउटा आइमाईको
विशुद्ध विश्व समाजको !
- एवाइ प्रभात
सहिदभूमि, धनकुटा
[७]
आमा
ममताकी खानी
दुःखकष्ट गाह्रो नमानी !
- गुणनिधि घिमिरे, अमेरिका
[८]
बाध्यता
आमा भोकमा
बच्चा बोकी डोकामा !
- घनश्याम पौडेल, पोखरा
[९]
आमा
महान् धर्ती
कामसँग सन्तानको जिम्मेवारी !
- सीता पाण्डेय मरासिनी
तम्घास, गुल्मी
[१०]
आमा
हुन् जीवनदाता
ब्रह्माण्डमा अमूल्य नाता !
- पृथक प्रकृति, झापा
[११]
पौरखी
आमा नेपाली
मधेशी पहाडी हिमाली !
- सुरेशकुमार पाण्डे
दाङ, घोराही-१८
[१२]
अतुलनीय
आमाको स्याहार
महिमा सदा अपार !
- गङ्गा खड्का
बूढानीलकण्ठ, काठमाडौँ
[१३]
आमा
जीवनको चालक
डोकोमा बोकेर बालक !
- सरिता सेढाई, धादिङ
[१४]
ममता
माताको जिम्मेवारी
बोझ नहुने भारी !
- म्यामराज राई
[१५]
आमा
वात्सल्य प्रेम
दाउराको बन्छ फ्रेम !
- ऋजु दिल्पाली
ईटहरी-१, सुनसरी
[१६]
काम
जीवन धान्न
बच्चा डाेकाेमा बाेकी !
- राज कुमार राजभण्डारी 'खाेटाङ्गे'
मध्यपुर ठिमी-५, संगम काेलाेनी, भक्तपुर
[१७]
आमा
शब्द अपार
मुटुसँग सम्बन्धित माया !
- भवानी घिमिरे
[१९]
आमा
बोकेर भारी
स्वप्न सागर आखिरी !
- आर्त अकुलीन
[२०]
दरिद्रता
बाध्यताको भारी
आपार मातृत्व स्नेह !
- राजाराम रत्गैंया, अमौरा, कैलाली
[२१]
सन्तान
महिनौँ गर्भमा
नबढुञ्जेल एकसाथ कर्ममा !
- अगस्टीन राई, भारत
[२२]
माया
हरेक पीडामा
आमाको शितल छाया !
- डम्बर थामी 'अनुपम'
कालिन्चोक गा.पा.-६, दोलखा
[२३]
महान्
आमाको ममता
संसार अड्याउने क्षमता !
- सरस्वती वली
बर्दिया, नेपाल
[२४]
कर्म
आमाको बुझौँ
हामी सबैले मर्म !
- अनुग्रह राना मगर 'पुष्प'
पाँचखपन नपा -६, संखुवासभा
[२५]
आमा
दिउँसो दाउरामा
बिहान बेलुका चुल्हामा !
- डा. देवी पन्थी
[२६]
आमा
धरती समान
प्रकृतिको अनुपम उपहार !
- गोपालप्रसाद पौड्याल
[२७]
आमा
पहाडकी नारी
सधैं बोक्नुपर्ने भारी !
- कला ढकाल
झापा, दमक
[२८]
बोझ
पापी पेट
निकम्मा निर्लज्ज सरकार !
- मङ्गला उपाध्याय, बारा
[२९]
आमा
शक्तिकी रूप
कर्म जिम्मेबारी धूप !
- प्रभादेवी पौडेल, चितवन
[३०]
काख
दाउराको भारी
शरीर भारीमा लछारी !
- सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ
[३१]
आमा
बच्चाको संसार
सन्तानको माया अपरम्पार !
- रमा पन्त, पाल्पा
[३३]
नारी
दाेहराे भारी
बालक दाउरा माथि !
- नवराज भट्ट, कञ्चनपुर
[३४]
काम
सहनै गाह्रो
आमालाई पार्यो साह्रो !
- अम्बिका अधिकारी
झापा, बिर्तामोड
[३५]
निस्वार्थ
ममताले भरिएको
सङ्घर्षपूर्ण आमाको जिन्दगी !
- पुष्पराज पराग, इटहरी
[३६]
आमा
ममताकी खानी
बुढेसकालमा बनून् रानी !
- निरज कोइराला
इटहरी-१६ सुनसरी
[३७]
आमा
कष्टकाे भारी
सन्तान हुर्काउँदाकाे जिम्मेवारी !
- नारायण प्रसाद उपाध्याय, कैलाली
[३८]
माता
वाध्यता विवशता
सन्तान स्नेह दृढता !
- पं ज्यो. तोयनाथ सुवेदी
हेटौडा -८, कमाने
[३९]
अतुल्य
सन्तान प्रतिको
आमाको त्याग अमूल्य !
- विवश पारदर्शी, झापा
[४०]
आमा
डोकोमा नानी
नगरी चल्दैन जिन्दगानी !
- चक्र शाही, लम्की, कैलाली
[४१]
घरबारी
सन्तानको जिम्मेवारी
डोकामा दाउराको भारी !
- हिमाल अम्मै
घोडाघोडी, कैलाली
[४२]
आमा
ईश्वरको रुप
आमाविना विश्व कुरूप !
