साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- ११७

  • २२ पुष २०८०, आईतवार २३:२२ मा प्रकाशित
  • काठमाडौँ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ११७ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ६१ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ११७औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    कामै गरेन नेताले भन्छन् बदमास अविकासी
    नगरेको भए लाखौँ युवा कसरी भए निकासी ?

    वसन्त अनुभव
    घोराही, दाङ

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू



    [१]
    क्विन्टलका क्विन्टल सुन भित्र्याउनु भयो देख्दैनन् त खोइ
    महङ्गी बेरोजगार उपहारको लर्को बस्छन् अझै रोई । 
    ✍️
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ 
    [२]
    युवाहरूका रेमिटेन्सले नेपाल देश चल्दैछ,
    अनि गरिब दुखीहरूका घरमा आगो बल्दैछ।
    ✍️
    एवाइ प्रभात
    सहिदभुमि-३,छेन्ताङ धनकुटा
    [३]
    युवा विदेश पठाउँदा पनि कमिसन पाइन्छ,
    के हेर्नु छ र अब सबै विदेश लाइन लाइन्छ।
    ✍️
    अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
    [४]
    मरेर यतिसम्म गर्दा पनि विकास
    युवाले भन्छन् कहिले दिने हुन् निकास।
    ✍️
    प्रदीप के रिमाल।
    [५]
    यस्तो देशमा जन्मिएका हामी भाग्यमानी कति
    कहिले  पलाउने  बुद्धि  र  सुध्रने  होला  मति?
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    [६]
    मतदान गर्दा बुद्धि पुराएको खोइ
    नेतालाई दोष दिदै रुन्छ लाटो पोइ ।
    ✍️
    बिके मुखिया
    दार्जिलिङ, भारत।
    [७]
    बेच्दै छाैँ युवा विदेशतिर किन खाेज्छाै एयरपाेर्टकाे लस्कर
    युवाशक्ति निकासी सरकारकाे नीति कहाँ भाे मानव तस्कर ?
    ✍️ 
    ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    [८]
    नगरेको हैन विकास देशमा राजनीति  निकै भयो
    यति हो यहाँ बेरोजगार बनी युवा चैँ विदेश गयो।
    ✍️
    शंकर कार्की थाहा ३ मकवानपुर
    [९]
    मान्छेको रहेछ  दुई दिने चोला,
    मरेपछि त पक्कै जाने हो खाेला !
    ✍️
    कृष्ण धामी - बझाङ
    [१०]
    कति गरून् त नेताले युवालाई गोली दिन्छन्,
    सुन तस्करीको विकास गर्न चैँ झोले किन्छन् ।
    ✍️
    विवश पारदर्शी 
    झापा,
    [११]
    मान र सम्मानको मात्र कुरा गर्छौ,स्वाभिमानको  कुरामा  तर्सन्छौ ?
    राजनैतिकको मात्र भाषण छाट्छौ,नैतिकताको कुरोमा बर्सन्छौ ?
    ✍️
    पेम्बा योल्मो
    [१२]
    नेतालाई भन्दा पनि नीतिलाई मानौँ
    हाम्रालाई भन्दा पनि राम्रालाई छानौँं ।
    ✍️
    डम्बर थामी 'अनुपम'
    कालिन्चोक गा. पा. -६, दोलखा ।
    [१३]
    दिएकै छन् भाषण चिल्ला सुनेकै छौँ चर्का बोली 
    भोको युवा देश छोडेर खाएकै छन् तिखा गोली  
    ✍️
    उमा दाहाल 
    शुन्दर हरैँचा -१० मोरङ
    [१४]
    देशमा राेजगार छैन् युवा जति विदेशतिर गएदेखि
    काम भने सिन्काे भाँच्दैनन् नेताहरू ठुला ठुला गर्छन् सेखी ।
    ✍️
    सहयात्री शाेभा अर्याल
    रुपन्देही , बुटवल
    [१५]
    बदमास मान्छेहरू हुन् हाम्रा देशका अविकासी
    देशमा रोजगार भए पो युवा नहुन् त निकासी 
    ✍️
    गुणनिधि घिमिरे अमेरिका
    [१६]
    नेताहरू हिँड्छन् कालो सिसा भएको गाडीमा
    युवाहरूको सारा जवानी रित्तिन्छ खाडीमा ।
    ✍️
    बि.कुलुङ
    दार्जिलिङ
    [१७]
    हरेक युवाको जीवनसँग नखेल एकदिन बल्नेछ राको,
    देशमा रोजगारीको ग्यारेन्टी नगरे सबैको निस्कनेछ डाको।
    ✍️
    अम्बिका अधिकारी
    झापा बिर्तामोड
    [१८]
    चप्पलका फिता लगाएर नमस्कार भन्दै  भोट माग्न आए
    गद्दी सम्हालेपछि जनताको विश्वास मासुझैँ पोलेर खाए ।
    ✍️
    रतन पाण्डे, 'पारतन', दार्जीलिङ।
    [१९]
    मानव तस्कर सदियौँदेखि गरिरहेका छन्, यहाँ सरकार आफैँले
    उल्टै जनताको हितमा बोल्नु र गर्नुपर्नेमा, झन भन्छन् के बुझिस् तैँले ?
