साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १३७ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६२ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :
उदक अभ्यास शृङ्खला– १३७ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू
[१]
विदेश
युवाको लर्को
बाध्यता भएर चर्को !
- वसन्त अनुभव
[२]
विदेश
युवाको आवश्यकता
राेजगारी अर्थाेपार्जन अभाव !
- नारायणप्रसाद उपाध्याय, कैलाली
[३]
युवा
विदेशीने ताँती
घरपरिवार छोडी जहाजमाथि !
- चक्र शाही, लम्की, कैलाली
[४]
विडम्बना
अभावको सिकार
छोड्दैछ युवाहरुले देश !
- एवाइ प्रभात
सहिदभूमि-३, छेन्ताङ, धनकुटा
[५]
बेरोजगारी
युवामा कहर
बाध्यतामा विदेशिने लहर !
- सरस्वती श्रेष्ठ, रुपन्देही, बुटवल
[६]
बाध्यता
होइन रहर
जाँदैछौ अञ्जान सहर !
- कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी
[७]
अभाव
युवा विदेशिने
आर्थिक सङ्कटको प्रभाव !
- डम्बर थामी 'अनुपम'
कालिञ्चोक गा.पा.-६, दोलखा
[८]
अचम्म
नमानौँ कसैले
विडम्वना बुझौँ सबैले !
- राेशन पराजुली, धरान
[९]
अवस्था
हेरन यहाँ
देशको युवा विदेशमा !
- बुद्धिप्रसाद लामिछाने, कैलाली
[१०]
हाल
लोकतन्त्रको ताल
युवालाई बेच्दैछ दलाल !
- पशपती राई, खोटाङ
[११]
विदेशिने
जनताकाे लर्काे
सरकारलाई लाग्दैन झर्काे !
- ताराप्रसाद चापागाईँ, धुनिबेसी
[१२]
जमात
युवाहरू विदेशमा
छैन रोजगार स्वदेशमा !
- सरस्वती श्रेष्ठ, इटहरी
[१३]
मस्ती
मुठीभर दलालकाे
सारालाई सास्ती बेहालकाे !
- निरज कोइराला, इटहरी -१६
[१४]
विदेश
छोडेर घर
छैन जीवनको भर !
- गङ्गा खड्का
बूढानीलकण्ठ, काठमाडौँ
[१५]
युवा
खोजी सुख
चढेर पहाडको दु:ख !
- म्यामराज राई, भोजपुर
[१६]
विलासिता
जीवनको आसमा
युवाको रोजाइ विदेशमा !
- मङ्गला उपाध्याय, बारा
[१७]
हल्ला
विदेशिने सल्लाह
पोथीको अभावमा चल्ला !
- अच्युत घिमिरे, सर्पाङ, भुटान
[१९]
परदेश
उर्लदो जनसागर
रोजगारको विकल्प भर !
- पृथक प्रकृति, झापा
[२०]
बाध्यता
विदेश जाने
भिड जहाजले नधान्ने !
- सरिता सेढाई, धादिङ
[२१]
विदेश
जानै पर्ने
नगएर के गर्ने ?
- सुरेशकुमार पाण्डे
[२]
युवा
खोज्दै रोजगार
स्वदेशमा नपाउँदा अधिकार !
- अनुग्रह राना मगर 'पुष्प'
पाँचखपन नपा-६, संखुवासभा
[२३]
दुखद
देशको स्थिति
कसले बनायो नीति !
- सविता के.सी.
[२४]
युवा
परदेशमा बेचिए
टुलुटुलु हेर्दै सरकार !
- सीता पाण्डेय मरासिनी
उपल्लो तम्घास, गुल्मी
[२५]
युवा
पठाउने विदेश
यो कस्तो व्यवस्था ?
- प्रेम थापा 'मन', बागलुङ
[२६]
विदेश
कमाउने थलो
कसले जोत्ने हलो !
- डा. देवी पन्थी
[२७]
उडान
आकाशे चरा
सम्बन्ध आँसुमा डुबान !
- आर्त अकुलीन
[२८]
युवा
राेजगारकाे खाेजीमा
जान्छन् विदेशी भूमिमा !
- राज कुमार राजभण्डारी "खाेटाङ्गे"
मध्यपुर ठिमी-५, संगम काेलाेनी, भक्तपुर
[२९]
वैदेशिक
रोजगारप्रतिको आकर्षण
किन लठ्ठायो युवाहरुलाई ?
- केन्द्रप्रकाश बराल, इलाम
[३०]
बाध्यता
विदेश प्रस्थान
खोज्न उज्ज्वल भविष्य !
- सुस्मिता अधिकारी, काठमाडौँ
[३१]
विदेशिनु
कतै बाध्यता
कतै दिखासिकी गर्नु ?