- तेजप्रसाद खनाल
लमही, दाङ
[४३]
भारी
बोक्ने नारी
सन्तानको बोझ उठाउने !
- धनमाया चौधरी, कैलाली
[४४]
भविष्य
पसिनामा खोज्दै
मस्त जग निर्माता !
- मधुसूदन शर्मा, रोल्पा
[४५]
आमा
अपारको माया
सन्तानको शितल छाया !
- बुद्धिप्रसाद लामिछाने, कैलाली
[४६]
भारी
बच्चासँगै जिम्मेवारी
समाल्ने गर्छिन् नारी !
- दीपा गुरुङ्ग 'समभाव'
बुनपा-१२, काठमाडौँ
[४७]
माता
दुःखकी मित
जीवन जगतकी दाता !
- पुष्पा श्रेष्ठ 'पुसु'
रुपा गाउँपालिका-७, कास्की
[४८]
आमा
दयाकी खानी
साक्षात् भगवानको रूप !
- दुर्गा अधिकारी भमरकोटे
हाल, कपन
[४९]
माता
सृष्टिसित नाता
टुट्न दिन्नन् ममता !
- पशपती राई, खोटाङ
[५०]
आमा
कार्यकुशल नारी
काँधमा घरको जिम्मेवारी !
- मन्दिरा सेढाई
मलेखु, धादिङ
[५१]
आमा
दायित्व बाेध
बच्चा पीडा साेध !
- ढकाल कवि दत्त
[५२]
नारी
दुईटा भारी
सम्हाल्नुपर्ने सारा स्विकारी !
- गोपेन्द्र रिजाल, पाँचथर
[५३]
आमा
पिठ्युँमा भारी
ममता कर्तव्य बाध्यता !
- अशोक थापा
[५४]
आमा
ममताकी खानी
बोक्छिन् पुरै जिम्मेवारी !
- सुरेश न्यौपाने
लम्की, कैलाली
[५५]
आमा
सन्तानको माया
पिठ्युँमा गरीबीकाे छाया !
- बलराज गिरी
जानकी गा.पा.-८, कैलाली
[५६]
आमा
दयाकी खानी
छैन कुनै बेइमानी !
- प्रेम थापा 'मन', बागलुङ
[५७]
आमा
धरती समान
सक्छिन् दु:खसुख सहन !
- प्रद्युम्न चालिसे
भक्तपुर, कटुञ्जे
[५८]
आमा
सन्तानको हर्ष
गर्छिन् हर्दम सङ्घर्ष !
- दीपा तिम्सिना पौडेल, इलाम
[५९]
नारी
ममताको फूलबारी
सन्तानको असल छहारी !
- तोया नाथ चापागाईं
दमक, झापा, नेपाल
[६०]
जिन्दगी
कसरी हुर्किन्छ
ठुलो भएपछि बिर्सिन्छ !
- होमप्रसाद नेउपाने
धरान, सुनसरी
[६१]
ममता
आमाको जिम्मेवारी
हुर्काउँछिन् बोकेर भारी !
- सरस्वती श्रेष्ठ
रुपन्देही, बुटवल
[६२]
आमा
हुर्काउँछिन् सन्तान
रत्तिभर गाह्रो नमानी !
- सुस्मिता अधिकारी, काठमाडौँ
[६३]
आमा
बोकेर भारी
सन्तान हुर्काउने जिम्मेवारी !
- शान्ता पौडेल भट्टराई
टङ्कीसिनवारी, मोरङ
[६४]
दिनचर्या
आमा सृष्टिकर्ता
बनाइने उनैलाई भर्या !
- रामप्रसाद पुरी, बादेल, खाेटाङ
[६५]
जननी
हाम्रो सृष्टिकर्ता
काम कर्तव्यमा निरन्तरता !
- कविता आचार्य, कैलाली
[६६]
परिस्थिति
जस्ताेसुकै बनाेस्
सन्तान भुल्दिनन् आमा !
- सुधा बाँस्कोटा ढकाल
[६७]
आमा
सन्तानको माया
थपियाे जिम्मेवारी काँधमा !
- श्रद्धा आचार्य, पोखरा
[६८]
सम्बन्ध
गर्भ शक्तिकाे
आमा र सन्तान !
- राेशन पराजुली
बरगाछी, धरान
[६९]
कमलाे
आमाकाे ममता
काँडा पनि बिझाउन्न !
- टीकाराम जाेशी, इमाडोल
[७०]
विवश
आमाको साथमा
अथाह जिन्दगीको व्यथा !
- जिज्ञासु पन्त
[७१]
आमा
ममताकी खानी
दु:खमा वित्यो जीन्दगानी !
- सरिता काफ्ले
कोहलपुर-८, पिपरी, बाँके
[७२]
मातृत्व
बगिरहेको खोला
पिडा अपार झोला !
- जमुना कायस्थ, पोखरा
[७३]
आमा
सन्तानको लागि
केही पिर नमान्ने !
- सरस्वती श्रेष्ठ, इटहरी
[७४]
आमा
पवित्र माया
ममताकाे दिव्य खानी !
- सहयात्री शाेभा अर्याल
रुपन्देही, अर्याल
[७५]
आमा
नि:स्वार्थ माया
धरामा भगवतीको छाया !
- धनुष न्यौपाने