    ✍️
    कबिताहरी 
    सुन्दरहरैँचा नगरपालिका १ मोरङ
    [२०]
    फोस्रा भाषणमात्र गर्छन् नेता घुम्छन् चिल्लाे कारमा 
    देश डुब्न लाछ जनताहरू परेका छन् मारमा ।
    ✍️
    नाम केसर बाेहरा ( सङ्घर्ष )
     सुदूरपश्चिम अछाम ।
    हाल भारतबाट ।।
    [२१]
    लाजविनाको सरकारको सदा काम खोटी
    जनताको निकासी चाहीँ गर्छ हजार चाेटी ।
    ✍️
    त्रिलाेचन भण्डारी 
    मेचीनगर,झापा
    [२२]
    धुन्धुकारीले रित्याइसके भकारीका बीज,
    निकासी गर्न शासकले देख्दैन अरू चिज ! 
    ✍️ 
    कृष्णकुमार वैद्य 
    बनेपा ९, काभ्रे
    [२३]
    रहर कहाँ  हुन्छ विदेश जान छोडी आमाको काख
    खोज्दै वेरोजगार नमार  बरू निकासी गरी राख।
    ✍️
    भगवती दवाडी
    [२४]
    नगरेका त कहाँ हुन् र आफ्नालाई त छँदै छन्  नि च्यापेका
    सोझासाझा र निमुखा  जनताको पो मुखमा हिलो छ्यापेका ।
    ✍️
    गंगा खड्का 
    बूढानीलकण्ठ ,काठमाडौँ
    [२५]
    त्यही युवा थिए देशमा निकासी गर्‍यो
    अरूभन्दा  महङ्गो   सुन   चोरेर मर्‍यो ।
    ✍️
    चुडामणी ध्रुव देवकोटा 
    [२६]
    धारे हात लगाउँछन् नेतालाई खराब छ भनी
    चुनाव आउँदा भोट दिन्छन् तिनैलाई गनी गनी ।
    ✍️
    रचना मोक्तान " यात्री "
    नमोबुद्ध न. पा.-५, काभ्रे 
    [२७]
    गरेनौ भन्दिनँ म धेरै गर्यौ अनि आफ्नै भर्यौ मानो
    एकचोटी  गएर  हेरिदेऊ   घरको   चुहिने   छानो ।
    ✍️
    अनुग्रह राना मगर 'पुष्प'
    पाँचखपन नपा - ६ संखुवासभा ।
    [२८]
    बदमासी गरेर सबैले कुरा गरे
    राम्रो काम गर्यौ र त युवा जति मरे ।
    ✍️
    हिमा आर सी 
    मेहेलकुना सुर्खेत
    [२९]
    जन्तालाई ठुला ठुला आश्वासन दिएर चढ्यौ सत्ता
    मतदान जितेपछि बाचा बिर्सी भयौ आज बेपत्ता ।
    ✍️
    दीपा तिम्सना पौडेल-ईलाम
    [३०]
    युवालाई विदेश पठाउनुलाई के भन्छौ विकास
    कदापि यसरी हुनेछैन कसै गरी पनि निकास ।
    ✍️
    प्रेम थापा "मन"बागलुङ
    [३१]
    कलकारखाना  उद्योगधन्दा सबै बन्द गरे
    युवा बाहिर पठाए टन्टै पो साफ हुन्छ अरे ।
    ✍️
    सरिता सेढाई धादिङ
    [३२]
    देश विकासको नाममा  विदेशीसँग ऋण मागी मागी,
    गरेका छन् नेताले राम्रा राम्रा काम नातागोताकाे लागि ।
    ✍️
    राज कुमार राजभण्डारी "खाेटाङ्गे"
    मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।
    [३३]
    नदीनाला पहिल्यै बिके  मानव नबेचे कसरी कमाउने
    एक क्विन्टल सुन ल्याउँदा पनि मुर्खहरू ऑखा लगाउने !