- घनश्याम पौडेल, पोखरा
[३३]
कर्णधार
देशको विदेशतिर
नेता नामको प्रणेता !
- डुक छिरिङ लेप्चा
मिरिक डुप्टिन
[३४]
रित्तिँदै
युवा जनशक्ति
हुन्न देशकाे उन्नति !
- प्रद्युम्न चालिसे
भक्तपुर, कटुञ्जे
[३५]
युवा
विदेश पलायन
स्वदेश माग्दै सहारा !
- वासुदेव ज्ञवाली
पाल्पा, तानसेन-१
[३६]
रहर
सानो घर
त्रिभुवन विमानस्थलको लहर !
- हिमाल अम्मै
घोडाघोडी, कैलाली
[३७]
विदेश
चढेर यान
बाध्यता युवा पलायन !
- कमला देवकोटा, पाल्पा
[३८]
विदेशी
सुखको खोजीमा
रितियो पुरै गाउँबेशी !
- सरस्वती वली
बर्दिया, नेपाल
[३९]
बाध्यता
बेरोजगारी समस्या
हरेक नेपालीको कथा !
- बि के विरही, टीकापुर, कैलाली
[४०]
चिलगाडी
बोकेर मायालु
गएका देशलाई छाडी !
- नागेन्द्रप्रसाद यादव, दाङ
[४१]
बाध्यता
जोखिममा जनता
खप्दै अनेकौँ यातना !
- समुन्द्रा शर्मा, सुनसरी
[४२]
बाध्यता
विदेशिनु हामी
भविष्यकाे आधार छामी !
- केसर बाेहरा 'सङ्घर्ष'
सुदूरपश्चिम, अछाम
हाल: भारत
[४३]
युवा
उड्ने आकाशमा
आफन्त सधैँ त्रासमा !
- चन्द्रावती अधिकारी, काेहलपुर
[४४]
विदेश
युवा गए
ओहो बाध्य भए !
- शोभा गौतम
[४५]
विदेश
जीवन खोज्दै
भौतारिँदै पुगिने गन्तव्य !
- ध्रुव श्रेष्ठ, काठमाडौ
[४६]
विदेशिए
युवा अल्झिए
मातृभूमि फिर्न नबिर्सिए !
- भगवती दवाडी, झापा
[४७]
बाध्यता
जीवन जिउन
विदेश जानेको लहर !
- धनमाया चौधरी, कैलाली
[४८]
देश
उस्तै गतिमा
युवा पलायन विदेशमा !
- डिल्लीराज घिमिरे, अर्घाखाँची
[४९]
बाध्यता
विदेशीने कहर
नहुने रहर युवाको !
- विवश पारदर्शी, झापा
[५०]
विदेश
युवा खाडी
बन्धकीमा छ खेतबारी !
- इन्दिरा देवकोटा
कपिलवस्तु, नपा-३
[५१]
बाध्यता
विदेश जान
साहुकाे ऋण तिर्न !
- उर्मिला के.शी., धनकुटा
[५२]
युवा
परिबन्धमा हेपिएर
आखिर जिउनुपर्ने चेपिएर !
- कला ढकाल, झापा
[५३]
लहर
रोजगारी खोजी
निराश युवा यात्रा !
- घनश्याम पौडेल
गौरीगङ्गा नपा-९, कैलाली
[५४]
कहर
जन्मभूमि त्याग
अविरल आमाको आँसु !
- कविता आचार्य, कैलाली
[५५]
सहारा
भएका परबास
भुलेर आमाको काख !
- सुरेश न्यौपाने
लम्की, कैलाली
[५६]
विदेश
सपना समृद्धिकाे
मृगतृष्णा नबनाेस् कसैकाे !
- सुधा बाँस्कोटा ढकाल
[५७]
बाध्यता
विदेशी भूमिमा
युवा भविष्यकाे खाेजीमा !
- बलराज गिरी, कैलाली
[५८]
बुद्धिमानी
भएका ज्ञानी
मान्छे बेचेर धनी !
- रामप्रसाद पुरी, बादेल, खाेटाङ
[५९]
बाध्यता
विदेशिनु हामी
सन्तानको भविष्यकाे लागि !
- सहयात्री शाेभा अर्याल
रुपन्देही, बुटवल
[६०]
युवा
जनशक्ति बढ्दै
बेरोजगारी असङ्ख्य लड्दै !
- अम्बिका अधिकारी
झापा, बिर्तामोड
[६१]
युवा
जान्छन् खाडीतिर
जन्मभूमिको मान्दै पिर !
- सरिता काफ्ले
कोहलपुर-८, बाँके
[६२]
बाहिरिए
नव युवाहरू
हेर! देश छोडेर !
- पुष्पा शायरा, विराटनगर