    ✍️
    इन्दिरा देवकोटा
    [३४]
    उद्योग नभएर के भयो त, विकल्प छन् प्रसस्त
    राजनीतिको व्यापार गरेर, कमाऊ पैसा मस्त।
    ✍️
    होम प्रसाद नेउपाने
    धरान,सुनसरी।
    [३५]
    भ्रष्टाचारकै सरकार छ भ्रष्टाचारीलाई मोज
    पितपत्रकारिता नै गर्ने यो सरकारको खोज ।
    ✍️
    समुद्र
    जल्जला ७ गण्डकी
    [३६]
    दाेष दिन्छाै नेतालाई कर्मचारी के हुन ?
    हिलाे छ्यापेर चाेखाे बन्ने प्रवृति हाे जुन ।
    ✍️
    जि.बि.चिन्तन
    २०८०/०९/२१ शनिवार बिहान ६:५४ दाङ
    [३७]
    अधिकार दिएर नेता बनाइयो
    उसैले हाम्रो अधिकार खाइदियो।
    ✍️
    नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ भारत
    [३८]
    युवाजति विदेश पठाउनू देश रित्तो पारी
    नेताजति स्वादे तिध्रा देशमा सिन्का नै नसारी।
    ✍️
    मोती सुब्बा
    दार्जिलिङ, भारत।
    [३९]
    हिँड्दा हिँड्दै नेता खाडल हेर्न बिर्सेछ हरे
    जनता विदेश  फगत एक्लो  परेछ भरे !
    ✍️
    मनोहरी पौडेल
    गैडाकोट १
    [४०]
    विकासको नाममा युवा र शरणार्थीको निकास दुखद  
    रकम खल्ती भर्दै बङ्गला गाडी  नेताको जीवन सुखद !
    ✍️
    कमला  देवकोटा,  पाल्पा
    [४१]
    माउ दुब्लो पारेर नेताले सकल मोटा भए 
    दाउ ठुलो राखेर खेताले नक्कल छोटा रहे
    ✍️
    गम्भीर दुवाडी
    गजुरी ५ धादिङ्ग
    [४२]
    विकासले देश भइसक्याे भरिभराउ केटा
    जनता किनबेच गरी नेतृत्वले बेरे फेटा ।
    ✍️
    खुनराज काईराला
    सिद्दलेक-३ गैरीगाउँ,धादिङ
    [४३]
    कोही बाध्यताले विदेश लागे कोही लागे रहरमा
    कोही योजना बनाएर लागे कोही भने लहरमामा।
    ✍️
    ध्रुव श्रेष्ठ 
    हाल काठमाडौ ।
    [४४]
    अरूलाई खेदौँ आफ्ना सन्तानलाई अझै ठाउँ पुगेको छैन
    स्याल खेदिकन जनताले नै व्वाँसाेलाई सत्ता सुम्पेको हैन ?
    ✍️
    रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
    [४५]
    एकले अर्काे माथि नै दाेषाराेपण मात्र गर्ने ,
    देशमा युवा राेके  विदेशी मुद्रा कसरी भर्ने ।
    ✍️
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    [४६]
    निकासी गर्न पनि ज्यान दिनुपर्ने यहाँ कस्तो हो यो खेल
    आफ्नो फोहोरलाई पाकेटमा हाल्दा अवश्य आउँछ रेल ।
    ✍️
    धनुष न्यौपाने
    गुठिचौर गाउँपालिका ०४बिगारे जुम्ला
    [४७]
    दुष्टहरूले  देख्नै  चाहेनन्  हामीले  गरेको  विकास
    विदेशी मुद्रा आर्जन गर्ने खोलेका हौँ नौलो निकास ।
    ✍️
    बाबुराम गौतम, गुल्मी
    [४८]
    काम, दाम कमाउन युवा विदेशीए
    दोष जति  सबै  सरकारलाई दिए ।
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    [४९]
    युवा निकासी गर्ने कारखाना बन्यो देश हाम्रो 
    जनतालाई सधैँ दुःख नेतालाई मात्र राम्रो । 
    ✍️
    सुस्मिता अधिकारी ,काठमाडौँ
    [५०]
    ध्यान किन जाँदैन हो सरकारको, हाम्रा युवा पिँढीतिर
    दुनियाँको नजरमा देश तल पर्ला कि भन्ने लाग्छ पिर।
    ✍️ 
    यमुना प्रधानाङ्ग'मुना'
     वीरगञ्ज, पर्सा
    हाल: इमाडोल, ललितपुर
    [५१]
    उकाली बाटो बिर्सेर आफू विदेश गएका
    किन हो मान्छे जननी भुल्ने निष्ठुर भएका !
    ✍️
    आर्त अकुलीन
    [५२]
    गरिरहेछन्  नेताले  रोजगारीको काम हेर
    फलस्वरूप विदेशीए, युवाहरू  कति धेर।
    ✍️
    शोभा आचार्य गौतम 
    काठमाडौँ
    [५३]
    अचेल  विदेशमा    पासपोर्ट    बिक्छ
    पाठशालामा यहाँ, छात्र खै के सिक्छ ?
    ✍️
    नागेन्द्रप्रसाद यादव , दाङ 
    [५४]
    कुर्सीमा बसी ठुलो  बनी जसरी नी लाखौँ विदेश छु त पठाएको 
    जति गरे नि देख्दैनन् जनता चारैतिर कार्यकर्ता  छु खटाएको । 
    ✍️
    सुशीला  शिखा 
    काठमाडौ  कागेश्वरी
    [५५]
    स्वदेश भुलेर नजाऊ काेही विदेश
    गर्न जाने यही रमाइलो परिवेश । 
    ✍️
    हरिगाेपाल प्रधान 
    काभ्रे पलाञ्चाेक , बनेपा १४  साँगा जार ।
    [५६]
    युवा गरियो निकासी, यो पैठारी किन चाहियो
    बेचेरै नेपाली युवा खल्ती टन्न भर्न पाइयो ।
    ✍️
    राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    [५७]
    युवा लक्षित स्वरोजगार बहानामा पनि
    नेताको नै झोला भर्ने गर्छन् सबै भ्रष्ट बनी ।
    ✍️
    पद्मा काश्यप पाण्डे, मोरङ
    [५८]
    जनतालाई बाख्रा जस्तै बेच्छ सरकार हाम्रो
    झोलेहरू अझै भन्छन् विदेश पठाएको राम्रो ।
    ✍️
    बिके माकजू , भक्तपुर ।
    [५९]
    म नेताले कुन जनताको लखेटेको छु र छोराछोरी 
    तिम्रा सन्तानहरू बुरुक्क भई हिँड्छन् हेर उफ्रि ओरी ।
    ✍️
    कमला पौडेल 
    [६०]
    देशको  उन्नति प्रगति दोस्रो कुरा
    कमाउनै मस्त  सरकार बबुरा ।
    ✍️
    कोपिला अधिकारी 
     सिरानचोक ७ , गोरखा
    [६१]
    युवा विदेश खेदिन्छन्, लाखौँ पर्छन् प्रहारमा
    विकासको झिटी गुन्टा, खाने छन् दरबारमा।
    ✍️
    रामशरण न्यौपाने, भक्तपुर
    

    Leave a Reply